मिति : २०८३ असोज १७ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

जितमहान गोंसाईको निर्जल व्रतसहित यसबर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

by By: रामधुनी खबर
असोज १७, २०८३
184

सुनिल चौधरी
झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत (उपवास) बसेर आश्विन कृष्ण पक्ष सप्तमी, अष्ठमी र नवमी सम्म तीन दिन धार्मिक आस्था र परमपरा अनुसार जितिया पर्व मनाइँदै छन् ।
खरजितिया’,‘सुइँध लाग्ने’ परम्परा
यस वर्षको ‘खरजितिया’ ‘सुइँध लाग्ने’ परम्परासँग जोडिएको नयाँ जितिया पाथ्ने चलन समेत विशेष रूपमा चर्चामा आएको छ । स्थानीय धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार खर जितियामा सुइँध (संयोग÷वारको प्रभाव) लाग्नाले नयाँ जितिया पाथने (नयाँ व्रतालुले व्रत सुरु गर्ने÷उठाउने) परम्परालाई महत्त्वपूर्ण र शुभ मानिन्छ । थारु भाषामा शनिवारलाई खर दिन मानिन्छ तसर्थ संयोगले शनिवार लाहय्, आइतवार व्रत र सोमवार पारण हुने पर्वको बर्षलाई खर जितियाको रुपमा लिइँदै नयाँ जितिया पाथ्ने गरिन्छ । सोही अनुसार २०८३ सालको यस बर्ष जितिया पर्व खर जितिया सुइँधको रुपमा व्रत बसेर पर्व मनाउँदै छन् ।
पूजा विधि धार्मिक महत्व र मान्यता
जितियाको सुरुको दिन अर्थात लाहय्मा व्रतालुहरु विहानै सबेरै नदी, खोला, पोखरीमा गई माटो,पिनाले कपाल पखाली घिरौलाको पातमा घिरौलाको फुल, माटो र पिना पूर्व तर्फ फर्केर भिजेकै कपडा लगाई चढाइन्छ । यस विधि पूर्णगरी सुरुको दिन लाहय् समपन्न गरिन्छ । दोस्रो दिन दोस्रो प्रहरमा विहान झिसमिसेमा चील र स्याललाई दही, च्युरा,सखर,सुपारी चढाई दर (ओठघन) खाइन्छ ।

यस बारेमा उखान छन्,“जितिया पावैन बर भारी,धियापुताके ठोइक सुतावी, अपना ल्या भैर थारु” अर्थात यो पर्व एकदम कठिन र महत्वपूर्ण पर्व छन् । बालबच्चाकै लागि व्रत बस्ने भएर बालबच्चालाई थपथपाएर सुताउने गर्छन र अफु थालभरी तागतीलो मिठो–मिठो परिकार ओठघनमा खाने गर्छन । व्रत बसेको अर्था पर्वको दोस्रो दिन ओठघन पछि दिउँसो व्रतालुहरु आँगनमा सानो पोखरी खनेर पूजाको लागि डाला तयार गर्छन् । डालामा कर्कलो पात,कोलाको पात,घिरौलाको पात र फुल, जितियाको फुल, बौटरा सानो केराउ, सिन्दुर, सिकी,गौरा खर, तुलसीको पात, हल्दीको फुल, दही च्युरा, सख्खर, धानको माइर,रातो, पहेलो, कालो रंगको ध्वजा लिई पोखरीको डिलमा बसेर कथा श्रवणगरी कथाको विच–विचमा पूजा गरिन्छ । कथामा जितमहानको परमक्रम र चील र स्यालको पूर्वजन्ममा आधारित धार्मिक आस्था केन्द्रित छन् । यस कथाको श्रवणगरी व्रतलाई धार्मिक भोग बनाउने परमपरा छन् ।
पर्वको तेस्रो दिन सुर्य उदाए संगै घर आँगन लिपपोत गरेर नुहाई धुवाई गर्न जादा डालामा भएको केही पूजा सामाग्रीहरु जलप्रवाह गरिन्छ । घरमा आइसकेपछि आँगनम पूर्व तर्फ फर्की चौका बनाई सिन्दुर र तेलले दुई धर्का तान्छन्, विचमा पानको पात राखी त्यसमाथी पान,सुपारी,दही,च्युरा,बौटरा,पाँच अक्षता र तुलसीको पात चढाउँछन् । उक्त समयमै गौरा खर कान्छी औलाको सहयातले सानो–सानो टुक्रा भाँची चारै दिशा तर्फ तीन पटक फाल्ने गर्छन् । र पूजामा जलढारगरी पाँच बौटरा, पाँच अक्षता दातमा नछुवाई निलेर थोरै दही च्युरा खाएर पारणको सुरुवात गरी व्रत समपन्न गरिन्छ । त्यसको भोली पल्ट चोलीबेटी तथा भान्जा भान्जीहरुलाई नयाँ लुगाफाटो कोशेलीहरु दिई विदाई गरिसकेपछि पर्व यस बर्षको लागि समाप्त हुन्छ ।
जितमहानको पराक्रम र चील,स्यालको पूर्वजन्मको कथा
संसारको जति पनि उत्पत्तिहरु छन् सबैको बीचमा सम्बन्ध जोडिएको हुन्छ । कुनै एकको विनास भएमा त्यसको असर सबैलाई पर्छ भने शन्देस जितिया पर्वले दिएको छ । यस कथामा आमा र सान्तान बीचको घनिष्टता दर्शाएको छ भने कुनै पनि काम निष्ठा तथा नियम पूर्वक विधि पुर्याएर गरेमा सफलता अवश्य हात पर्छ भन्ने उपलब्धिको जानकारी गराएको छ । कथाको अर्को पक्ष सबैले मिलेर बस्नु पर्छ, कसैले पनि घमण्ड गर्नु हुँदैन, यस संसारमा सबैको अधिकार र हक छन् । त्यसकारण यस पर्वको पौराणिक कालमा जति महत्व थियो आज पनि यसको महत्व झन बढेर गएको छ । फलस्वरुप यसले मानवलाई सधै धार्मिक, सामाजिक, साँस्कृतिक, एकताको सचेत गराई रहन्छ ।

पर्वको पारिवारिक र सामाजिक महत्व
यस पर्वमा दाजुभाईले दिदी बहिनीलाई ससुरालीबाट माइती ल्याउने चलन छ । दाजुभाई नहुने दिदी बहिनीलाई माइती पक्षका अन्य सदस्यले पनि आफनो चेलीबेटीहरुलाई लैजाने गरिन्छ । सक्दो यो व्रत माइतीमा नै लिने चलन छ । लिन आउने दाजुभाईलाई मिठो परिकार खुवाउने गर्दछ । जितिया जाने चेलीबेटी माइतका लागि शनेसको रुपमा तेलपौर रोटी लिएर पर्व मनाउन जाने गरिन्छ ।
व्रत गरेका परिवारका सदस्यलाई जितमहान गोंसाईको कृपाले सम्भावित ठुलो घटना–दुर्घटना हुनबाट टर्ने जितियाको धार्मिक प्रमुख उधेश्य जनविश्वास रहेको छ । कसैलाई दुर्घटना हुनै लागेको अवस्थाबाट जोगिने हुनाले सो घटना प्रतिको धार्मिक मानयताले तिम्रो आमाले खर जितिया पाथेको थियो भन्ने भनाई भन्ने चलन छ ।
जितमहान गोंसाईको पराक्रम तथा चील र स्यालको पूर्वजन्मसँग सम्बन्धित धार्मिक कथामा आधारित यस पर्वले तराई थरुहटका महिला समुदायमा विशेष सांस्कृतिक र धार्मिक महत्व बोकेको छ ।

अगाडिकाे पाेस्ट

इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

सम्बन्धित अरु

समाचार

इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

असोज १५, २०८३

रामधुनी खबर संवाददाता इटहरी,असोज १५ । कोशी प्रदेशका युवा जनशक्तिलाई सीप तथा रोजगारीसँग जोड्ने उद्देश्यले इटहरीमा रोजगार मेला सुरु भएको छ । ‘सीप र रोजगारी साझा जिम्मेवारी’ भन्ने मूल नाराका...

समाचार

लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

असोज १३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज १३ । सामाजिक सेवामा सक्रिय अन्तर्राष्ट्रिय संस्था लायन्स क्लब अन्तर्गत लायन्स क्लब डिस्ट्रीक्ट ३२५ सी का तीन क्लबका नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरूको संयुक्त पदस्थापन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft