रा.ख. सम्वाददाता
झुम्का, माघ ११ । सुनचाँदी व्यवसायीहरुको हकहित तथा व्यवसाय प्रवद्र्धनको उपलब्धिका कार्यहरु गर्दै रामधुनी सुनचाँदी व्यवसायी संघको पाँचौ साधारण सभा सम्पन्न भएको छ । सभाबाट आर्थिक बर्ष २०७६÷७७ मा गरेको कार्य, उपलब्धि, प्रगती, समस्या र चुनौतीको बारेमा कार्यपत्र प्रस्तुत गरेका छन ।
सभाबाट कार्यपत्र प्रस्तुत गर्दै रामधुनी सुनचाँदी व्यवसायी संघको अध्यक्ष पुर्ण बहादुर श्रेष्ठले संघको नियमित बैठक बस्दै आएको र सो बैठकबाट व्यसाय सुरक्षाको कार्ययोजना बनाई कार्यन्वय गर्दै आएको बताए । संघबाट ४६ जना ब्यवसायीहरुलाई परिचयपत्र बितरण गर्ने उधेश्य रहेकोले साधारण सभाबाट २६ जनालाई प्रदेश अध्यक्ष बिश्वकर्माको हातबाट परिचय पत्र बितरण गरेको अध्यक्ष श्रेष्ठले बताए । सभाबाटै रामधुनीका सुनचाँदी व्यवसायी राकेश सोनी केन्द्रिय सदस्यमा चयन हुदा उन्लाई सम्मान गरिएको छ । यसैगरी कर्मचारी गणेश भट्टराईलाई समेत सम्मान गरेको आयोजकले जानकारी दिए ।
प्रदेश १ सुन चाँदी ब्यवसायी महाँ संघका अध्यक्ष रुबदल बिश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । । रामधुनीका ब्यवसायीहरुले पाना नं. बाट सुनचाँदी खरिद गर्न सक्ने वातावरण बनाउने प्राथमिक्ता रहेको प्रदेश १ सुन चाँदी ब्यवसायी महाँ संघका अध्यक्ष बिश्वकर्माले प्रतिबद्धता गरे । १४ जिल्लाको ब्यवसायीहरुलाई आबद्धता गराउने, हरेक क्षण सम्पर्कमा बस्ने लगायतका व्यसायीहरुमा सहज प्रदान गर्ने प्रदेश अध्यक्ष बिश्वकर्मा धारणा ब्यक्त गरे । ग्राम अनुसारको ज्याला निर्धारणको आवधारणा आएकोले ग्राहकहरुमा बढी तिर्नु पर्ने झन्झट हट्ने सुझाव समेत आएकोे छ । व्यसायलाई बैधानिक रुपमा संचालन गर्नु पर्ने बक्ताहरुले जोड दिए । क्वालिटिमा ध्यान दिनु पर्ने, दरभाउमा पादर्शिता, अन्जान ब्यक्ति आए तमसुक बनाएर सुन खरिद गरिनु पर्ने, खाताबही दुरुस्त राखेर ब्यवसाय गर्न सके कर कार्यलयले दुःख नदिने,मा जोड दिएका हुन् ।
साधारण सभामा झापाका पुर्व अध्यक्ष तथा प्रदेश सचिव कृष्ण उदास, रामधुनीका हरी कार्की, लक्ष्मी खड्का, गोपाल कार्की लगायतले साधारण सभाको शुभकामना ब्यक्त गरेका थिए ।