मिति : २०८२ जेठ ५ गते (आइतबार)
मौसम : 26.2°C(overcast clouds)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरका ३४३ जना प्रधानमन्त्रि रोजगार कार्यक्रमको सुचीमा

by By: रामधुनी खबर
मंसिर २६, २०७७
788

सुनिल चौधरी
झुम्का, मंसिर २६ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना अन्तर्गत रामधुनी नगरका ३ सय ४३ जना सुचीमा परेका छन् । रोजगार सेवा केन्द्र रामधुनीबाट दर्ता आव्हावान गरे अनुसार प्रत्येक वडाबाट ३८ जना सुचीमा परेका हुन् ।


बेरोजगारहरुलाई रोजगार उपलब्ध गराउने उधेश्यले ल्याएको योजनाका फारम भरिएकाहरु सुचीमा परेकाले दर्ताकालागी सुचना जारी गरेको छ । सुचीमा पर्नेहरु आ–आफनो वडामा दर्ता गर्न सकिने जनाएको छ । सुचीमा परेकाहरु दर्ताहुन आएकाहरुलाई सामुदायिक आयोजनाका कामहरुमा संलग्न गराइने, सिप, तालिमहरु गराईने छन् । उनीहरुलाई प्रतिदिनको रु ५सय १७ रुपैया सरकारले उपलब्ध गराउने सेवा केन्द्रका प्रमुख खगेन्द्र सुब्बाले जानकारी दिए ।


रोजगार कार्यक्रमकालागी सय दिनको समझौता रहने छन् । १८ बर्ष देखी ५९ बर्ष उमेर समुहका दर्ता हुन आएका बेरोजगार नागरिकलाई छनौट गरिएको छ । ‘सबैका लागि रोजगार, संवैधानिक अधिकार’ भन्ने नारासहित २०७५ फागुन १ गतेदेखि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको हो ।

अगाडिकाे पाेस्ट

महिला भलिबलको उपाधी रामधुनी ९ नं. वडाले उचाल्यो

अर्काे पाेस्ट

रामधुनी नगरपालिकाले अवसरको सदुपयोग गर्दै नगरस्तरीय कोभिड अस्पताल उद्धघाटनगरी संचालनमा ल्यायो

सम्बन्धित अरु

समाचार

रामधुनी नगरपालिकाको १७ औँ नगर सभाबाट संशोधन र थप कार्यक्रम पारित

पुष २९, २०८१

रामधुनी खबर संवाददाताझुम्का,पौष २८ । रामधुनी नगरपालिकाको १७ औँ नगर सभा सम्पन्न भएको छ । आ.ब.२०८१÷०८२ को बजेट रकम र योजनामा संशोधन र थप कार्यक्रम पारित गर्दै शनिवार १७ औँ...

समाचार

सेतो गुराँस आधारभूत विद्यालयको अभिभावक भेला तथा शिक्षक बिदाई र दाता सम्मान कार्यक्रम

पुष २४, २०८१

रामधुनी खबर संवाददाताझुम्का,पौष १९ । श्री सेतो गुराँस नमुना वालवाटिका आधारभूत विद्यालय इटहरी–८ ले बिहिवार अभिभावक भेला तथा शिक्षक बिदाई र दाता सम्मान कार्यक्रम सम्पन्न गरेकोे छ । विपन्न दलित...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft