सुनिल चौधरी
झुम्का । युवा उर्जावान, सिर्जनशिल हुन्छन् । युवालाई बिकासका कार्यमा संलग्न गराए पुर्ण उपलब्धि दिन्छन् भन्ने यथार्थता बुझेकै छौ । राष्ट्र निर्माण देखि स्थानिय स्तरको बिकासमा काध र भार थाम्ने युवानै हुन् । यस अर्थको शब्दअर्थ बुझ्दै ढिलै भएपनि रामधुनी नगरपालिकाले योजना अगाडी बढाउने भएको छ ।

नगरपालिकाले निर्माण गरेको युवा निति कार्यन्व्यनमा हाल सम्म नआएपनि अबका दिनमा कार्यन्व्यनगरी युवा बिकास तर्फ लाग्ने भएको छ । रामधुनी नगरको बिकासमा युवाहरुको अर्थपुर्ण सहभागीताकोलागी नगरपालिकाले संरचना र कार्ययोजना बनाएको हो । संरचना र कार्ययोजना अनुसार युवाहरुको टोल स्तरीय क्लव गठन, वडास्तरीय र नगर स्तरीय समिति निर्माणगरी युवाहरुको सहभागीता बढाउने भएको छ । प्लान नेपालको सहयोगमा युथक्रिएशन सुनसरीले आइतवार र सोमवार दुइ दिवसिय कार्यक्रमको आयोजनागरी राष्ट्रिय युवा नीति बारेमा जानकारी दिदा मात्र नगरपालिकाको जनप्रतिनिधि र कर्मचारीहरुको चासो बढेको हो ।
कार्यक्रमको पहिलो दिन निर्णय प्रक्रृया तथा युवाहरुको सहभागीताको वारेमा भएको समन्वयात्मक छलफलबाट राष्ट्रिय युवा नीतिमा उल्लेख र वडाकार्यालय तथा नगरपालिकाले गर्नु पर्ने कर्तब्यबारेमा जानकारी दिदा बल्ल योजना अगाडी बढेको छ । दोस्रो दिनमा युवा बिकास संरचना बनाउदै पुष महिनाको दोस्रो हप्ता सम्म टोल र वडा स्तरीय समिति निर्माण गर्ने र पुष मसान्त सम्म नगर स्तरीय समिति गठन गर्दै समितिको काम कर्तब्य बारेमा जिम्मेवार बनाउने रहेको छ । नगर तथा वडामा युवा सम्पर्क ब्यक्ति चयन, संयोजक राख्ने छन् । समिति निर्माणमा शिक्षा शाखाको समन्ब्य रहने जनाएको छ ।
योजना अनुसार समितिबाट युवाहरुकालागी क्षमता अभिबृद्धि, सामाजिक कार्यमा समलग्न गराउने, ब्यवहारिक ज्ञान सिकाई उपलब्धि गराउने लगायतका अर्थपुर्ण सहभागीताकालागी कार्य गर्ने छन् । युवा कार्यक्रमले युवाहरु मुलप्रवाहमा आउन सक्ने भएकोले निर्माण बिकासमा बल पुग्ने सहजकर्ता केशव खतिवडाले जानकारी दिए । युवा बिकासमा कार्यक्म आयोजनाकालागी प्लान नेपाल र युथक्रिएशनको सहयोग रहने बताएको छ । योजना भने रामधुनीकों. ६, ७ ,८ र ९ वडामा रहने छन् । बाँकी वडामा नगरपालिकाले आफनै स्रोतबाट कृयाकलाप गराउनु पर्ने युथ क्रिएशनका सामाजिक परिचालक तुलसी साहले जानकारी दिए ।


