राख संवाददाता
झुम्का,जेष्ठ २८ । प्रथम रामधुनी महोत्सवमा आज आइतवार चर्चित लोक गायिका ज्योती मगर आउने भएकी छन् । गायन संगै आइटम डान्सले उदाएकी मगर यस रामधुनी महोत्सवमा आफ्नो चर्चित गीत गाएर मनोरंञ्जन प्रदान गर्ने आयोजक रामधुनी युवा क्लवले जानकारी दिए ।
गायिका मगर महोत्सवमा संगीतमय मात्र हैन स्टेज तताउँने गरेकी छिन् । फलामले फलाम काट्ने भने जस्तै आज लोक गायिका तथा आइटम डान्सर मगरले महोत्सवमा स्टेज तताउँदै गर्मीलाई गर्मी काट्ने गायिका मगरका फ्यानहरुको भनाइछ ।
गायिका मगरले चर्चित गीत ‘पिरतीमा दम छ…………..’ ‘उहि मुलाको सिन्की………..’ ’मुलाको ‘तिर्खा लाग्दा सबैले धाउँने त्यो खोली भित्र के छ………’ ‘तल पनि बिरालो माथि पनि बिरालो चोरी खान पक्लेको त्यो सेक्सी बिरालो………..’ ‘सबलाई मोहनी लगाउँने त्यो चोली भित्र के छ……….’ गीत गाएर महोत्सवको स्टेज तताउँने गरेकी छन् ।
महोत्सव जेष्ठ १९ गते देखि आयोजना भैरहेको छ । महोत्सवमा स्थानीय कलाकार तथा गायकहरुको पनि प्रस्तुती राख्ने गरेको छ ।
महोत्सव रामधुनी नगरपालिका १ नं. वडा कार्यालयको छेउ बुधवार र शनिवार लाग्ने साप्ताहिक हटिया नजिकै रहेको छ भने सहयोगीमा रामधुनी नगरपालिका र व्यवस्थापनमा गौतम बुद्ध अमुजमेन्ट रहेको छ । महोत्सव असार ५ गते सम्म रहने आयोजक रामधुनी युवा क्लवले जानकारी दिएको छ ।
महोत्सवमा स्टल बुुकिङ्ग खुल्ला गरिएको छ । स्टल व्यवस्थापनमा ढिलो भएपनि अहिले स्टल तयारी अवस्थामा रहेको महोत्सव बिनोद चौधरीले जानकारी दिएका हुन् । स्टल बुुकिङ्गका लागि बिनोद चौधरीको मोबाइल नं. ९८०५३८२४९६ मा सम्पर्क गर्न अनुरोध समेत गरिएको छ ।
