मिति : २०८३ भदौ ३ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बालमैत्रिकालागी रामधुनी नगरपालिकाले प्रक्रृया कार्यन्व्यन र ब्यवस्थापनमा जोड दिदै

by By: रामधुनी खबर
मंसिर ३०, २०७७
805

सुनिल चौधरी
झुम्का, मंसिर ३० । प्रदेश १ मा नगरपालिका मध्येको रामधुनी नगरपालिकालाई प्रथम बालमैत्रि स्थानिय शासन बनाउन प्रक्रृयाको कार्यन्व्यन र ब्यवस्थापनमा जोड दिने भएको छ । बिभिन्न चरणको कार्यक्रमबाट ८० प्रति कार्य सम्पन्न भैसकेको र बालमैत्रि नगर घोषणा गर्न अबको केही कार्यहरु गर्न मात्र रहेकोले नगरपालिकाले फाईल तथा कागजात ब्यवस्थापनमा जोड दिने भएको हो ।


फाइल ब्यवस्थापनमा बालअधिकारको क्षेत्रमा ५ फाईल बालबिकास, बाल संरक्षण, बाल सहभागीता, बाल बचाउ, संस्थागत बिकासको ३९ राष्ट्रिय र १ स्थानिय सुचकमा भएको कार्यहरुको फाईल ब्यवस्थापन हुनु पर्ने छ । यसैगरी महत्वपुर्ण ३ फाईल अबलम्बनको ६ सुचक, कार्यन्व्यनको १६ र घोषणाको ६ सुचकमा भएको गतिबिधिहरुको फाईलिङ्ग जुटाउनु पर्ने छ । हाल सम्म वडा कार्यालयबाट भए गरेका गतिबिधिको फाईल संकलन गरिरहेको छ । बालमैत्रिकालागी बालबालिकाहरुको क्षेत्रमा उलेख्य कार्यहरु भए पनि नगर स्तरको फाईल ब्यवस्थापन हुनु पर्ने बालअधिकार सम्बन्धि राष्ट्रिय सहजकर्ता बिष्णु प्रसाद चौबेले जानकारी दिएको छ । ठोस कामकालागी कागजात ब्यवस्थापनको आवश्यक्ता रहेकोले यसमा ध्यानदिनु पर्ने आइतवार कागजात ब्यवस्थापन कार्यशाला गोष्ठिमा चौबेले सहजिकरण गर्दै नगरपालिका, वडाकार्यालय र सम्पर्क ब्यक्तिहरुमा ध्यानआकर्ष गरेको हो ।


बालमैत्रि स्थानिय शासनमा नगरपालिकाबाट बालबालिकाको बस्तुगत बिबरण जस्मा सुरुको समस्याको अवस्था लगायत स्थिती पत्र, पंचबर्षिय रणनीति योजना, दिर्घकालिन संस्थागत योजना, पालिका स्तरीय निर्णय भै सकेको छ । बालबालिकाको क्षेत्रमा लगभग ८० प्रतिशत काम हुदै छुटेका सुचकमा पुरा गर्नुपर्ने कृयाशिल्ता र कागजात संकलनगरी जिल्ला स्तरीय र नगर स्तरीया अनुगमन भएपछि नगरपालिकाले नगर स्तरीय बालमैत्रि स्थानिय शासन पाउने सुनिश्चिता भएको सम्पर्क ब्यक्ति हर्षलाल चौधरीले जानकारी दिएको हो । समयमै संकलन भए चैत्र मसान्त सम्म बालमैत्रि नगर घोषणाको उपलब्धि पाउने समेत बताएका हुन् ।


रामधुनी नगरपालिकाले बालमैत्रि घोषणा भए महत्व पुर्ण उपलब्धि मुकल अवसर र फाइदा लिन सक्ने राष्ट्रिय सहजकर्ता चौबले बताए । बालमैत्रि स्थानिय शासनले बालबालिका संगठित हुने, अनुसाशित हुने, कुलतबाट टाढा रहने, थप बिध्यालय भर्ना हुने, बालबिवाहमा न्युनिकरण, लेखनकला शिर्जनशिलता बढ्ने उपलब्धि हुन सक्ने बताए । बालमैत्रि सामाजिक बिकासले बालबालिकाहरुलाई पठनपाठनमा रुचि बढ्ने, बालबालिका सम्मान पाउने, सरसफाईमा ब्यवस्थापन, अभिभावकलाई आदर गर्न सिक्ने, ब्यबहारिकता हुने, नगरको पहिचान हुने, बाल अधिकार संरक्षणमा जोड पुग्ने राष्ट्रिय सहजकर्ता चौबले सुझाव ब्यक्त गरेका हुन् ।


कार्यशाला गोष्ठिमा उपमेयर, वडा अध्यक्ष, जनप्रतिनिधि, सम्पर्क ब्यक्ति, स्वस्थ्य संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

अगाडिकाे पाेस्ट

रामधुनी नगरपालिकाले अवसरको सदुपयोग गर्दै नगरस्तरीय कोभिड अस्पताल उद्धघाटनगरी संचालनमा ल्यायो

अर्काे पाेस्ट

संसद बिघटन बिरुद्ध रामधुनीका कमरेडहरु झुम्का स्थित बिरोध प्रदर्शनगरी रोड तताउदै

सम्बन्धित अरु

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

समाचार

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

साउन १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft