मिति : २०८३ असार २८ गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरपालिकाको पहिलो चौमासीकमा बिकास निर्माण सुस्त.......थुपारिएर गर्ने नगरको रवैया अनियमित्तालाई प्रसय दिने संकेत

by By: रामधुनी खबर
पुष १३, २०७७
654

सुनिल चौधरी
झुम्का । एकै पटक थुपारीएर नगर बिकास निर्माणको कार्य गर्नु रामधुनी नगरपालिकाको ब्यवहारनै बनेको छ । यस्तो गतिबिधि नगरपालिकाको पुरानै रवैया रहेको नगरवासीहरुमा पनि अवगतनै छन् । पहिलेकै रवैया र ब्यवहार नगरपालिकाले सुधार्न नसक्दा २०७७÷७८को पहलिो चौमासिकमा हुनु पर्ने बिकास निर्माण प्रभावित हुन पुगेको छ । वडागत तथा नगर योजनामा लक्ष्य अनुसार गर्नुपर्ने कार्यमा सुस्त देखिएको हो । यस प्रकारका मञ्चनले असारे बिकास ल्याउदै योजना थुपारिएर समझौता गर्ने र अनियामित्तालाई प्रसय दिने संकेत देखिन थालेको छ ।


नगरपालिकाले आइतवार पहिलो चौमासिकमा सञ्चालन भएका योजनाहरुको बारेमा पादर्शिता गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गर्न खोजेपनि ब्यवहारिकमा देखिएको छैन् । पहिलोे चौमासिकमा लक्ष्य अनुसार ३० प्रतिशत योजना समझौता गर्नु पर्ने भएपनि १० प्रतिशतको हाराहारिमा पनि सुरु गर्न सकेको छैन् । पहिलो चौमासिकमा आर्थिक बिकास तर्फ ११८ वटा योजनामा १८ वटा योजना मात्र सम्पन्न गर्न सकेको छ । सामाजिक बिकास तर्फ ५०३ वटा योजनामा ६ वटा योजना सम्पन्न गरेको छ भने क्रमागतमा ५२ वटा योजनामात्र सुरु भएको उल्लेख छ । भौतिक पुर्वाधार तर्फ ५५५ वटा योजनामा ५१५ वटा योजना बाँकीनै देखिन्छ । शुसासन तथा अन्तर सम्बन्धि क्षेत्रमा ८९ वटा योजना मध्ये ९ वटा मात्र अगाडी बढाएको हो ।


प्रमुख प्रशासकिय अधिकृत ओमकार प्रसाद न्यौपानेले वडागत खर्चको समिक्षा प्रस्तुत गर्दा बिकास निर्माणमा पुँजिगत तर्फको योजना निकै कम भएको देखियो । वडा नं. ६ र ७ भने सुन्य प्रतिशतमै छन् । पहिलो चौमासिकमा वडा नं. ५ ले भने लक्ष्य समात्न खोजेको छ । ३२ प्रतिसत योजना संचालनगरी सम्पन्न गरेको देखिन्छ । वडा नं. १, २, ४, ७ र ९ भने ७ देखि ८ प्रतिशतको हाराहारीमा मात्र योजना सम्पन्न गरेको उल्लेख छ । जुन न्युनतम भन्दा पनि न्युन रहेको मानिन्छ । वडा नं. ३ ले भने को १६ प्रतिशत काम सम्पन्न भएकोमा प्रयास गरेको देखिन्छ । आन्तिरिक आयस्रोतमा साप्ताहिक हाटबजार र गिट्टी बालुवामा आम्दानि लिन सकेको छैन् । योजनामा लक्ष्य पु¥याउन नसक्नु वडाकार्यालयबाट सुस्त भएकै हो भनेर प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले समिक्षा कार्यक्रममा स्विकार समेत गरेका छन् ।


न्यायकि समितिमा उजुरी निवेदन दर्ता २६ वटा भएकोमा २५ वटा कार्वाही अगाडी बढाउदै १७ वटा फर्छौट गरेका छन् भने २ वटा अदालत पठाएको समिक्षापत्रमा उल्लेख रहेको छ । कोभिड–१९ महामारी अवस्थालाई मध्यनजर गर्दै मास्क, साबुन, सेनिटाइजर, क्वारेन्टाइन, होल्डिङ्ग सेन्टर संचलान र आइसोलेशन सेन्टरको स्थापना गरेको जनाएको छ । न्यायिक समिति र महामारीको मध्यनजर गरेको कार्यमा प्रभावकारी कतिको रहेको छ भन्नेमा यथार्थता बुझेकै छौ ।
पहिलो चौमासिकको


योजना अनुसार कार्यगर्न नसक्नु सवारी साधनको अभाव देखाएको छ । अधिकृत न्यौपानेले मोटर साइकल खरिदगरी कर्मचारीलाई बाड्नु पर्ने बताएको छ । हाल सम्म नगरपालिकामा मोटरसाइकल २१ वटा छन् भने १२ वटा मर्मत गर्नु पर्ने रहेको छ । योजनामा सुस्त हुनुमा महामारी, दशै तिहारको बाहाना पनि देखाएको छ । यसबारेमा थप बचाउ गर्न चालु आर्थिक बर्ष पहिलो चौमासिक सुरुवात हो अबका दिनमा बिकासमा गति लिने भन्दै नगर उपप्रमुख सबिना चौधरी र अधिकृत न्यौपानेले आफनो समर्थन जनाए भने नगरप्रमुख जयप्रकाश चौधरीले समिक्षा कार्यक्रममा नबोली मौन सहमति जनाएका छन् ।

अगाडिकाे पाेस्ट

भागी विवाह चुनौतीको रुपमा रहेको भन्दै विवाह गर्ने उमेर १८ वर्ष बनाउनुपर्ने माग

अर्काे पाेस्ट

रामधुनी कृषि शाखाबाट पुरानै ढर्राको खेति गर्न खर्चिदै

सम्बन्धित अरु

समाचार

रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

असार २४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असार २३ । रामधुनी नगरपालिकाले आ.ब.२०८३/०८४ का लागि रु ७५ करोड ६२ लाख २ हजार विनियोजित बजेट अनुमोदन र पारित तथा सार्वजानिकीकरण गरेको छ । २०...

समाचार

स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

असार २१, २०८३

चन्द्रकला चौधरी झुम्का, असार २१ । विद्यालय केन्द्रित स्वरोजगार उद्यमशिलता तालिमले रामधुनी नगरका विद्यार्थीहरु उत्साहित भएका छन् । सामुदायिक विद्यमलयका विद्यार्थीहरुलाई व्यवसायीक ज्ञान सीप सहितको व्यवहारिक बनाउन संचालित परियोजना सम्पन्नले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft