मिति : २०८३ असोज २० गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

परम्परागत थारु हस्तकला सीप विकासगर्न रामधुनी नगरपालिकाको सहयोगमा १५ दिने तालिम सुरु

by By: रामधुनी खबर
बैशाख २३, २०८१
808

रामधुनी खबर संवाददाता
झुम्का,बैशाख २३ । रामधुनी नगरपालिकाको सहयोगमा थारु महिला सभा रामधुनी नगर समितिले परम्परागत थारु हस्तकला सीप विकासगरी उद्यमशीलता प्रवद्र्धन गर्न आइतवार देखि तालिम सुरु गरेको छ । ऐतिहासिक पौराणिक थारु हस्तकला धमा, मना, ढकिया, धमनी उत्पादन गर्ने सीप विकासबाट स्वरोजगार, उद्यमशील, आयआर्जन, आर्थिक तथा सामाजिक रुपान्तरण र जीविकोपार्जन गर्नका लागि १५ दिने तालिम उद्धघाटनगरी सुरु गरेको थारु महिला सभा रामधुनी नगर समितिले जानकारी दिए ।
थारु समुदायमा बिशेष महिलाहरुले बनाउने धमा, मना, ढकिया, धमनी घरको पूजा सामाग्री, पूजा कोठामा राख्ने, खाद्य बस्तु राख्ने भाडाकुडा जस्तो आकार हो । नदी नालामा पाइने घाँस, सिकी, गबहा र उनबाट उनेर बनाउने गरिन्छ । धमा, मना, ढकिया, धम्नी धार्मिक कार्यमा प्रयोग गरिन्छ । यो हातबाट मात्र सम्मपन्न गरिने कार्य हुन् । यसमा राखिएको खाद्य वस्तु स्वास्थ्यकर मानिन्छ । यस प्रकारका भाडाकुडा जस्तो देखिने धमा, मना, ढकिया, धम्नी पर्यावरणिय मैत्री हुन्छन् ।
तालिमबाट उपलब्धी भएको सीपबाट उत्पादन गरेको पौराणिक हस्तकलालाई रामधुनी नगरको कोसेलीको रुपमा पहिचान बनाउने, मायाको चिन्ह, धार्मिक कार्यमा प्रयोग, सजावटका लागि कोठामा राख्ने, कोठामा राख्नाले अदृश्य नाकारात्मक शक्तीबाट रक्षा, फलफुल तथा ड्राईफ्रुटस खानेकुरा राखेर खानाले मानव स्वास्थ्यमा साकारात्म प्रभाव पार्ने समेत महत्व रहेको प्रशिक्षक ७० बर्षिय चनावती थरुनीले जानकारी दिइन् ।
थारु समुदायले धर्म, कर्मको रुपमा परापूर्वकाल देखि प्रयोग गर्दै आएको हस्तकला विकासगरी पुस्ताहस्तान्तरण र आर्थिक पाटो संग जोड्न तालिम तथा कार्यक्रमले महत्वपूर्ण भूमिकाको बारेमा तालिम उद्धघाटनमा उपस्थित वक्ताहरुले जोड दिएका छन् । ऐतिहासिक तथा पहिचान र साँस्कृतिक रुपले महत्वपूर्ण थारु हस्तकला लोप हुन लागेको छ । यसलाई संरक्षण गर्दै हस्तकलाको सीपबाट आर्थिक र उद्यमी बन्न सक्ने उधेश्यले कार्यक्रम तथा बजेट विनियोजन गरेको र आज कार्यन्वय तर्फ रहेकोमा नगर प्रमुख शंकरलाल चौधरीले खुसी व्यक्त गर्नुभयो ।
नगरवासी र नगरकै लागि जनप्रतिनिधि लगायत कर्मचारीहरुको भूमिका प्रभाव भैरहेको छ । नगरको नीति तथा कार्यक्रम समेत जनमुखी रहेको भन्दै नगर समृद्धिका लागि सबै पक्षबाट आधार तयार गर्दै रामधुनी नगरपालिका समृद्धि तर्फ बढीरहेकोले यसमा सबैले साथ र सहयोग गर्न आवश्यक रहेको नगर प्रमुख चौधरीले धारणा ब्यक्त गर्नुभयो ।
थारु पौराणिक हस्तकलालाई उठान गर्न आवश्यक रहेको नगर उपप्रमुख तारा थापाले बताउनु भयो । थारु महिला सीप विकास कार्यक्रम अन्तर्गत आफ्नो संस्कार, संस्कृति, परम्पराको सीप लिएर उद्यमी बन्नका लागि तालिममा सहभागी महिलाहरुलाई नेतृत्व तहमा अग्रसर पनि देखाउँदै जानुपर्ने भन्दै यसका लागि नगरपालिकाले सहयोग गर्ने नगर उपप्रमुख थापाले हौसला प्रदान गर्नुभयो ।


तालिम उद्धघाटन कार्यक्रममा जिल्ला समन्वय समिति सदस्य लालकुमारी चौधरीले थारु संस्कार लोप हुँदै गर्दा संरक्षण गर्ने महिलाहरु नै अग्रसर हुनुपर्ने धारणा व्यक्त गर्नु भयो ।
रामधुनी ९ नं. वडाअध्यक्ष घनश्याम चौधरीले नगरमा थारु समुदायको विकास नभए रामधुनी नगर समृद्ध हुन नसक्ने बताउनुभयो । परनिर्भरताले बिशेष महिलाहरु अन्यायमा रहेको छ । आर्थिक समस्याले महिलाहरु हिंसामा पर्ने गरेको छ । आफ्नै सीप र क्षमता भए आयआर्जन गर्न कुनै समस्या हुँदैन तसर्थ सीप, शसक्तिकरण भनेको महत्वपूर्ण पक्ष हो । धर्म र संस्कृति संग जोडिएको पौराणिक हस्तकला व्यवसायीकरण हुन सके नगरको आर्थिक सवल संग समेत जोडिने वडा अध्यक्ष चौधरीले धारणा व्यक्त गर्नुभयो ।


घोङ्गही बगिया थारु भिलेज संचालनगरी थारु परिकारमा उद्यमी बन्दै गर्दा धेरैले कुराकाटे तर अहिले थारु परिकारमा स्वास्थ्य रहन विभिन्न भिटामिन पाइने, रोग प्रतिरोधात्मक क्षमता पाइन्छ र सोका लागि प्रदेश १ को विभिन्न ठाउँहरुबाट खान आउने गरेको भन्दै यसरीनै पौराणिक हस्तकलालाई पनि प्रवद्र्धन गर्दै बजारव्यवस्थान गर्ने ग्रामथान संरक्षण समिति रामधुनी अध्यक्ष तथा भिलेजकी संचालिका सिता चौधरीले बताइन् ।
तालिमका लागि १५ दिन ७० बर्षिय चनावती थरुनी र ४५ बर्षिय संगीता चौधरीले सहजिकरण गर्ने र उद्धघाटन कार्यक्रम ग्रामथान संरक्षण समिति रामधुनी नगर सचिव सरस्वती चौधरी संचालन गरेको थारु महिला सभा रामधुनी नगर अध्यक्ष लिलि चौधरीले जानकारी दिइन् । तालिममा ३० जना भन्दा बढी सहभागीहरु छन् ।

अगाडिकाे पाेस्ट

ब्लड क्यान्सर पीडित ४ बर्षिय सार्थक चौधरीलाई था.क.स.जापानबाट आर्थिक सहयोग

अर्काे पाेस्ट

बुद्ध जयन्तीको अवसरमा लर्ड बुद्ध इन्टरनेशनल स्कुलबाट ४४ जना विद्यार्थीलाई छात्रवृती प्रदान

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft