मिति : २०८३ असोज १९ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बक्लौरी स्वास्थ्य चौकी स्तरोन्ती भवन शिलानास सम्पन्न

by By: रामधुनी खबर
मंसिर १६, २०७७
537

रामधुनी वडा नं. ६ को बक्लौरी स्वास्थ्य चौकी स्तरोन्ती भवन सोमवार सुरक्षा कर्मि बिच शिलानास भएको छ । स्तरोन्ती गर्नु पर्ने सम्पुर्ण स्वास्थ्य चौकीका भवन शिलानासको क्रममा बक्लौरीका स्वास्थ्य चौकी भने बिरोध र कालो झण्डका बिच शिलानास भएको हो । बक्लौरी स्वास्थ्य चौकीको स्तरोन्ती गर्दै अस्पताल निर्माण गर्न लागेको छ । जनसंख्या तथा स्वास्थ्यvvvv मन्त्रालयबाट स्विकृत भएर सो अस्पताल क्रमागत योजनामा १५ शययाको रु ३७ करोडको लगानीमा बन्न लागेको स्वास्थ्य प्रमुख हरीदेव ठाकुरले बताए । पुर्व मन्त्रि भिम आचार्य, रामकुमारी चौधरी, नगरप्रमुख जयप्रकाश चौधरी, उपप्रमुख सबिना चौधरी, जयकुमार राईले संयुक्त रुपमा शिलानास गरेको हो । शिलानास कार्यक्रममा ढेडीगाउँ नगर अस्पताल संघर्ष समितिले कालो ब्यानर सहित बिरोध प्रदर्शन गरेका छन् । नगरपालिकाको सिफारिसले नगर अस्पताल ढेडीगाउँको जग्गामा बन्नु पर्ने स्विकृति भएपनि सक्ताको दुरुपयोगले बक्लौरी अस्पतालमा लगिएको भन्दै शिलानास कार्यक्रममा कालो ब्यानर सहित संघर्ष समितिले बिरोध प्रदर्शन गरेका हुन् । कालो ब्यानर लिएका प्रदर्शनकारीहरुलाई सुरक्षा कर्मि र स्थानिय युवाहरुले शिलानास स्थल सम्म पुग्न दिएनन् । कालो ब्यानर सहित आएका समुहलाई शिलानास कार्यक्रम हुने स्थान देखी सय मिटर परनै तितर बितरण बनाई कालो झण्डा खोसेर जलाएका छन् । संघर्ष समितिका प्रदर्शनकारीहरुलाई बिकास बिरोधिको संज्ञा दिदै स्थानिय युवाहरुले नारावाजी समेत गरेका थिए । बिरोधका बिच शिलानासहुदा कार्यक्रममा सहभागी अतिथीहरुले बिकासकालागी यो त्यो पार्टी नहेरी जनताको पक्षमा काम गर्नु पर्ने जोड दिए । स्वास्थ्य जस्तो क्षेत्रमा बिरोध गर्नु भन्दा पनि बिरोध कर्ताले चेतना स्तर बढाउनु पर्ने अवस्था रहेको पुर्व राज्य मन्त्रि रामकुमारी चौधरीले बताइन् । अस्पताल निर्माणले रामधुनी वासीहरुकोलागी गर्वको कुरा मान्नु पर्ने अवस्थामा बिरोधका सोचहरु त्याग्नु पर्ने चौधरीले उठान गरिन् । नगर अस्पताल बन्नु पर्ने हाम्रो मान्यता पनि हो, संघर्ष समितिको मागमा सहमतछु तर सम्बन्धित ठाउँ र नाम तोकेर आए त्यस स्थानमा बिकास गर्न हमेसा सहमत छु भन्दै नगरप्रमुखको भनाई रहेको थियो । कार्यक्रममा सहभागी नेपाली काग्रेशका प्रतिनिधि उपेन्द्र कटवालले कार्यक्रममा बोल्दै संघर्ष समितिको माग जायज मान्नु पर्छ तर बिकासमा बिरोध नगरी ठाउँमा आएर तर्क गर्दा उपर्युत हुने भन्दै शिलानास कार्यक्रममा भएको बिरोध प्रतिको भतर्सना गरेको थियो । रामधुनी नगर भनौ या मुलुकको अवस्था बिकासमा गति लिन नसकेको दावि गर्दै जनतालाई जति चिला र चिप्ला कुरा गरेपनि जनताले अब पत्याउने वाला छैनन् भन्दै नेपाली काग्रेश प्रतिनिधि कटवाले आफनो धारणा ब्यक्त गरेका थिए ।

अगाडिकाे पाेस्ट

बिपदमा नगरको शिक्षा क्षेत्र सुरक्षा र बिध्यालयमा लैङ्गिक समानताको योजनामा रामधुनी नगरपालिकाको जोड

अर्काे पाेस्ट

रामधुनी १ नं. वडामा लैङ्गिक हिंसा बिरुद्धको सचेतना

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft