मिति : २०८३ असोज १९ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

मौलिक संस्कृति परम्परालाई निरन्तरता दिदै इटहरीको चौधरी टोलमा कात्तिक पूर्णिमाको सामा–चकेवा विसर्जन

by By: रामधुनी खबर
मंसिर १६, २०७७
522

झुम्का, इटहरी उपमहानगरपालिका वडा नं. ४ चौधरी टोल वासीले समा चकेवा मनाउदै सोमवार बिसर्जन गरेको छ । प्रत्येक बर्ष कात्तिक शुक्ल पञ्चमीदेखिको एघारौं दिन कात्तिक पूर्णिमामा सामा–चकेवाको समापन गर्ने धार्मिक मान्यता अनुसार बिधिव विसर्जन गरेको हो । समा चकेवा चौधरी टोलकै पोखरीमा बिसर्जन गरेको छ । शुुसिला लेखीको नेतृत्वमा मौलिक संस्कृति परम्परालाई निरन्तरता दिई समा–चकेवा सम्वद्र्धनमा जुटेकी स्थानिय महिलाहरु माटोको कलात्मक प्रतिमुर्ति बनाएका थिए । माटोका बिभिन्न पात्रहरु बनाई लोकगीत गाउदै समा चकेवा मनाएको लेखिले जानकारी दिनु भयो । परम्पराअनुसार तराइमा छोरीचेली दिदीबहिनीले सामा खेल खेल्ने गरिन्छ । दिदीको स्नेह र भाइको पराक्रम नै यो संसारको एउटा सुन्दर पक्ष हो । सुन्दर पक्षलाई लिएर चौधरी टोलमा ८ डाली समा चकेवा बनाएको लेखीले बताउनु भयो । लेखी थारु महिला सभा जिल्ला सुनसरी कार्यवाहक अध्यक्ष पनि हुन् ।पुरानो मौलिक परम्पराले डोहो¥याउँदै आएको थारु समुदायकोे महत्वपूर्ण पर्व सामा चखेवा पनि दिदीभाइबीचको माया प्रेम र स्नेहको प्रतीक हो । कात्तिक शुक्ल पञ्चमीका दिन बोलीचालीमा ‘सामा’ भनिने सामा–चकेवा पर्वको थारु महिलाहरुले सुरुवात गर्छन् । यही पर्वले नै एउटा समाजमा बस्ने हरेक पक्षको प्रतिनिधित्व गरेको हुन्छ । यो पुराणोक्त एउटा संस्कृति हो । यो पर्वको बारेमा पद्म पुराण, स्कन्ध पुराण लगायतले उल्लेख गरेको छ । जसमा उल्लेख गरिएको विषय अनुसार सामा र चखेवा(चारुवक्य) पतिपत्नी हुन् । उनीहरू नै यो गीति नाटक वा परम्पराका मुख्य पात्रहरू हुन् । यस पर्वको पहिलो दिन समूहमा गीत गाउँदै दिदीबहिनीहरू माटो खन्न जान्छन् । यस्तो माटो दाजुभाइबाट नै खनाउनु पर्छ भन्ने मान्यता हुन्छ । त्यही माटोबाट सामा चखेवा लगायत विभिन्न आकृति बनाउने गर्छन् । यही माटोको प्रतिमालाई बाँसको डालो वा सुपामा राखेर टोलटोल र चोकमा लगेर गीत गाउने चलन छ । कात्तिक पूर्णिमाको दिन सोही प्रतिमालाई विसर्जन गरेपछि यो पर्वको औपचारिक विसर्जन हुने गर्छ ।स्कन्ध पुराणका अनुसार चारुवक्य आश्रममा बस्ने गर्थे । श्यामा(सामा) भगवान कृष्णकी छोरी हुन् । यही कथामा चुगलाको पनि भूमिका देखिन्छ । चुगला एक कुरौटे पात्र हुन् । आश्रममा बस्ने चखेवालाई भेट्न गएकी सामाको कुनै ऋषिसँग प्रेम चक्कर रहेको कुरा चुगलाले श्रीकृष्णलाई सुनाउन पुग्छन् । श्रीकृष्णले पनि सत्य कुरा नै नबुझी सामालाई चरा बन्ने श्राप दिन्छन् । सो कुरा सामाका भाइ शम्बले थाहा पाउँछन् । आफ्नी दिदीलाई पूर्ववत् अवस्थामा फर्काउनको लागि आफ्ना बाबुसँग उनी अनुनय विनय गर्छन् । जतिगर्दा पनि दिदीलाई पूर्ववत् अवस्थामा फर्काउन नसकेपछि उनी अन्ततः तपस्या गर्न सुरु गर्छन् । अर्काेतर्फ आफ्नी पत्नी सामा चरा भएको वियोगमा चखेवाले पनि चराकै स्वरुप धारण गरेर सामासँगै बस्न थाले । पछि कात्तिक पूर्णिमाको दिन शम्बको तपस्याबाट सन्तुष्ट भएर सामा र चखेवालाई नै पूर्ववत् स्वरुपमा फर्काएको भन्ने पौराणिक कथा छ । त्यसैले यो पर्व भाइको वीरता, उदारता र प्रशंसाको वर्णन, बहिनीको अदभूत भ्रातृत्व प्रेमको चित्रणमा केन्द्रित छ । कुरौटे समाजको पनि यसमा चित्रण गरिएको छ । यो गीति संवादकोे माध्यमबाट अभिव्यक्त गर्ने गीति नाटक हो ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरमा बिश्वकर्मा समुदाय नगर स्तरीय संगठित

अर्काे पाेस्ट

बिपदमा नगरको शिक्षा क्षेत्र सुरक्षा र बिध्यालयमा लैङ्गिक समानताको योजनामा रामधुनी नगरपालिकाको जोड

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft