मिति : २०८३ असोज १८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

सूत्र सिकाउँदै

by By: रामधुनी खबर
पुष १६, २०८१
365

रमेश कुमार माझी
इटहरी । इटहरीको मुख्य चोकदेखि केही मिटर दक्षिण पश्चिम पुगेपछि सरस्वती सदन माध्यमिक विद्यालय पुगिन्छ । गैसारमा रहेको यो २००७ मा स्थापना भएको नगरकै जेठो स्कुल हो । चार वर्षअघिसम्म अन्य सामान्य शैक्षिक गुणस्तर भएका सामुदायिक विद्यालयभन्दा यो फरक थिएन । शिक्षकहरू नियमित पढाउन आउँथे । विद्यार्थी संख्याअनुसार उपस्थिति उति हुँदैनथ्यो ।
शिक्षक दरबन्दी र स्रोत साधन अभाव उत्तिकै थियो । भएका विद्यार्थी घट्दो क्रममा थियो । २०६५ सालमा राहत कोटामा शिक्षक वासुदेव कर्ण यहाँ आए । विषयगत शिक्षकको अभावमा निजी स्रोतले शिक्षक राख्नुपर्ने अवस्थामा उनी जागिर खान सेवामा प्रवेश गरेका थिए ।
विद्यार्थीको सख्या घटेर २ सय ७० जना भएको थियो । २०७३ सालमा विद्यालयका निमित प्रधानाध्यापक भएपछि कर्णले विस्तारै शैक्षिक गुणस्तर सुधारको चरण अघि बढाए । १२ कक्षासम्म पढाइ हुने विद्यालयमा विद्यार्थी ७ सय ८२ पुगेका छन् । विद्यार्थीको संख्या बढ्यो, पढाउने तरिकाहरूमा सुधार ल्याइयो । सबैभन्दा महत्वपुर्ण कुरा कर्णले विद्यार्थी र अभिभावकको मन जित्न सके । यसैको कारण सबैको प्रिय ‘वासु सर’ भए ।
गणितका सुत्रदेखि विज्ञानका जस्ता अप्ठ्यारा विषयलाई समेत सरल भाषामा बुझाउन सक्ने उनको क्षमता छ । गत मंसिर ३ देखि प्रधानाध्यापकको जिम्मेवारीमा रहेका उनी शैक्षिक गुणस्तरबारे चिन्तनशील छन् । विद्यालयमा कम्प्युटर र विज्ञान प्रयोगशाला सुरु भएको छ ।
विद्यार्थीले विज्ञान विषयमा सैद्धान्तिकसँगै प्रयोगशालामा अभ्यास पनि गर्न पाएका छन् । कक्षा १२ सम्मलाई माध्यमिक तह बनाइएपछि विद्यालयले कक्षा थप्ने वा ८ मा झार्ने भन्ने अन्योलबीच शिक्षक र अभिभावकले वासु सरलाई थप्नेमा साथ दिएका हुन् ।
एकातिर २०७० सालमा सुनसरी जिल्लाभरीका विद्यालयहरू मध्ये एसईईमा कमजोर नतिजा आएको थियो । तर उनैको पहलमा कक्षा १२ समेत दुई वर्षअघिबाट सुरु भएको छ । विज्ञान र प्राविधिक विषय पढ्ने विद्यार्थी बाहेक सबै विद्यार्थी यही विषयमा हाल अध्ययन गरिरहेका छन् । आगामी सत्रमा नयाँ कोर्षहरू थप्ने योजना छ ।
शिक्षण पेशा जागिर मात्र नभएर समर्पण जरुरी हुने उनको भनाइ छ । त्यसैले त आज विद्यार्थीले अप्ठ्यारो मान्ने गणितलाई समेत सरल तरिकाबाट सुत्र प्रयोग गर्न सिकाउन सक्ने भएका छन् । हुन त उनको पारिवारिक पृष्ठभुमी समेत शिक्षण पेशासँग जोडिएको छ । उनका बुवा गणित विषयका शिक्षक थिए । मोरङको सुन्दर हरैंचामा हुर्केका वासुलाई पनि सानैदेखि गणित विषयमा झुकाव थियो ।
त्यसैले उनले गणित लिएर स्नातक गरेपछि शिक्षकको जागिर सुरु गरेका हुन् । विद्यार्थी पढाउँदा पढाउँदै समाजशास्त्र र गणित विषयमा स्नातकोत्तर गरिसकेका छन् । गैसारको विद्यालयमा पढ्ने अधिकांश मजदुर परिवारका बालबालिका छन् । विद्यालयको बिदाको समयमा वबसु सर लगायत अन्य शिक्षकहरू विद्यार्थीको घर जान्छन् । अभिभावकलाई भेट्छन् । विद्यार्थीको आनीबानी र पढाइका विषयमा छलफल गर्छन् ।

अभिभावकको पारिवारिक समस्यामा समेत सकेको सहयोग गर्ने गर्छन् । कतिपय विद्यार्थीहरू आफ्नो अभिभावकलाई बताउन नसकेका कुरा समेत उनै बासु सरलाई भने बताउने गरेका छन् । प्रत्येक अभिभाकवले विद्यार्थीको बारेमा निर्णय लिनुपूर्व उनै बासु सरलाई सोध्ने गर्छन् ।
‘विषय रोचक बनाउन सक्नुपर्छ । नत्र यसै पनि विद्यार्थी गणितदेखि टाढा भाग्ने गर्छन्,’ प्रधानाध्यापक कर्ण भन्छन्, ‘गणितलाई बुझाउन सके यो भन्दा सजिलो विषय अरु छैन ।’ विद्यार्थीको समस्या झर्को नमानी हल गरिदिने शिक्षकको बानी हुनुपर्ने उनी बताउँछन् । ‘विद्यार्थीको रुचिलाई नबुझी पढाएमा अर्थ हुँदैन,’ उनी भन्छन् । उनले पढाएका विद्यार्थी विभिन्न क्षेत्रमा काम गरिरहेका छन् ।

अगाडिकाे पाेस्ट

“लुगा सिउन जात होइन् शिप चाहिन्छ”

अर्काे पाेस्ट

कोशी प्रदेशमा सडक दुर्घटना : पाच महिनामा १९१ को मृत्यु, ३२७ जना गम्भीर घाइते

सम्बन्धित अरु

बिचार/अन्तरवार्ता/साहित्य

“लुगा सिउन जात होइन् शिप चाहिन्छ”

पुष १६, २०८१

सदेशराम चौधरीइटहरी। कुनै जमाना थियो, त्यस बेला गाउँघरमा लुगा सिलाउने कल छोए जातै जान्छ भनिन्थ्यो । जात गए घरमा पस्नु दिदैनन् भन्ने छुवाछुतको संस्कारमा हुर्केकी थिइन् भोजपरकी मनिषा राई ।...

बिचार/अन्तरवार्ता/साहित्य

रामधुनीमा एकल महिला जनप्रतिनिधि फुयाल कार्यवाहक वडाअध्यक्ष र लेखा समिति संयोजकको नेतृत्वमा

असार १८, २०८१

सुनिल चौधरीझुम्का, असार १७ । रामधुनी नगरपालिका वडा नम्बर ५ को सिता ढुंगेल फुयाल एकल महिला जनप्रतिनिधि हुनु हुन्छ । २०७९ सालको स्थानीय तहको निर्वाचनबाट वडा सदस्यमा निर्वाचित हुनु भएको...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft