रामधुनी खबर संवाददाता
झुम्का, माघ १७ । थारु साँस्कृतिक भूमिहरु अतिक्रमणमा पर्दै गइरहेको अवस्थामा सुनसरीको इटहरी स्थित साँस्कृतिक भूमि संरक्षण र सदुपयोग गर्न बसघरा शिलान्यास गरेको छ । परापूर्वकाल देखिनै थारु समुदायमा प्रथाजनित नीति निर्माण तथा छलफल गर्न प्रयोग गरिने परम्परागत बसघरा घर इटहरी ८ टेंग्राटोलीमा रहेको थारु साँस्कृतिक भूमिमा शिलान्यास गरेको हो ।
इटहरी ८ नं. वडा कार्यालयका वडाअध्यक्ष रोहित चौधरी र ग्रामथान संरक्षण समिति सुनसरी अध्यक्ष सावित्री चौधरी लगायत थारु संघ संगठनका प्रतिनिधिहरुको उपस्थितीमा थारु पहिचान स्थापित गर्न सो बसघराको शिलान्यास गरेको छ । बसरघरा थारु पहिचानको रुपमा रहेको छ । हालमा छलफल तथा बैठक गर्न सभाहलको प्रयोग गरिन्छ भने थारु समुदाय परम्परागत घर तथा सभाहल बसघरा प्रयोग गर्दै आएको ग्रामथान संरक्षण समिति सुनसरी उपाध्यक्ष रामसागर चौधरीले जानकारी दिए ।
इटहरी टेंग्राटोली स्थित बिच्छुधामी ग्रामथान तथा जितिया घाट समेत रहेको र सो संग जोडिएको ६ कठ्ठा साँस्कृतिक भूमिमा बसघरा निर्माण गर्न लागेको ग्रामथान संरक्षण समिति सुनसरी अध्यक्ष सावित्री चौधरीले जानकारी दिइन् । गाउँटोलमा आएको समस्या चुनौतीहरुको बिषयमा छलफलगरी सामाधान खोज्ने उधेश्यले थारु समुदाय बसघरामा भेला हुने परम्परा रहेको थारु कल्याणकारिणी सभा इटहरी नगर सल्लाहकार महेश चौधरीले बताए । हालमा आएर सबैको घर–घरमा बसघरा बनाएर अतिथी सत्कार गर्ने चलन पनि रहेको सल्लाहकार चौधरीले जानकारी दिए ।
बसघरा घर शिलान्यास कार्यक्रममा थारु कल्याणकारिणी सभा (था.क.स.) जिल्ला सदस्य गीत नारायण चौधरी, था.क.स. इटहरी उपमहानगर समिति सभापति लक्ष्मिनारयण चौधरी, था.क.स.केन्द्रिय पार्षद सुशिला चौधरी, था.क.स.इटहरी उपमहानगर समिति सचिव शेषकराम थन्दार, कोषध्यक्ष मृदुला चौधरी, अभियान्ता मनु तामाङ्ग, था.क.स.रामधुनी नगर उपाध्यक्ष सिता थरुनी, था.क.स.इटहरी वडा १८ का वडा सभापति सारदा चौधरी लगायत थारु संस्कार संस्कृति संरक्षण अभियान कर्ताहरुको उपस्थिती रहेको थियो ।
सेतो गुराँस आधारभूत विद्यालयको अभिभावक भेला तथा शिक्षक बिदाई र दाता सम्मान कार्यक्रम
रामधुनी खबर संवाददाताझुम्का,पौष १९ । श्री सेतो गुराँस नमुना वालवाटिका आधारभूत विद्यालय इटहरी–८ ले बिहिवार अभिभावक भेला तथा शिक्षक बिदाई र दाता सम्मान कार्यक्रम सम्पन्न गरेकोे छ । विपन्न दलित...