मिति : २०८३ असोज १९ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बिश्वास परियोजनाले सुनसरीमा उपेक्षित उष्णप्रदेशीय रोग लागेका व्यक्तिको स्वास्थ्यमा सुधार

by By: रामधुनी खबर
माघ १२, २०८०
406

रामधुनी खबर संवाददाता
झुम्का,माघ १२ । सुनसरीमा उपेक्षित तथा उष्णप्रदेशीय रोग मातृशिशु स्याहार र कुष्ठरोग भएका व्यक्तिको स्वास्थ्य सुधार गर्न सेभ द अर्थ सुनसरीले फेयरमेड फाउण्डेशनको साझेदारीमा विश्वास परियोजनाले कार्य गर्दै आएको छ । परियोजना अन्तरगत नेपालमा पाइएका उपेक्षित उष्णप्रदेशिक १० वटा रोगबाट समुदायको स्वास्थ्यमा सुधार गर्ने कार्यक्रम गरिदै आएको हो
सेभ द अर्थको आयोजना र फेयरमेड फाउण्डेशनको सहयोगमा बिहिवार झुम्का स्थित पत्रकारहरुसँग अन्तक्रिया गर्दै कार्यक्रमका बिषयमा जानकारी गराइएको छ । सेभ द अर्थ सुनसरी र फेयरमेडले साझेदारी गरेर गर्दै आएको कार्यक्रमको सामाजिक परिक्षण र डकुमेन्ट्री प्रस्तुतगरी अन्तरक्रिया गरेको हो ।
अन्तरक्रिया कायक्रममा विश्वास परियोजनाले कुष्ठ रोगी भएका ब्यक्तिको जिवनमा परिवर्तन आएको जानकारी दिए । यसैगरी बर्थिङ्ग सेन्टरमा बच्चा जन्माउन मुस्लिम समुदायका महिलाको आर्षण, स्वास्थ्य चौकीमा सेवा सुधार, स्वास्थ्य आमा समुहको नियमित हरेक महिना बैठक बसेर आमा समुहमा आबद्ध महिलाहरुको समग्र स्वास्थ्य अवस्थाबारे छलफल गर्ने गरेको जानकारी दिए । परियोजनाले संचालन गरेको सचेतना कार्यक्रमबाट नागरिकहरु सचेत हुँदै वालविवाहमा न्युनिकरण, गर्भवति महिलाले नियमित स्वास्थ्य जाँच गराई स्वास्थ्य चौकीको बर्थिङ्ग सेन्टरमा बच्चा जन्माउने गरेको सामाजिक परिक्षणबाट मुल्याङ्क गरेको छ ।
सुनसरीको ८ वटा पालिकामा उपेक्षित उष्णप्रदेशिक १० वटा रोग समुदायको स्वास्थ्यमा सुधार गरिने सेभ द अर्थका अध्यक्ष पुष्प भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार कुष्ठरोग, हात्तीपाइले, जुकाहरु, डेङ्गु र चिकनगुनिया, कालाजर, सर्पदंश, रेबिज, लुतो, फित्ते जुका र खस्रेरोगबाट लक्षित बर्गलाई उपेक्षित उष्णप्रदेशीय रोग, मातृशिशु स्वास्थ्य र उपेक्षाका बारेमा जनचेतना जगाएको बताए । सुनसरीको ८ पालिका कोशी, भोक्राहा, हरीनगर, बर्जु, गढी, देवानगन्ज, इनरुवा र दुहबी गरेर ८ वटा पालिकामा केन्द्रित रहेर कार्यक्रम सञ्चालन गरिरहेकोे जानकारी दिए ।
स्वास्थ्य सेवा प्रवाह गर्ने स्वास्थ्यकर्मी र सम्बन्धित निकायको ब्यवस्थापकीय क्षमता सुद्धिकरण गरी एकीकृत, समतामुलक र पारदर्शी स्वास्थ्य सेवा बिस्तार, सामुदायिक स्वास्थ्य सेवालाई एकीकृत र गुणस्तरीय बनाउने र समुदायका ब्यक्तिहरुको क्षमताबृद्धि गरी स्वास्थ्य सेवामा पहुँच बढाउने उदेश्यका कार्यक्रम सञ्चालन गरिएको फेयरमेड फाउण्डेशनका कार्यक्रम बिशेषज्ञ सन्जय श्रेष्ठले जानकारी दिए ।
उपेक्षित उष्णप्रदेशीय रोग विशेषगरी गरिबीको रेखामुनी रहेका मानिसहरुमा बढी पाइने विश्वास परियोजनाका संयोजक मनिष सुवेदीले जानकारी दिए । सुनसरीमा सञ्चालित विश्वास परियोजनाले सबै रोगीहरुको पहिचान गरी उपचारमा सहयोग पुर्याउने लक्ष्य लिइएको परियोजनाका संयोजक सुवेदीले जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य अमर खड्का लगायतका सुनसरीका कृयाशिल पत्रकारहरुको उपस्थिती रहेको थियो ।

अगाडिकाे पाेस्ट

“कुनै पार्टी, दल वा संगठनमा भएपनि थारुको साझा मुद्धामा एक हौँ”: सांसद भगवती चौधरी

अर्काे पाेस्ट

इटहरीमा थारु साँस्कृतिक भूमि संरक्षण र सदुपयोग गर्दै परम्परागत थारु बसघरा घर शिलान्यास

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft