मिति : २०८३ असोज १९ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

by By: रामधुनी खबर
असोज १७, २०८३
222

सम्पादकीय
कुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार गर्दै स्थापित भएका यस्ता मौलिक परम्पराले समुदायको इतिहास, जीवनशैली र पहिचानलाई पुस्तादेखि पुस्तासम्म जोड्ने काम गर्छन् । लामो अभ्यासले सार्थकता पाएको हुन्छ । जिवन र संस्कार पद्धतीको निर्माण भई मौलिक्ता उद्धभवको चरण पार गरेको हुन्छ । यी चरणहरु विभिन्न समस्या र कठिनाई पार गरेर एक रुप लिएको हुन्छ । ती समस्या र कठिनाई सहजै पार गरेको हुँदैन । रगतको थोपा–थोपा समर्पणगरी एकताको भाव पैदा भएको हुन्छ । अग्रजको यी संघर्षले जिवन जिउन सिकाएको चक्रले संस्कार, संस्कृति, चाड, पर्वको प्रादुभाव भई निरन्तर मान्दै आएका छौ । जितिया, फगुवा, सिरुवा, नेमानी, अखारी जस्ता ऐतिहासिक परमपरागत संस्कार र संस्कृति मान्दै आएका छौँ । हामी गर्व गछौँ मेरो संस्कार छ, हाम्रो मौलिक्ता छ, म–हामी थारु हौँ । आदिवासी हौँ । भनेर आफ्नो पहिचान गर्छौ । तर पछिल्लो समय संस्कृति संरक्षण र प्रवद्र्धनका नाममा गरिने केही कार्यक्रमको स्वरूपमाथि गम्भीर बहस आवश्यक देखिएको छ ।
हाम्रा थारु समुदायका पहिचानहरु संरक्षणको नाममा, प्रवद्र्धनको नाममा पश्चिमी संस्कृतिको शैली अपनाउँदै गएका छौँ । फेशन शो मार्फत देखावटी बनावटीमा प्रस्तुत हुन्छौ । अर्काले रचेको शैलीले अंग प्रदर्शन, शरीरको रंग प्रदर्शन गर्नु, आफ्नै भेषभुषा धारणगरी अर्काकै शैलीमा प्रस्तुत हुनु रंगभेदी, कन्छेदी, दलालरुपीमा मात्र सिमिति हुदैछौँ । यस दलालरुपीमा केही थारु संघसंगठनले पनि क्षणिक प्रभाव पार्न, स्वार्थ सिर्जना गर्न यस्ता खालको कार्यक्रममा प्रवेश गरिसकेका छन् । उनीहरु लतले प्रभावित भै सकेका छन् । आफ्नो अग्रजको रगत, त्याग, बलिदानी, सघर्षलाई खरिद विक्रीमा उदण्ड भै सकेका छन् । तथापी यस्ता खालको शैली प्रवृतिले क्षणिक हुन सक्छ तर दिर्घकालिन हुन सक्दैन ।
केही दिन अगाडि जितिया पर्वलाई मौलिक्ता शब्द माथी विकृतिले प्रहारगरी सामाजिक संजालमा प्रचारवाजी भएको देखियो । “मिसेस जितिया” कार्यक्रमको नाम दिएर थारुको संघर्षको संस्कार बिशुद्ध भगवानको नामले नामाकरण पर्व जितियालाई मिसेस बनाउने कार्य भयो । जितिया भगवानको रुपमा धार्मिक आस्थाले मनाउने पर्व हो । थारुको सामाजिक पहिचानको स्थापित पर्व हो । जुन पर्वमा धार्मिक विधि अपनाएर मनाइन्छ, प्रवद्र्धन गरिन्छ । हामी भगवानलाई शब्दमा अगाडि जय जितमहान लगाएर आदर सम्मान गछौँ । धार्मिक शब्दको उच्चारण गछौँ । तर के अब जिमुत वाहन भगवानलाई मिसेस जितमहानकी जय भनौ । जितिया बाहेक अन्य धार्मिक आस्था मान्ने गणेश भगवानलाई मिस्टर गणेश भगवानकी जय भनौ । मिस्टर हनुमानकी जय भनौ । मिस्टर सौन धामी, मिस्टर विच्छु धामी भनौ । दशै आउँदै छ मिसेज दुर्गा भवानी भनौ । यो भाष्य तर्फ किन जाँदै छौँ । यसै भाष्यलाई हेर्ने हो भने थारुको विशुद्ध धार्मिक पूजा गर्ने स्थल ग्रामथान, डिहवार थान, सिराथानलाई सिरा मन्दिर, ग्रामथान मन्दिरको नामाकरणगरी पूजा स्थल अतिक्रमको चपेटामापरी नामेट पारेका छन् । किन हामी मौलिक नामाकरणलाई अपभ्रंस गराउने तर्फ केन्द्रित हुँदैछौँ । यस अपभ्रंसका लागि जहाँ थारु संगठनकै भनाउँदा थारु बुद्धिजिवी, थारु कानुन व्यवसायी, थारु कल्याणकारिणी जस्ता केन्द्रिय सदस्य, महिला सभा जस्ले संगठनको विधिविधानलाई लातमा घिसारेर यस्ता प्रवृतिमा उन्मात भै रहेका छन् । जितिया बिशेष गर्ने कार्यक्रममा पनि उधेश्य परक हुँदैन, आधुनिक गीत, नृत्य प्रस्तुत गर्ने पर्वमा परिनत भै सकेको छ । हालको पुस्ताले जितिया पर्व लागे संगै नृत्य गर्नु पर्छ भन्ने मानिस्थीतमा पुगिसकेका छन् । यति सम्म की साँस्कृतिक पहिचानको भेषभुषा लगाएर विकृति मानिएको बियरको बोतल बोकेर नाकारात्मक तवरले प्रस्तुतमा उत्रि सकेका छन् ।
थारु समुदायका विभिन्न संस्कार, संस्कृति, पर्वहरुलाई रिती–थिती बसाल्न यी यस्ता पश्चिमी प्रवृति अंगालेर हाम्रा अग्रजहरुले यहाँ सम्म ल्याएका हुन् त, । के हामी भूमि पुत्र, मुलवाशी कहलाका हौँ । पकै पनि होइन । इतिहास साक्षी छन् । आफ्नै शैली, बाध्यबाधन, परम्परागत कार्यक्रम, कथा वाचन र आफनै स्रोत साधनले निरन्तरता दिदै आएकाले हामी थारु मुलवाशी र आदिवासीमा गर्व गर्दैछौँ । तर यी अपभ्रंसकारीहरुको अचेत अवस्थाले राज्यले पनि उपनीवेश लाद्ने गरेको छ । अन्तराष्ट्रिय कानुन, सन्धि समझौता, राष्ट्रिय कानुले पनि साथ छोड्दै थारु समुदायले कालो दिन, कालो दिवस, विद्रोह दिवसको उपजलाई मान्नु पर्ने अवस्था सिर्जना भएको छ ।
यस उपजहरुलाई समाप्त पार्न आफ्नै मौलिक्ताले प्रहार गर्न सके मात्र संघर्षपूर्ण जीत हुन सक्छ । यो नेपाल र छिमेकी मुलुक भारतले पनि यसै नीति अपनाएर स्वतन्त्रता अपनाएको इतिहास छन् । तसर्थ सचेत हौँ । जितिया पर्व लगायतका संस्कार संस्कृतिहरुको मौलिक्ता र परम्परागत कार्यक्रमले प्रवद्र्धन गरौँ । आधुनिक्ताको नाममा तडकभडक, पश्चिमी शैली र फेशन शो ले होईन । विकृति छिटै संस्कृति लामो अभ्यासले आउँछ ।
अन्ततः अपभ्रंशकारी, रंगभेदी, कन्छेदी, परिचालित वंशगद्धारहरु आफु फोहोरको नालामा जान्छौँ–जान्छौ परिवारको सदस्यलाई धकेल्ने कार्य नगरौँ ।

अगाडिकाे पाेस्ट

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

सम्बन्धित अरु

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

समाचार

इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

असोज १५, २०८३

रामधुनी खबर संवाददाता इटहरी,असोज १५ । कोशी प्रदेशका युवा जनशक्तिलाई सीप तथा रोजगारीसँग जोड्ने उद्देश्यले इटहरीमा रोजगार मेला सुरु भएको छ । ‘सीप र रोजगारी साझा जिम्मेवारी’ भन्ने मूल नाराका...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft