मिति : २०८२ जेठ ५ गते (आइतबार)
मौसम : 26.2°C(overcast clouds)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

महिला भलिबलको उपाधी रामधुनी ९ नं. वडाले उचाल्यो

by By: रामधुनी खबर
मंसिर २६, २०७७
518

सुनिल चौधरी
झुम्का । समुदाय स्तरीय सचेतना कार्यक्रम गर्दै झुम्का जेसिजले आफनो सप्ताहब्यापी कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेको छ । सामाजिक रुपले स्वस्थ्य, सरसफाईको सचेतना र मंगलवार महिला भलिबल प्रतियोगीताको आयोजनागरी सप्ताह कार्यक्रम सम्पन्न गरेको हो ।


२००६ सालमा स्थापित झुम्का जेसिज नेतृत्व बिकास जस्ता सहयोग र सचेतनाका कार्यक्रम गर्दै आएकोमा सन् २०२० मा कोभिड–१९ लक्षित जनचेतना बढाउन तथा महिलामैत्रि नगरकालागी योजना ल्याउदै कार्यक्रम गरेका हुन् । मानव स्वस्थ्यनै राज्य तथा ब्यक्तिको ठुलो धन र शक्ति रहेकोले कोभिडको महामारी न्युनिकरण लगायत लैगिंक हिंसा बिरुद्ध १६ दिने अभियानमा पनि जेसिजको कार्यक्रमले भुमिका खेलेको छ ।


जेसिजले सप्ताह कार्यक्रम अन्तर्गत पर्यटन प्रवद्र्धन गर्न ऐतिहासिक रामधुनी मन्दिर सरसफाई, वातावरण प्रदुषणमा न्युनिकरण ल्याउन छोटो दुरीको साइकल र्याली, रक्तदान, इटहरीको मायाघर स्थित अशक्तहरुमा फलफुल तथा खाध्यान्न बितरण, महामारीमा बढी जोखिममा रहेका सुरक्षाकर्मिहरुलाई मास्क, सेनिटाईजर जस्ता स्वस्थ्य सामाग्री बितरण र महिलामैत्रि नगरकालागी सम्मान दर्शाउन महिला भबिल प्रतियोगीता आयोजना गरेको महासचिव बलराम चौलागाईले रामधुनी खबर पत्रिकालाई जानकारी दिए ।


सप्ताह कार्यक्रमको समापनमा आयोजित महिला भलिबल प्रतियोगीताको उपाधी रामधुनी ९ नं. वडाले उचाल्न सफल भएको छ । वडा नं. १ लाई सोझो दुई सेटले पराजित गर्दै ९ नं. वडा प्रथम पुरस्कार सहित नगद राशी रु ११ हजार १ सय, शिल्ड, प्रमाणपत्र, ट्रफी जित्न सफल भएको हो । उपबिजेता १ नं. वडाले रु ७ हजार १ सय सहित शिल्ड, प्रमाणपत्र, ट्रफी हात पारेका हुन् । प्रतियोगिता अन्तर्गत वेष्ट सरभर जमुना चौधरी, प्लेयर आफ दी म्याच अनुष्का चौधरी, वेष्ट स्पाइकर स्मृति बस्नेत, प्लेयर आफ दी टुर्नामेन्ट रबिना चौधरीलाई शिल्ड, ट्रफी र प्रमाणपत्रले सम्मान गरेको आयोजकले जानकारी दिए । निर्णायकमा प्रादेशिक रेफ्री भैरव चौधरी, प्रकाश चौधरी, लाइन ज्ज सुनिल चौधरी र अभिषेक मुखियाले भुमिका निर्वाह गरेको थियो ।


सप्ताह कार्यक्रम र प्रतियोगीता नगरप्रमुख जय प्रकाश चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न र पुरस्कार बितरण गरेको हो । जेसिज सन् २०२० का अध्यक्ष कुबेर प्रसाद आचार्यको सभापतित्वमा कार्यकारी उपाध्यक्ष कमला कार्की प्रमुख सयोजकत्व रहदै झुम्का जेसिजले सप्ताह कार्यक्रम महत्वपुर्ण उधेश्य परक रुपले सम्पन्न गरेका हुन् ।

अगाडिकाे पाेस्ट

रामधुनी १ नं. वडामा लैङ्गिक हिंसा बिरुद्धको सचेतना

अर्काे पाेस्ट

रामधुनी नगरका ३४३ जना प्रधानमन्त्रि रोजगार कार्यक्रमको सुचीमा

सम्बन्धित अरु

खेलकुद

खेलकुद र पर्यटन बिकासकालागी रामधुनीमा प्रदेश स्तरीय दोस्रो मेयरकप ब्याडमिन्टन प्रतियोगिता सुरु

चैत्र २७, २०७७

रा.ख.सम्वाददाताझुम्का, चैत्र २७ । खेलकुद बिकास तथा पहिचान र पर्यटन प्रवद्र्धनकालागी रामधुनीमा १ नं. प्रदेश स्तरीय दोस्रो मेयरकप ब्याडमिन्टन प्रतियोगिता सुक्रवारबाट सुरु भएको छ । नगरप्रमुख जयप्रकाश चौधरीले उद्धघाटन गर्दै...

अरू हेर्नुहाेस्

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft