झुम्का । रामधुनी नगरका किसानले यस बर्षको धानखेतीमा फौजी किरालाई अध्या दिनु परेको गुनासो गरेका छन् । बर्षा पर्याप्त भएपनि धानबालिमा रोग लाग्दा कठ्ठामा मुस्किलले दुइ मन उत्पादन भएको किसान परसुराम चौधरीले बताए । फौजी किरा धानबालिमा क्षति पुर्याउन प्रमुख रोगनै रहेको अर्का किसान देबिलाल चौधरीले बताए ।

फौजी रोग लागेपछि धानको बोट सुक्दै जाने र धानको बाला नलाग्ने रामधुनीका किसानहरुले जानकारी दिए । यसबारेमा रामधुनी कृषि शाखालाई जानकारीहुदा हुदै पनि योजना ल्याउन नसकेको किसानहरुको गुनासो रहेको छ ।
शाखाको पनि साउन देखिको कृषि बिकासको योजना हेर्दा पुरानै ढर्राको खेती गर्न खर्चिएको देखिन्छ । पहिलो चौमासिकमा भए गरेको गतिबिधि अनुसार फौजि किराहरु ब्यवस्थापनकोलागी बिषादी खरिद गरिएको मात्र देखिन्छ । यसमा पनि शाखामा स्टक राख्न भनिएको छ ।
मुख्यबालीमा रोग भित्रियो तर न्युनिकरणका योजना भने देखिएन । उन्नतजातका तरकारी बिउ बितरण, मकैको बिउ बितरण, ५० प्रतिशत स्प्रेयर अनुदान, मल्चिङ्ग बितरण गरेको प्रगती देखाएको छ तर आधुनीक खेती तर्फ प्रवद्र्धन गर्न ठोस योजना ल्याउन सकेको छैन् ।