मिति : २०८३ असोज १९ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

इटहरीमा थारु साँस्कृतिक भूमि संरक्षण र सदुपयोग गर्दै परम्परागत थारु बसघरा घर शिलान्यास

by By: रामधुनी खबर
माघ १७, २०८०
745

रामधुनी खबर संवाददाता
झुम्का, माघ १७ । थारु साँस्कृतिक भूमिहरु अतिक्रमणमा पर्दै गइरहेको अवस्थामा सुनसरीको इटहरी स्थित साँस्कृतिक भूमि संरक्षण र सदुपयोग गर्न बसघरा शिलान्यास गरेको छ । परापूर्वकाल देखिनै थारु समुदायमा प्रथाजनित नीति निर्माण तथा छलफल गर्न प्रयोग गरिने परम्परागत बसघरा घर इटहरी ८ टेंग्राटोलीमा रहेको थारु साँस्कृतिक भूमिमा शिलान्यास गरेको हो ।
इटहरी ८ नं. वडा कार्यालयका वडाअध्यक्ष रोहित चौधरी र ग्रामथान संरक्षण समिति सुनसरी अध्यक्ष सावित्री चौधरी लगायत थारु संघ संगठनका प्रतिनिधिहरुको उपस्थितीमा थारु पहिचान स्थापित गर्न सो बसघराको शिलान्यास गरेको छ । बसरघरा थारु पहिचानको रुपमा रहेको छ । हालमा छलफल तथा बैठक गर्न सभाहलको प्रयोग गरिन्छ भने थारु समुदाय परम्परागत घर तथा सभाहल बसघरा प्रयोग गर्दै आएको ग्रामथान संरक्षण समिति सुनसरी उपाध्यक्ष रामसागर चौधरीले जानकारी दिए ।
इटहरी टेंग्राटोली स्थित बिच्छुधामी ग्रामथान तथा जितिया घाट समेत रहेको र सो संग जोडिएको ६ कठ्ठा साँस्कृतिक भूमिमा बसघरा निर्माण गर्न लागेको ग्रामथान संरक्षण समिति सुनसरी अध्यक्ष सावित्री चौधरीले जानकारी दिइन् । गाउँटोलमा आएको समस्या चुनौतीहरुको बिषयमा छलफलगरी सामाधान खोज्ने उधेश्यले थारु समुदाय बसघरामा भेला हुने परम्परा रहेको थारु कल्याणकारिणी सभा इटहरी नगर सल्लाहकार महेश चौधरीले बताए । हालमा आएर सबैको घर–घरमा बसघरा बनाएर अतिथी सत्कार गर्ने चलन पनि रहेको सल्लाहकार चौधरीले जानकारी दिए ।
बसघरा घर शिलान्यास कार्यक्रममा थारु कल्याणकारिणी सभा (था.क.स.) जिल्ला सदस्य गीत नारायण चौधरी, था.क.स. इटहरी उपमहानगर समिति सभापति लक्ष्मिनारयण चौधरी, था.क.स.केन्द्रिय पार्षद सुशिला चौधरी, था.क.स.इटहरी उपमहानगर समिति सचिव शेषकराम थन्दार, कोषध्यक्ष मृदुला चौधरी, अभियान्ता मनु तामाङ्ग, था.क.स.रामधुनी नगर उपाध्यक्ष सिता थरुनी, था.क.स.इटहरी वडा १८ का वडा सभापति सारदा चौधरी लगायत थारु संस्कार संस्कृति संरक्षण अभियान कर्ताहरुको उपस्थिती रहेको थियो ।

अगाडिकाे पाेस्ट

बिश्वास परियोजनाले सुनसरीमा उपेक्षित उष्णप्रदेशीय रोग लागेका व्यक्तिको स्वास्थ्यमा सुधार

अर्काे पाेस्ट

दिगो विकास लक्ष्यको १७ वटा सुचकमा छलफल गर्दै राष्ट्रिय कार्यढाँचा र युनेस्को बिषयमा गोष्ठी सम्पन्न

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft