सुनिल चौधरी
झुम्का, पौष २७ । झुम्का बजार क्षेत्रमा पारिवारीक आर्थिक बचत बृद्धि र ब्यवसायमा आर्थिक उपलब्ध गराई संचलनमा सहयोग पुर्याउदै आएको जनभावना बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष पदमा श्यामकुमार श्रेष्ठ निर्बिरोध चयन भएको छ । आइतवार भएको बन्दसत्र समापन पछि निर्वाचन प्रक्रिया पुर्याउदै संस्थाको चौथो अधिवेशन सम्म आइपुग्दा शेयर सदस्यहरु श्रेष्ठलाई चौथोपटक सर्वसहमतीले अध्यक्षमा चयन गरेको हो ।

संस्थाको नवनिर्वाचित उपाध्यक्षमा नारायण काफ्ले, खुल्ला सदस्यहरुमा कमल बहादुर गुरुङ, राम भरासी साह रौनियार, शान्तकुमार श्रेष्ठ, पुष्प दाहाल, महिला सदस्यहरुमा जमुना घिमिरे, बिष्णु माया श्रेष्ठ, र बबिता घिमिरे निर्बिरोध निर्वाचित भएको छ । लेखा समितिमा समेत निर्बिरोध चयनहुदै संयोजकमा रोधनीराज नेपाल, सदस्य कृष्णकुमार श्रेष्ठ, भिम बहादुर श्रेष्ठ रहेका छन् । सर्वसहमतिकालागी भुमिका खेल्ने निर्वाचन संयोजकमा राजेन्द्र प्रसाद न्यौपाने थियो भने सदस्यहरुमा सत्यनारायण चौधरी र संजिब चौधरी रहेको थियो । निर्वाचन संयोजक न्यौपानेले निर्वाचित सम्पुर्णलाई पदस्थापन गरेको हो ।
शेयर सदस्यहरुको अपेक्षा र बिश्वासलाई अझै प्रगतीको मार्गमा ल्याउने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए । नयाँ भवनलाई स्तर उन्नती गर्दै माथिलो तल्ला थप्ने प्रतिबद्धता गर्दै महिला लक्षित शिपमुलक तालिम, शिक्षा सम्बन्धि लगायतका तालिमहरु संचालन गर्ने भावि योजनाहरु रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । शेयर संस्थाको मुल पँुजी रहेकोले बर्षभरीनै खुल्ला गर्ने प्रस्ताव समेत गरेको छ । संस्थाले कार्यक्षेत्र समेत बिस्तार गर्दै साबिक सिगिंया गाबिस हाल रामधुनी वडा नं. ३ र ४ थप गरेका छन् ।
२०६५ सालमा स्थापना भएको जनभावनाको १२ औ बार्षिक साधारण सभा सम्पन्न गर्दै आ.ब. २०७६÷७७ सम्म शेयर पुँजि रु १ करोड २२ लाख ७५ हजार ४ सय पुर्याउन सफल भएको छ । बचत तर्फ संस्थाले उल्लेख्य सफलता लिदै रु २ करोड ८ लाख ९६ हजार ५२२ रुपैया संकलन गरेको लेखा प्रतिवेदनमा उल्लेख रहेको छ । ऋण लगानी तर्फ रु ३ करोड ९ लाख २१ हजार ९३ हजार रहेको छ । महामारीले कारोवारमा प्रभावित पारेको भएतापनि पनि शेयर सदस्यहरुलाई सुबिधा उपलब्ध गराएको छ । बिलम्ब शुल्कमा छुट दिएको छ । ३ प्रतिशतमा रहेको नबिकरण शुल्कलाई छुट गराउदै १ प्रतिशतमा ल्याएको छ । ऋणको ब्याज दैनिक तिर्ने शेयर सदस्यलाई १४ प्रतिशत लिने गरेको छ भने मासिक तिर्नेलाई १४ दशमलव ७५ प्रतिशत लिने गरेको ब्यवस्थापक हेमराज गुरागाईले जानकारी दिए ।





