मिति : २०८३ असोज १८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

भागी विवाह चुनौतीको रुपमा रहेको भन्दै विवाह गर्ने उमेर १८ वर्ष बनाउनुपर्ने माग

by By: रामधुनी खबर
पुष ९, २०७७
730

रा.ख. सम्वाददाता
झुम्का । कम उमेरमा हुने भागीविवाह नियन्त्रण गर्न विवाह गर्ने युवतीको उमेर २० वर्ष हुनुपर्ने कानूनीय व्यवस्था सच्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । महिला पुनस्र्थापना केन्द्र (ओरेक) विराटनगरको वर्षिक समिक्षा कार्यक्रमा सहभागीहरुले बाल विवाह नियन्त्रण गर्न कम उमेरमा हुने भागी विवाह चुनौतीको रुपमा रहेको भन्दै विवाह गर्ने उमेर २० वर्षलाई घटाएर १८ वर्ष बनाउनुपर्ने जोड दिएका हुन् ।


जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले तराइमा मात्र नभएर पहाडी क्षेत्रमा पनि कम उमेरमा भागेर विवाह गर्ने किशोरकिशोरीहरुले धेरै समस्या भोगिरहेकोले न्युनिकरण गर्न विवाह गर्ने युवतीको उमेर १८ बनाउनुपर्छ बताउनुभयो । उहाँका अनुसार मोरङको केरावारी गाउँपालिकाको २ नम्बर वडाको एउटा टोलमा मात्र ७ जना दम्पत्तीहरु कम उमेरको विवाहले समस्यामा परिरहेको जानकारी दिनुभयो । केरावारी गाउँपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक राजकुमारी ईङनामले कम उमेरमा देखावटी प्रेमसम्बन्धमा परेर हुने भागीबिवाह वालविवाह मुक्त पालिका बनाउन समस्या भइरहेकोले विहे गर्ने केटीको उमेर घटाउनु नै उचित हुने बताउनुभयो ।

मोरङ सुनवर्षि नगरपालिका उपप्रमुख मञ्जुकुमारी राईले मुस्लिम समुदायमा अझै लुकिछिपी बालविवाह गर्ने प्रचलन कायमै रहेको तर विवाह रोक्न भने असमर्थ रहेको बताउनुभयो ।
सुन्दरहरैचा नगरपालिका उपप्रमुख धनमाया तामाङले कम उमेरमा भागेर विवाह गर्ने धेरै दम्पत्तीहरु विहे गर्ने उमेर पुगिसक्दा सम्बन्ध विच्छेद गर्ने अवस्थामा पुगिसक्ने भएकोले यसलाई नियन्त्रण गर्ने उपाय खोज्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ निर्देशक नितु बर्तौला कम उमेरमा विवाह गर्नेहरुलाई पनि बालविवाह कानून अनुसार उजुरी गरेर सजाय दिलाउन सकेमा आफै नियन्त्रण भएर जाने बताउनुभयो । जिल्ला न्यायधिवक्ता मनोजकुमार आचार्य प्रचलित कानूनलाई पूर्णरुपमा पालना गराउँदै अभिभावकहरुसम्म संयुक्त सचेतना अभियान सञ्चालन गरेर कम उमेरमा हुने भागी विवाहलाई नियन्त्रण गर्नु उपायको विकल्प नभएको बताउनुभयो । प्रचलित कानून अनुसार २० वर्ष उमेर पुगेका युवायुवतीले मात्र राजिखुसी वा समाजिक परम्परा अनुसार विवाह गर्न पाउछन् ।

अगाडिकाे पाेस्ट

युवा बिकासका सवालमा रामधुनी नगरपालिकालाई बल्ल चासो

अर्काे पाेस्ट

रामधुनी नगरपालिकाको पहिलो चौमासीकमा बिकास निर्माण सुस्त.......थुपारिएर गर्ने नगरको रवैया अनियमित्तालाई प्रसय दिने संकेत

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रतसहित यसबर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft