सुनिल चौधरी
झुम्का, मंसिर ३० । प्रदेश १ मा नगरपालिका मध्येको रामधुनी नगरपालिकालाई प्रथम बालमैत्रि स्थानिय शासन बनाउन प्रक्रृयाको कार्यन्व्यन र ब्यवस्थापनमा जोड दिने भएको छ । बिभिन्न चरणको कार्यक्रमबाट ८० प्रति कार्य सम्पन्न भैसकेको र बालमैत्रि नगर घोषणा गर्न अबको केही कार्यहरु गर्न मात्र रहेकोले नगरपालिकाले फाईल तथा कागजात ब्यवस्थापनमा जोड दिने भएको हो ।

फाइल ब्यवस्थापनमा बालअधिकारको क्षेत्रमा ५ फाईल बालबिकास, बाल संरक्षण, बाल सहभागीता, बाल बचाउ, संस्थागत बिकासको ३९ राष्ट्रिय र १ स्थानिय सुचकमा भएको कार्यहरुको फाईल ब्यवस्थापन हुनु पर्ने छ । यसैगरी महत्वपुर्ण ३ फाईल अबलम्बनको ६ सुचक, कार्यन्व्यनको १६ र घोषणाको ६ सुचकमा भएको गतिबिधिहरुको फाईलिङ्ग जुटाउनु पर्ने छ । हाल सम्म वडा कार्यालयबाट भए गरेका गतिबिधिको फाईल संकलन गरिरहेको छ । बालमैत्रिकालागी बालबालिकाहरुको क्षेत्रमा उलेख्य कार्यहरु भए पनि नगर स्तरको फाईल ब्यवस्थापन हुनु पर्ने बालअधिकार सम्बन्धि राष्ट्रिय सहजकर्ता बिष्णु प्रसाद चौबेले जानकारी दिएको छ । ठोस कामकालागी कागजात ब्यवस्थापनको आवश्यक्ता रहेकोले यसमा ध्यानदिनु पर्ने आइतवार कागजात ब्यवस्थापन कार्यशाला गोष्ठिमा चौबेले सहजिकरण गर्दै नगरपालिका, वडाकार्यालय र सम्पर्क ब्यक्तिहरुमा ध्यानआकर्ष गरेको हो ।
बालमैत्रि स्थानिय शासनमा नगरपालिकाबाट बालबालिकाको बस्तुगत बिबरण जस्मा सुरुको समस्याको अवस्था लगायत स्थिती पत्र, पंचबर्षिय रणनीति योजना, दिर्घकालिन संस्थागत योजना, पालिका स्तरीय निर्णय भै सकेको छ । बालबालिकाको क्षेत्रमा लगभग ८० प्रतिशत काम हुदै छुटेका सुचकमा पुरा गर्नुपर्ने कृयाशिल्ता र कागजात संकलनगरी जिल्ला स्तरीय र नगर स्तरीया अनुगमन भएपछि नगरपालिकाले नगर स्तरीय बालमैत्रि स्थानिय शासन पाउने सुनिश्चिता भएको सम्पर्क ब्यक्ति हर्षलाल चौधरीले जानकारी दिएको हो । समयमै संकलन भए चैत्र मसान्त सम्म बालमैत्रि नगर घोषणाको उपलब्धि पाउने समेत बताएका हुन् ।
रामधुनी नगरपालिकाले बालमैत्रि घोषणा भए महत्व पुर्ण उपलब्धि मुकल अवसर र फाइदा लिन सक्ने राष्ट्रिय सहजकर्ता चौबले बताए । बालमैत्रि स्थानिय शासनले बालबालिका संगठित हुने, अनुसाशित हुने, कुलतबाट टाढा रहने, थप बिध्यालय भर्ना हुने, बालबिवाहमा न्युनिकरण, लेखनकला शिर्जनशिलता बढ्ने उपलब्धि हुन सक्ने बताए । बालमैत्रि सामाजिक बिकासले बालबालिकाहरुलाई पठनपाठनमा रुचि बढ्ने, बालबालिका सम्मान पाउने, सरसफाईमा ब्यवस्थापन, अभिभावकलाई आदर गर्न सिक्ने, ब्यबहारिकता हुने, नगरको पहिचान हुने, बाल अधिकार संरक्षणमा जोड पुग्ने राष्ट्रिय सहजकर्ता चौबले सुझाव ब्यक्त गरेका हुन् ।
कार्यशाला गोष्ठिमा उपमेयर, वडा अध्यक्ष, जनप्रतिनिधि, सम्पर्क ब्यक्ति, स्वस्थ्य संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।


