सुनिल चौधरी
झुम्का । एकै पटक थुपारीएर नगर बिकास निर्माणको कार्य गर्नु रामधुनी नगरपालिकाको ब्यवहारनै बनेको छ । यस्तो गतिबिधि नगरपालिकाको पुरानै रवैया रहेको नगरवासीहरुमा पनि अवगतनै छन् । पहिलेकै रवैया र ब्यवहार नगरपालिकाले सुधार्न नसक्दा २०७७÷७८को पहलिो चौमासिकमा हुनु पर्ने बिकास निर्माण प्रभावित हुन पुगेको छ । वडागत तथा नगर योजनामा लक्ष्य अनुसार गर्नुपर्ने कार्यमा सुस्त देखिएको हो । यस प्रकारका मञ्चनले असारे बिकास ल्याउदै योजना थुपारिएर समझौता गर्ने र अनियामित्तालाई प्रसय दिने संकेत देखिन थालेको छ ।

नगरपालिकाले आइतवार पहिलो चौमासिकमा सञ्चालन भएका योजनाहरुको बारेमा पादर्शिता गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्न खोजेपनि ब्यवहारिकमा देखिएको छैन् । पहिलोे चौमासिकमा लक्ष्य अनुसार ३० प्रतिशत योजना समझौता गर्नु पर्ने भएपनि १० प्रतिशतको हाराहारिमा पनि सुरु गर्न सकेको छैन् । पहिलो चौमासिकमा आर्थिक बिकास तर्फ ११८ वटा योजनामा १८ वटा योजना मात्र सम्पन्न गर्न सकेको छ । सामाजिक बिकास तर्फ ५०३ वटा योजनामा ६ वटा योजना सम्पन्न गरेको छ भने क्रमागतमा ५२ वटा योजनामात्र सुरु भएको उल्लेख छ । भौतिक पुर्वाधार तर्फ ५५५ वटा योजनामा ५१५ वटा योजना बाँकीनै देखिन्छ । शुसासन तथा अन्तर सम्बन्धि क्षेत्रमा ८९ वटा योजना मध्ये ९ वटा मात्र अगाडी बढाएको हो ।
प्रमुख प्रशासकिय अधिकृत ओमकार प्रसाद न्यौपानेले वडागत खर्चको समिक्षा प्रस्तुत गर्दा बिकास निर्माणमा पुँजिगत तर्फको योजना निकै कम भएको देखियो । वडा नं. ६ र ७ भने सुन्य प्रतिशतमै छन् । पहिलो चौमासिकमा वडा नं. ५ ले भने लक्ष्य समात्न खोजेको छ । ३२ प्रतिसत योजना संचालनगरी सम्पन्न गरेको देखिन्छ । वडा नं. १, २, ४, ७ र ९ भने ७ देखि ८ प्रतिशतको हाराहारीमा मात्र योजना सम्पन्न गरेको उल्लेख छ । जुन न्युनतम भन्दा पनि न्युन रहेको मानिन्छ । वडा नं. ३ ले भने को १६ प्रतिशत काम सम्पन्न भएकोमा प्रयास गरेको देखिन्छ । आन्तिरिक आयस्रोतमा साप्ताहिक हाटबजार र गिट्टी बालुवामा आम्दानि लिन सकेको छैन् । योजनामा लक्ष्य पु¥याउन नसक्नु वडाकार्यालयबाट सुस्त भएकै हो भनेर प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले समिक्षा कार्यक्रममा स्विकार समेत गरेका छन् ।
न्यायकि समितिमा उजुरी निवेदन दर्ता २६ वटा भएकोमा २५ वटा कार्वाही अगाडी बढाउदै १७ वटा फर्छौट गरेका छन् भने २ वटा अदालत पठाएको समिक्षापत्रमा उल्लेख रहेको छ । कोभिड–१९ महामारी अवस्थालाई मध्यनजर गर्दै मास्क, साबुन, सेनिटाइजर, क्वारेन्टाइन, होल्डिङ्ग सेन्टर संचलान र आइसोलेशन सेन्टरको स्थापना गरेको जनाएको छ । न्यायिक समिति र महामारीको मध्यनजर गरेको कार्यमा प्रभावकारी कतिको रहेको छ भन्नेमा यथार्थता बुझेकै छौ ।
पहिलो चौमासिकको
योजना अनुसार कार्यगर्न नसक्नु सवारी साधनको अभाव देखाएको छ । अधिकृत न्यौपानेले मोटर साइकल खरिदगरी कर्मचारीलाई बाड्नु पर्ने बताएको छ । हाल सम्म नगरपालिकामा मोटरसाइकल २१ वटा छन् भने १२ वटा मर्मत गर्नु पर्ने रहेको छ । योजनामा सुस्त हुनुमा महामारी, दशै तिहारको बाहाना पनि देखाएको छ । यसबारेमा थप बचाउ गर्न चालु आर्थिक बर्ष पहिलो चौमासिक सुरुवात हो अबका दिनमा बिकासमा गति लिने भन्दै नगर उपप्रमुख सबिना चौधरी र अधिकृत न्यौपानेले आफनो समर्थन जनाए भने नगरप्रमुख जयप्रकाश चौधरीले समिक्षा कार्यक्रममा नबोली मौन सहमति जनाएका छन् ।

