मिति : २०८३ भदौ ३ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बालमैत्रि स्थानीय शासनमा जोड दिदै रामधुनी ६ नं. वडा कार्यालय

by By: रामधुनी खबर
माघ ११, २०७७
819

चन्द्रकला चौधरी
झुम्का, माघ ११ । बालबालिकाहरुको अधिकार संरक्षणमा रामधुनीका वडाहरु जुटिरहेको अवस्थामा रामधुनी वडा नं. ६ ले पनि बालमैत्रि स्थानीय शासनमा जोड दिदै कार्यक्रमहरुको तिब्रता दिएको छ । बालमैत्रि वडाकालागी बाल बिकास, बाल संरक्षण, बाल सहभागीता, बाल संरक्षण र संस्थागत बिकासको सुचकहरुमा कार्य अगाडी बढाएको हो ।
सुचक अनुसार वडा कार्यालयबाट बिपन्न परिवारका बिध्यार्थिहरुलाई बिध्यालय सम्म आउने वातावरणको सिर्जनामा ध्यान दिएको छ । चिसोका कारण बिध्यालय नआउने दतिल, जनजाति तथा आर्थिक कमजोर परिवारका बिध्यार्थिहरुलाई बिध्यालयमै गएर न्यानो कपडा बितरण गरेको छ । बुधवार ईचौल स्थित श्री पंचायत आधारभुत बिध्यालयका कक्षा १ देखि ३ सम्मका ४० जना बिध्यार्थिहरुलाई स्वेटर बितरण गरेको वडा अध्यक्ष हेमनारायण धामीले जानकारी दिए । स्वेटर बितरण सहित कक्षा ८ सम्मका सम्पुर्ण बिध्यार्थिहरुलाई सुचक बारेमा जानकारी गराएको बताए ।
वडाकार्यालयको सहयोगमा ढेडीगाउँ र जमुवामा रहेको श्री सरस्वती आधारभुत, श्री जन आधारभुत र आधारभुत बिध्यालयमा पनि न्यानो कपडा बितरण गर्ने जनाएको छ । ‘चिसो मौसममा स्वेटर बितरण गरेका छौ वडा अध्यक्ष धामीले भने अतिबिपन्न बिध्यार्थिहरुलाई पोशाक पनि उपलब्ध गराउने जानकारी दिए’ । बिध्यालय तथा टोल स्तरमा सुचक बारेमा अभिमुखिकरणको कार्यक्रम संचालन गरिरहेका छौ, बालबमैत्रि पुर्वाधारमा जोड, अभिभावकहरुलाई शिक्षा प्रति सचेतना लगायतका योजनामा कर्मचारीहरुलाई खटाई सकेको भन्दै पंचायत अधारभुत बिध्यालयमा सुक्रवार अभिभावक भेलाबाट अन्तरक्रिया कार्यक्रम संचालन गर्ने वडाअध्यक्ष धामीले रामधुनी खबर साप्ताहिक पत्रिकालाई जानकारी दिएका हुन् । न्यानो कपडा बितरण कार्यक्रममा वडा सदस्य लक्ष्मी चौधरी, हेमा संकर राई, लिलिया सरदार, सम्पर्क ब्यक्ति आशा चौधरी, नेकपा वडा अध्यक्ष रामानन्द चौधरी लगायतको अभिभावकहरुको उपस्थिती रहेको थियो ।
बिध्यालयबाट बिपन्न बिध्यार्थिहरुमा उपलब्ध सुबिधाहरु
बिध्यालयबाट कोही पनि बञ्चित हुनु नपरोस भन्ने उधेश्यले सरकारबाट बिभिन्न सुबिधाहरु दिए पनि अभिभावकहरुमा शिक्षा प्रति सचेत हुन नसक्दा बिध्यार्थि बालबालिका बिध्यालय सम्म आउन नसकेको हो । बिध्यालयबाट भर्ना हुने नयाँ बिध्यार्थिहरुलाई पोशाक, दलित छात्र तथा छात्राहरुलाई बार्षिक छात्रबृतिमा रु ४ सय नगद उपलब्ध गराउने, अपाङ्गता भएका बिध्यार्थिहरुमा बर्गिकरण अनुसार बार्षिक रु ५ हजार र रु ३ हजार उपलब्ध गराउदै आएको छ । पाठ्य पुस्तक, पेन्सिल, कपी, जेहेन्दार र उत्कृष्ट बिध्यार्थिहरुलाई सम्मान गरिरहेको श्री पंचायत आधारभुत बिध्यालयका प्रधानाध्यापक अनन्तराम चौधरीले बताए । नेपाल सरकारबाट उपलब्ध सुबिधाहरु सबै बिध्यार्थिहरुमा पहुच पुर्याएका छौ तथापी पनि सुबिधा लिएर दुइचार दिन आउने पछि बिध्यालय छोड्ने गरेको प्रधानाध्यापक चौधरीले जानकारी दिए ।
बिध्यार्थि बालबालिकाहरु बिध्यालय छोड्ने सरोना बस्तिका अभिभावकहरुलाई बालमैत्रि स्थानिय शासन अनुगमन समिति, वडा समिति, बिध्यालय ब्यवस्थापन समिति, पत्रकारहरुको संयुक्त टोलीले आइतवार बस्तिमै गएर निरिक्षणगरी सचेतना गराउदा श्री पंचायत आधारभुत बिध्यालयमा आउने बिध्यार्थिहरु संख्यात्मक रुपमा बढेको छ । प्रधानाध्यापक चौधरीका अनुसार सो दिन देखि बिध्यालयमा बालबालिका आउने क्रम बढ्दै गएको बताए ।
कृयाशिलताको खाचो
सरोकारवाला निकाय वडाकार्यालय, बिध्यालय, ब्यवस्थापन समितिले कृयाशिलता देखाए वडा बालमैत्रि स्थानिय शासनमा उपलब्धि पाउन सक्ने छन् । दलित तथा बिपन्न परिवारमा शिक्षाको आवश्यकताको पहिचान गराउने, बिपन्न परिवारलाई आयमुलक स्रोतमा संलग्न गराउने खालका सिप, ज्ञान र पुर्वाधार उपलब्धताको पहुच पुर्याउन ध्यान दिनु पर्ने देखिन्छ । बिशेष नगर तथा वडा कार्यालयबाट योजना, बजेट बिनियोजन र कार्यान्वयन गर्नु पर्ने कार्यक्रममा चासोका साथ लाग्नु पर्ने अवस्था छ ।

अगाडिकाे पाेस्ट

आर्थिक बिपन्नताले रामधुनी वडा नं. ६ सरोनाटोलका बालबालिकामा अशिक्षाको प्रभाव

अर्काे पाेस्ट

रामधुनी सुनचाँदी व्यवसायी संघको पाँचौ साधारण सभा समपन्न

सम्बन्धित अरु

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

समाचार

ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

साउन १९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण १९ । ग्रामथान थारु समुदायको पौराणिक धरोहर एवं परम्परागत धार्मिक तथा सांस्कृतिक पूजा गर्ने स्थल हो । समुदायले आफ्ना कुलदेवता, गाउँका संरक्षक देवता तथा प्रकृति...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft