राख संवाददाता
झुम्का,जेष्ठ २८ । प्रथम रामधुनी महोत्सवमा शनिवार चर्चित गायिका अनुु चौधरीले सांगीतिक गीत प्रस्तुत गरेकी छन् । करिब एक घण्टा गीत प्रस्तुत गर्दै महोत्सवलाई शनिवार राती संगीतमय बनाएका हुन् ।
सुमुुधुूर स्वरले सजित गीत गाउँने गायिका चौधरीलाई महोत्सवमा आठ हजार भन्दा बढी दर्शकले साथ दिएका थिए । थारु, भोजपुरी, नेपाली गीत गएर चर्चामा रहेकी गायिका चौधरीलाई प्रत्यक्ष हेर्न र गीतको मनोरंजन लिन महोत्व अवधिकै बढी दर्शक आएको आयोजक रामधुनी युवा क्लवले जानकारी दिए ।
गायिका चौधरीले आफ्नो चर्चित गीतहरु दर्शक सामुु प्रस्तुत गरेकी थिइन् । ‘सजना मोर आइगी नई खुुसिके लै के बहार…..’ बिन्दिया बुलाए सजना…………’लजालु मायाले……….’मन लागेना अब बिन तोहार ……..’ लगायतका गीत प्रस्तुत गरिन् । गीत गाउँने क्रम्मा दर्शकहरुले ताली र हात उठाएर सलाम दिदै साथ दिएका थिए ।
गयिका अनुु चैधरीको स्वर तथा गाएका गीतहरु सबैको मनछुने भएकोले दर्शकहरु साथ दिएको महोत्सव संयोजक बिनोद चौधरीले बताए । महोत्सवमा राष्ट्रिय कलाकारहरुको आगमनले झुम्का तथा रामधुनी नगर पहिचानमा प्रवद्र्धन भैरहेको महोत्सव संयोजक चौधरीले बताए । यसका लागि थप दर्शकहरुको साथ र सहयोग रहनुु पर्ने भन्दै उन्ले महोत्सव हेर्न सम्पूर्णमा अनुरोध गरेको छ ।
महोत्सव जेष्ठ १९ गते देखि आयोजना भैरहेको छ । महोत्सवमा स्थानीय कलाकार तथा गायकहरुको पनि प्रस्तुती राख्ने गरेको छ । महोत्सव रामधुनी नगरपालिका १ नं. वडा कार्यालयको छेउ बुधवार र शनिवार लाग्ने साप्ताहिक हटिया नजिकै रहेको छ भने सहयोगीमा रामधुनी नगरपालिका र व्यवस्थापनमा गौतम बुद्ध अमुजमेन्ट रहेको छ । महोत्सव असार ५ गते सम्म रहने आयोजक रामधुनी युवा क्लवले जानकारी दिएको छ ।
आज आइतवार प्रमुख आकर्षक गायिका तथा डान्सर ज्योती मगरको प्रस्तुती रहने जनाएको छ ।


