राख संवाददाता
झुम्का, जेष्ठ २९ । प्रथम रामधुनी महोत्सवमा राष्ट्रिय चर्चित गायिका ज्योति मगरको प्रस्तुती जेष्ठ २९ गते आज सोमवार हुने भएको छ । पानी परेको कारण कार्यक्रम नै स्थगीत गर्नु पर्दा हिजो आइतवार भनिएको ज्योति मगरको प्रस्तुुती आज सोमवार हुने आयोजक रामधुनी युवा कल्वले जानकारी दिएको हो ।
महोत्सवमा हिजो आइतवार टिकट काटेका दर्शक महानुुभावहरुले आज सोमवार भने निःशुल्क प्रवेश गर्न पाउँने छन् । हिजो आइतवार टिकट काटेका दर्शकहरुले राती ८ः०० बजे भित्र निःशुल्क प्रवेस गरिसक्नुपर्ने जनाएको छ । सो समय भित्र प्रवेस हुन नसके पुनः शुुल्क लाग्ने आयोजक रामधुनी युवा क्लवले जनाएको छ । टिकटको दर रु १०० राखिएको छ ।
पानी परेको कारण चर्चित गायिका मगरको प्रस्तुती रोक्नुु पर्दा दर्शक महानुुभावमा परेको असहजता प्रति आयोजकले क्षमायाचना गरेको छ । महोत्सवमा कार्यक्रम तथा राष्ट्रिय चर्चित कलाकारहरुको प्रस्तुती यथावतनै रहने आयोजक क्लवका कोषाध्यक्ष लेखनाथ खतिवडाले जानकारी दिए ।
महोत्सव जेष्ठ १९ गते देखि असार ५ गते सम्म रहने आयोजक क्लवले जानकारी दिएको छ । महोत्सवमा स्थानीय कलाकार तथा गायकहरुको प्रस्तुती राख्ने गरेको छ ।
महोत्सव रामधुनी नगरपालिका १ नं. वडा कार्यालयको छेउ बुधवार र शनिवार लाग्ने साप्ताहिक हटिया नजिकै रहेको छ भने सहयोगीमा रामधुनी नगरपालिका र व्यवस्थापनमा गौतम बुद्ध अमुजमेन्टको रहेको छ ।
महोत्सवमा स्टल बुुकिङ्ग खुल्ला गरिएको छ । स्टल व्यवस्थापनमा ढिलो भएपनि अहिले स्टल तयारी अवस्थामा रहेको महोत्सव बिनोद चौधरीले जानकारी दिएका हुन् । स्टल बुुकिङ्गका लागि बिनोद चौधरीको मोबाइल नं. ९८०५३८२४९६ मा सम्पर्क गर्न अनुरोध समेत गरिएको छ ।
प्रथम रामधुनी उपमेयर कप फुटबल प्रतियोगिता मंगलवारबाट इक्राहीको खेलमैदानमा सुरु हुँदै
रामधुनी खबर संवाददाताझुम्का, भदौ ३१ । प्रथम रामधुनी उपमेयर कप फुटबल प्रतियोगिता मंगलवारबाट सुरु हुँदै छ । रामधुनी नगरको खेल विकास प्राथमिक्तामा राख्दै रामधुनी वडा नं. ४ को सिक्दार माझीटोल...