मिति : २०८३ असोज १९ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

“कुनै पार्टी, दल वा संगठनमा भएपनि थारुको साझा मुद्धामा एक हौँ”: सांसद भगवती चौधरी

by By: रामधुनी खबर
माघ २, २०८०
434

रामधुनी खबर संवाददाता
इटहरी, माघ २ । कुनै पार्टी, दल वा संगठनमा भएपनि थारुको साझा मुद्धामा एक हुनुपर्ने संघिय सांसद माननीय भगवती चौधरी बताउनु भयो । राज्य, पार्टी, दल सबै क्षेत्रबाट थारु जातिमाथी अवहेलना गरेकोले अब विकलप नरहेको भन्दै उहाँले थारुको साझा मुद्धामा एक हुनुपर्ने जोड दिनु भयो ।
थारु सम्वत २६४७ र तिलासंक्राइतको अवसरमा पर्वको मौलिक प्रवद्र्धनका लागि थारु कल्याणकारिणी सभा (था.क.स.) इटहरी उपमहानगर समितिले आइतवार आयोजना गरेको तिलासंक्राइत तथा माघी साँस्कृतिक कार्यक्रम २०८० मा थारु जातिलाई विभेदबाट मुक्त गर्न साझा मुद्धामा एकता हुनु पर्ने उठान गर्नुभएको हो । “थारु नेतृत्वकर्ता अग्रजहरुकै कारण थारु जाति २० बर्ष पछाडी परेको छ” संघिय सांसद चौधरीले भन्नुभयो “थारु अग्रज नेतृत्वकर्ताले गर्दा पछाडी परेकोले अब कुनै पार्टी, कुनै संगठनमा भएपनि थारुको हकहितको लागि साझा मुद्धामा एक हुन अनुरोध गर्नुभयो ।
थारु जाति राज्यको चौथो जनसंख्या समेत रहेकोले सो अनुसारको अधिकार पाउन नसकेको बताउनु भयो । “राज्यमा प्रतिनिधित्व, पहिचान, साँस्कृतिक संरक्षणमा पहिलो ऐन नीति नियम हुनु पथ्र्यो तर अवहेलना भएको छ, यसले थारु जातिको एकाङ्की रुपले विकासमा सिमिति रहेको छ” भन्दै राज्यले थप अवहेलना र विभेद गरिरहेकोले साझा मुद्धामा एकताको मात्र विकल्प रहेको धारणा राख्नुभयो ।
थारु समुदाय सोझो, स्वाभिमानले गर्दा बर्षौ देखी विभेद सहनशील हुँदै आएको छ । अब पनि सहनशील भए समुदायको रुपमा मात्र सिमित रहने संघिय सांसद चौधरीको धारणा रहेको छ । “सहनशील र सोझो स्वाभिमानको फाइदा उठाउदै थारु जातिलाई राज्य, दल, पार्टीले समेत अवहेलना गरेको छ, अबको दिनमा संपूर्णता बृहत रुपले अगाडी बढ्नु पर्ने आवश्यक्ता छ” भन्दै थारु कल्याणकारिणी सभा केन्द्रिय देखी लिएर स्थानीय पालिका स्तरीय सम्म उग्ररुपले नै जानु पर्ने संघिय सांसद चौधरीले धारणा ब्यक्त गर्नुभयो ।


थारु समुदाय नेपालको तराई भूभागमा पहिलो वसोवास गरेको मुलवासी रहेकोले यसको प्रचार प्रसार हुनुपर्ने संघिय सांसद चौधरीले बताउनु भयो । आदिमकाल देखी वसोवास गर्दै आएको आदिवासी र तराई क्षेत्रमा वसोवास गर्ने पहिलो र मूलवासी रहेको बताउनु भयो । मूलवासी कुनै पनि देशको कुनै क्षेत्रमा धेरै पहिले देखी पहिलो रुपले वसोवास गरेको र उन्को पूर्वज आफ्नो जीवन यापन गर्दै आइरहेको त्यस क्षेत्रको मूलवासी हो । पृथ्वीको जुन हिस्सामा जो पहिलो वसोवास गर्दै आइरहेको छ सो ठाउँको मूलवासी भनिन्छ ।
नेपाल सरकार संग समेत २०७६ सालमा ६ बुद्धे माग सहमति हुँदा मुलवासी थारु समुदाय उल्लेख गरेर समझौता भएकोले थारु जाति मुलवासी रहेको उठान गर्नुभयो । अपभं्रशमा पारेर आदिवासी भनेर हामी थारु समुदायलाई भ्रंमित पार्ने काम भएकोले अबको दिन देखी थारु मुलवासीको रुपमा प्रचार प्रसार हुनुपर्ने सुझाव ब्यक्त गर्नुभएको छ ।
“संस्कार संस्कृति संरक्षण गर्ने क्रम्मा पहिलो रुपमा ग्रामथानलाई संरक्षण गर्न आवश्यक छ”, सांसद चौधरीले भन्नुभयो “थारु जाति सब भन्दा पहिले संस्कार संस्कृति जोगाउँदा ग्रामथानलाई प्राथमिक्ता दिनु पर्छ, संस्कार संस्कृति जोगाउँदा भाषा लगायत अहिरनपहिरन जोगाउनु पर्छ,” । संरक्षणका लागि पहिलो दायित्व आफ्नै हुन्छ र दोस्रो दायित्व राज्यको रहेकोले पहिलो प्रयास थारु संस्कार संस्कृति संरक्षणमा थारु समुदायकै रहेको सांसद चौधरीले बताउनुभयो ।
कार्यक्रम्मा इटहरी उपमहानगर उपप्रमुख संगीता चौधरी, था.क.स.जिल्ला अध्यक्ष सगेन चौधरी, वडा १६ का वडाअध्यक्ष तेजनारायण चौधरी, वडा १७ का प्रभात आचार्य, था.क.स.रामधुनी नगर समिति उपसभापति सिता थरुनी, था.क.स.वडा सभापति छत्रराज चौधरीले थारु हकहित तथा लोक कला, परम्परा संरक्षण र प्रवद्र्धनका लागि धारणा तथा मन्तव्य राखेको आयोजक समितिले जानकारी दिए ।


थारु कल्याणकारिणी सभा इटहरी उपमहानगर समितिको सभापति लक्ष्मिनारायण चौधरीको सभापतित्व र उपाध्यक्ष सुजाता देवी चौधरीको संयोजकमा आयोजित कार्यक्रममा पर्वमा मौलिक रुपमा मनाउँदै आएको परम्परालाई प्रवद्र्धन गरेको छ । कार्यक्रममा कार्यक्रम संयोजक चौधरीले सम्पूर्णमा स्वागत मन्तव्यले स्वागत अभिव्यक्त गरेकी थिइन् ।
वडा टोलबाट आएका झाँकीले कोहबर, एकरङ्गा मोटा, भेषभुषा, धुम्रानाच, प्रस्तुत गर्दै पर्वमा प्रसाद ग्रहण गर्ने परिकार मुरही, च्युरा, तिलको लड्डु, चिचरी भात, सिपी, माछा, सिध्रा लगायत तिला संक्राईत तथा माघीको महत्व उठान हुने सांगीतिक नृत्य प्रस्तु गरेका थिए ।
कार्यक्रममा थारु कल्याणकारिणी सभा जिल्ला तथा इटहरी वडा समितिका नव निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरेको छ भने कार्यक्रम इटहरी १७ लविपुर चोकमा आयोजनागरी पर्वको मौलिक प्रवद्र्धन गर्दै सम्पन्न गरेको कार्यक्रम संयोजक सुजाता देवी चौधरीले जानकारी दिइन् ।

अगाडिकाे पाेस्ट

“राज्यको एक लाल जग्गा पनि हिनामिना गरेको छैन्, न्याय पाएन भने जनताको अदालतबाट जान्छु”

अर्काे पाेस्ट

बिश्वास परियोजनाले सुनसरीमा उपेक्षित उष्णप्रदेशीय रोग लागेका व्यक्तिको स्वास्थ्यमा सुधार

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft