सुनिल चौधरी
झुम्का, असार १७ । रामधुनी नगरपालिका वडा नम्बर ५ को सिता ढुंगेल फुयाल एकल महिला जनप्रतिनिधि हुनु हुन्छ । २०७९ सालको स्थानीय तहको निर्वाचनबाट वडा सदस्यमा निर्वाचित हुनु भएको हो । निर्वाचनमा १ हजार ६ सय ६५ मत ल्याउँदै वडाको जिम्मेवारी प्राप्त गरेर अहिले कार्यवाहक वडाअध्यक्ष र नगरको बिषयगत समिति संयोजकको समेत नेतृत्व भुमिका निर्वाह गर्दै हुनु हुन्छ ।
उहाँको श्रीमान नरेश फुयाल नेपाली काँग्रेसको आस्था राखेर पार्टी राजनीति गर्दै २०७४ को पहिलो स्थानीय तहमा वडा सदस्य निर्वाचित हुनु भयो । वडा सदस्य रहदै फुयालको २०७८ साल जेष्ठ १३ गते असामयिक निधन भयो । फुयालको निधन पछि स्वर्गीय श्रीमानको राजनीतिक अस्था र समाजमा गरेकोे सेवा निरन्तरता दिने उधेश्यले आँट र साहास गर्दै सिता ढुंगेल फुयाल २०७९ सालमा स्थानीय तहको चुनावमा उमेदवारी दिनु भयो । चुनावमा महिला वडा सदस्यमा निर्वाचित हुँदै कार्यवाहक वडाअध्यक्ष र लेखा समिति संयोजकको नेतृत्वमा रहनु भएको छ ।
फुयालको घर परिवारमा दुई छोरा छन् । बिद्यार्थी जिवन विताई रहेका दुई छोरा घरको काममा सघाउने गरेकोले आफु राजनीतिक गर्न सकेको कार्यवाहक वडाअध्यक्ष फुयालले बताउनु भयो । छोराहरुको सहयोगले वडाको हरेक कार्यक्रममा उपस्थिती जनाउन सक्ने भएकोले यसले वडा वासीहरुको तल्लो स्तर सम्मको भावना र समस्याहरु बुझ्न पाएको धारणा राख्नु भयो ।
राजनीतिक शास्त्रमै उहाँ स्नातक सम्म अध्ययन गर्नु भयो । राजनीतिक शास्त्रमा अध्ययन गरेपनि राजनीतिक अनुभव भने उहाँ गर्न सक्नु भएको थिएन् । घर परिवारमा गृहणी र सामान्य जिवन यापनमा समय विताउँदै श्रीमानलाई राजनीतिकमा साथ सहयोग गरीराख्नु भएको थियो । श्रीमानको निधन पछि राजनीतिक विरासत अगाडी बढाउन उहाँ पार्टीबाट नगरको कोषाध्यक्षको जिम्मेवारी पाउनु भयो । कोषाध्यक्ष जिम्मेवारी लिदै २०७९ सालको स्थानीय तह चुनावको तयारी गर्नु भयो । चुनावमा वडाअध्यक्ष पछिको अत्याधिक मत प्राप्तगरी वडा सदस्यमा निर्वाचित हुँदै राजनीतिक यात्राको सुरुवात गरेको फुयालले बताउनु भयो ।
राजनीतिक यात्राको अनुभव
राजनीतिक यात्राको सुरुवात गरेको फुयाल पार्टी तथा वडामा प्रतिनीधिको रुपमा मात्रै सहभागी हुने गरेको अनुभव बताउनु भयो । पार्टीको नगर कोषाध्यक्ष जिम्मेवारी समहाल्दा राजनीतिक यात्रामा चुनौती, समस्या, कठिनाईहरुको सामना गरेको बताउनु भयो । राजीतिक रुपले सांगठन संचालनको औपाचरिकतामा समस्या जुझ्दै वडा सदस्यको जिम्मेवारीमा आउँदा काम गर्नको लागि निकै नै गाह्रो भएको धारणा सुनाउनु भयो । वडाको सुरुवाती बैठकहरुमा निर्णयहरु सुन्ने मात्रको उपस्थित हुने गरेको र जनताको अपेक्षाको सेवा गर्न योजना, बजेटमा काम गर्न तथा सुझाव दिन पनि गाह्रो हुन्थ्यो ।
उहाँ भन्नु हुन्छ, “जनप्रतिनिधिमा निर्वाचित भए तर काम गर्ने प्रकृया थाहा नभएर सहमति मात्रै जनाउने अवस्था थियो, वडा सदस्यको हैसियतले वडावासीको समस्या प्रकृयागत रुपले कसरी सुल्झाउने, नगर तथा वडाको बजेट के हो, कसरी बनाउ छन्, वडाको समस्या नगर सम्म लाने प्रकृया के हुन् र कार्यन्व्यन गर्ने आधारमा कसरी जाने भन्ने कुनै जानकारी थिएन” । तर उहाँको त्यो पिडा र बाध्यकारी समस्या ६ महिना मात्रै रह्यो ।
रामधुनीमा नयाँ जनप्रतिनिधिहरुको क्षमता अभिबृदिका लागि ‘शी लीड्स’ परियोजनाको तालिममा उहाँ सहभागी हुने अवसर पाउनु भयो । रामधुनी नगरको १८ जना महिला वडा सदस्यहरु म १२ जना दोहोरिएका र तालिममा सहभागी मध्ये उहाँ नयाँ निर्वाचित जनप्रतिनिधी हुनु हुन्थ्यो । तालिममा सहभागी भएपछि टोल स्तरीयबाट योजना संकलनगरी वडाको योजनमा समावेस गर्ने र कार्यन्व्यनको प्रकृया अगाडी बढाउने सिकाई उपलब्धि भएको भन्दै ‘दलित महिला केन्द्र’बाट संचालित सो परियोजनको तालिमको क्षण बिर्सिनै नसक्ने क्षण भएको बताउनु भयो ।
कार्यवाहक वडाअध्यक्षर नगरको लेखा समिति संयोजकको नेतृत्वमा
शी लीड्सको पहिलो र दोस्रो चरणको तालिम पाएपछि उहाँमा राजनीतिक तथा जनप्रतिनिधिले गर्नु पर्ने कार्यमा नेतृत्व क्षमता विकास भयो । नेतृत्व क्षमतामा परिवर्तन भएपछि वडाको बैठकमा योजना प्रस्तुत गर्न थाल्नु भयो । समाजमा भएको हरेक प्रकारको समस्या संग लड्न सक्षम हुनु भयो । जनप्रतिनिधिलाई आएको अपजसलाई पनि ग्रहणगरी सामाधान गर्ने तरिका र उपायको बारेमा जानकार हुनु भयो ।
वडामा आएको समस्याहरुलाई सर्वपक्षिय रुपमा सामाधान गर्दै वडावासीहरु र वडा अध्यक्ष तथा समितिबाट समेत विश्वास लिदै उहाँलाई कार्यवाहक वडा अध्यक्षमा जिम्मेवारी दिन थाल्नु भयो । उहाँले वडा कार्यवाहवडा अध्यक्ष संगै नगर प्रमुख तथा उप प्रमुखको विश्वासले कार्यपालिकाको सदस्यहरुबाट समेत विश्वास राख्दै नगरको विषयगत समिति लेखा समिति संयोजक हुनु भयो । लेखा समितिको संयोजकमा रहेर नगरकै हरहिसाबमा चुस्त दुरुस्त राख्न सुझाव प्रतिवेदन समेत उहाँको संयोजकमा पेश हुने गरेको छ ।
एकल महिलाका लागि नगर र वडाबाट नीति तथा बजेट कार्यक्रमको नेतृत्व
उहाँलाई वडावासीले जसरी जिताएर पठाएका छन्, सोही अनुसार काम गर्नु पर्छ भनेर वडाको विकासको हरेक योजनामा महत्वपूर्ण भमिका निर्वाह गर्नु थाल्नु भयो । महिलाहरुमा उद्यम विकास र एकल महिलाहरुमा सम्मान सहित आत्म निर्भरका लागि वडा तथा नगरबाट बजेट विनियोजनका लागि प्रयासमा सफल हुँदै जानु भयो । आर्थिक बर्ष २०८०÷८१ म एकल महिलाहरुमा सिप विकास र आय आर्जनमा सहयोग पुरेयाउने उधेश्यले आचार बनाउने तालिम समपन्न गुर्न भयो ।
महिला तथा एकल महिलाका लागि आगामी बर्षमा बिउ पँुजी, आत्म निर्भरका लागि थप सिप विकास गर्ने लक्ष्यले वडाको योजना र नगरको योजनामा समेत बजेट पार्न सफल हुनु भएको छ । आगामी बर्षका लागि १६ औँ नगर सभाबाट महिला उद्यमीका लागि रु २ लाख बजेट विनियनेजन गरेको छ । एकल महिला समिति वडा नं. १ देखि ९ वटै वडामा एकल महिला गठन गर्न रु १ लाख बजेट विनियोजन भएको छ । यस सफलताका लागि शी लिड्सको तालिमबाटै हिम्मत र होैसला पाएर शुरुवात गरेको फुयालले वताउनु हुन्छ । यस क्षमतालाई निखार्दै र निरन्तर अग्रसर हुँदै आगामी चुनावमा वडाअध्यक्षको उमेदवारको तयारीमा रहेको फुयालले बताउनु भएको छ ।
शी लीड्स, म नेतृत्व गर्न सक्छु कार्यक्रमले रामधुनीमा प्रभावकारी
रामधुनीकी सिता ढुंगेल फुयाल मात्रै होइन, उहाँ अलवा अरु महिला जनप्रतिनिधीको पनि शी लीड्सले परिवर्तन ल्याएको छ । तालिमबाट क्षमता विकास भई नेतृत्व गर्न सक्ने सक्ष्म महिला जनप्रतिनिधी वन्न सफल हुँदै गएका छन् । प्रायः धेरै महिलाहरु पुन निर्वाचित भएर अघि वढेका छन् ।
रामधुनी वडा नं. १ मा वडा सदस्य उमादेवी थरुनी र पार्वती सरदार पुनः निर्वाचित हुनु भयो । वडा नं. २ मा वडा सदस्य कमली मोचीले सी लिड्स तालिमबाट अहिले वडाबाट विभिन्न कार्यक्रमहरुको नेतृृत्व लिदै हुनु हुन्छ । यसैगरी रामधुनी वडा नं. ५ मा मनोदेवि सरदार वडा सदस्यमा दोस्रो पटक निर्वाचित हुनु भयो । शी लीड्स, म नेतृत्व गर्न सक्छु कार्यक्रमको प्रभावले रामधुनीको विभिन्न वडामा महिला सदस्य १२ जना निर्वाचित भई दोहोरिनु भएको छ ।
शी लिड्सले राजनीतिमा महिलाको सहभागिताको अवस्था,लैङ्गिकताको परिभाषा र बुझाई, लैङ्गिक समानता, लैङ्गिक समानताका सवालमा ब्यख्या विश्लेषण, महिला नेतृत्व र लैंङ्गिक समानताका लागि सहयोगी बन्नुपर्ने कारण, बिशेष अधिकार, दलित हक, अधिकार लगायतका विषयमा जागरुक गराउनेदेखि आवाज उठाउन उत्प्रेरित गर्दै आएको छ ।
स्वीस सरकार बिकास नियोग र अस्ट्रेलियन एडको आर्थिक सहयोगमा दलित महिला केन्द्र नेपालसँंगको साझेदारीमा शि लिड्स परियोजना सन्चालन हुँदै आएको छ । परियोजनाको सुनसरी जिल्ला संयोजक राम सुन्दर महेताको अनुसार सुनसरीको जिल्लाको ५ वटा स्थानीय तहमा सन्चालनमा रहको बताए । रामधुनी नगरपालिका, धरान उपमहानगरपालिका, दुहवी नगरपालिका र भोक्राहा गाउँ पालिकामा यो कार्यक्रम सन्चालनमा रहेको छ ।
संस्थाले महिला जनप्रतिनिधीहरुलाई राजनीतिक नेतृत्वका लागि मिडियाहरुको भूमिका, पार्टी प्रमुखहरुको भेला, पार्टीको भातृ महिला संगठन लगायतका नगर प्रमुख, उपप्रमुखहरुको उपस्थितीमा महिला नेतृत्वको सहयोग गर्न सक्ने अवस्थाका कार्यक्रम समपन्न गरेको संयोजक मेहताले वताउनु भएको छ ।