प्राकृतिक प्रकोप र मानविय कारणले हुन सक्ने बिपदमा शिक्षा क्षेत्रको सुरक्षा तथा समुदाय र बिध्यालयमा लैङ्गिक समानताको योजनामा जोड दिन रामधुनी नगरपालिका र नगर स्तरीय बिपद ब्यवस्थापन समिति अग्रसर हुने भएको छ । प्रकोप, बिपद, जोखिम जस्ता घटनाबाट शिक्षा क्षेत्र सुरक्षा प्रदानले शिक्षामा प्रोत्साहन बढ्दै शिक्षित दर बृद्धिहुने, बालबालिका सुरक्षित रहने, शिक्षाको निरन्तरता लगायतका शुसासन कायम राख्नकालागी समिति सहित नगरपालिकाले सो योजनामा जोड दिने भएको हो ।योजनाको लागु र सम्बन्धित बिषयको प्रकृयागत रुपमा नगरको चुनौती तथा समस्या सामाधान गर्न प्लान इन्टरनेशनल नेपालको सहयोगमा फरर्वाड नेपालले पुनर ताजगी तालिम दिएको छ । ३ दिवसिय तालिममा सुरक्षित बिध्यालयको अवस्था ल्याउन दश सुचकको मापदण्ड राख्नु पर्ने बारेमा छलफल भएको हो । सुचकको मापदण्डमा सुरक्षित स्थान, भुकम्प प्रतिरोधि भवन, बिध्यालयको नक्सांकन, बिपद ब्यवस्थापन सामाग्री तथा कोष, योजना, मौसमि पात्रो, पर्याप्त खुल्ला स्थान भएको हुनु पर्ने लगायतको दश सुचकको बारेमा अनुगमन र लेखा जोखा गर्ने छन् । सुचक र मापदण्डमा रहेको बिध्यालयमा मात्र गुणस्तिरीय शिक्षा लिन सकिने सामुहिक छलफलबाट आएको छ । बिपद न्युनिकरणकालागी शब्दावलीबारेमा जानकारी समेत गराएको छ । प्रकोप , जोखिम, संकटासंन्न, समुखता र बिपदबारेमा प्रष्ट पारेको छ । यस्ता जोखिमहरु रहयो वा भयो भने खोज, उद्धार, प्रतिकार्य, राहत, दैविप्रकोप, पुन निर्माण, पुनरस्थापना, पनर्लाभ जस्ता शब्दावलीलाई प्रष्टपार्दै भुमिकाको बारेमा जानकारी गराएको छ । बिपदबाट क्षति कम गर्न पुर्व चोतावनी, पुर्वतयारी, अनुकुलन, प्रबलिकरण, अल्पी करण, रोकथाम गर्ने अवस्थाका बारेमा प्रस्तुतस्करण, श्रब्यदृश्य,छलफल, सामुहिक कृयाकलाप गरेका छन् । यसैगरी बिध्यालयमा लैङ्गिक समानताकोलागी बिपरित लिङ्गी, समलिङ्गी, द्धिलिङ्गी, पारालिङ्गी,अन्तरलिङ्गी शब्दावलीको बारेमा जानकारी गराउदै समान्ताको हककोलागी महत्व र उधेश्य दर्शाएका छन् ।बिपदमा रामधुनी नगरको शिक्षा क्षेत्र सुरक्षा र बिध्यालयमा लैङ्गिक समानताको योजनामा जोड दिन छलफलमा मेयर जयप्रकाश चौधरी, उपमेयर सविना चौधरी, वडाअध्यक्ष बिपद ब्यवस्थापन नगर समिति, पत्रकार, बिध्यालय प्रधाना ध्यापक शिक्षक, बालबालिका, जेष्ठनागरीक, सम्बन्धित शाखा प्रमुखहरुको सहभागीता रहेको थियो ।
