चन्द्रकला चौधरी
झुम्का,माघ २७ । नेतृत्वकर्ताको रुपमा पहुच बनाउन उद्घोषणकलाको ज्ञान आवश्यक मानिन्छ । प्रखर भाषणकला भएका ब्यक्ति कुशल पुर्व समाजलाई नेतृत्वगर्न सक्छन् । बोल्ने शैली छ भने पिठो पनि बिक्री गर्न सक्छ तर नबोल्नेको चामल पनि बिक्री हुदैन भन्ने भनाई यथार्थतानै हुन् । आफनो ब्यक्तिगत जिवन सफलतामा परिवर्तन गर्न उद्घोषणले महत्व पुर्ण भुमिका खेल्छन् । तसर्थ नेतृत्व तह सम्म पुग्न उद्घोषण कलाको प्रत्यक्ष सम्बन्ध हुन्छन् भन्नेमा दुइ मत नहोला । तसर्थ उद्घोषण कलाको महत्व बुझ्दै रामधुनी वडा नं. ४ वडा कार्यालयले ग्रामिण महिला सशक्तिकरणकालागी तालिम सहयोग गरेको छ ।
थारु महिला सभा वडा कार्य समितिको आयोजना तथा रामधुनी ४ नं. वडा कार्यालयको सहयोगमा ग्रामिण महिला सशक्तिकरणकालागी ५ दिने नेतृत्व तथा उद्घोषण लगायत माइन्युट लेखन तालिम संचालन भइरहेको छ । माघ २५ गते आईतवार तालिम उद्धघाटन गर्दै माघ २९ गते समापन गर्ने आयोजकले जनाएको छ । तालिम उद्धघाटन कार्यक्रम वडाअध्यक्ष मनेष चौधरीको प्रमुख आतिथ्यतामा भएको छ । उद्धघाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडाअधयक्ष चौधरीले उद्धघोषणकला तालिमले ग्रामिण महिलाहरुमा क्षमता अभिबृद्धिहुदै राजनीतिक, सामाजिक, शैक्षिकि, आर्थिक क्षेत्रमा बराबर भागीदार बन्न सक्ने अपेक्षालिएको बताए । महिलाहरुमा सशक्तिकरण, स्वायत्तता र आत्मनिर्णय स्तर बढ्ने बिश्वास लिएको वडाअधयक्ष चौधरीले आफनो धारणा राखे ।

तालिमको पहिलो दिन आईतवार महिला सशक्तिकरणकालागी हुन सक्ने अवस्था, नेतृत्व बिकासकालागी आवश्यक पर्ने गुण, क्षमता अभिबृद्धि र उद्घोषणकला बारेमा परिभाषा सहितको आर्थपुर्ण सचेतना दिएको छ । दोस्रो दिन उद्घोषणकला अन्तर्गत बोल्ने शैली, औपचारिक र अनौपचारिक कार्यक्रम संचालन गर्न तालिका बिवरण बारेमा जानकारी, प्रत्यक्ष र अप्रत्यक्ष उद्घोषण, मञ्चिय कार्यक्रम, प्राबिधिक तथा कार्यक्रमको यान्त्रिक प्रबिधि बारेमा जानकारी दिदै अभ्यास गराएका छन । कुशल वा असल उद्घोषकमा हुनु पर्ने गुणहरू, उद्घोषकको दायित्व, कार्यक्रमका प्रकार, उद्घोषकले गर्नु पर्ने पूर्व तयारीको बारेमा प्रशिक्षक सुनिल चौधरीले सहजीकरण गरिरहेको छ । तालिममा ५ दिन प्रमुख प्रशिक्षकको रुपमा सुनिल चौधरीले सहजिकरण गर्ने आयोजकले रामधुनी खबर साप्ताहिक प्रत्रिकालाई जानकारी दिए ।
तालिमको दोस्रो दिन रेडियो कर्मि तथा थारु बरिष्ठ हास्य कलाकार कुलदिप चौधरीले नेतृत्व र उद्घोषण बारेमा सहजिकरण गरेको छ । दुइ दिन तालिममा सहभागीले मात्र पनि उनीहरुमा कार्यक्रम संचालन गर्न सक्छु भन्ने आत्मबल बढेको बताए । औपचारिक कार्यक्रमको तालिका विवरण र बोल्ने शैली लगायत उद्घोषणकलाको बारेमा जानकारी लिन पाउँदा कार्यक्रम संचालन मात्र हैन कुनै पनि बिषयमा बक्ता बन्न सक्ने मनोबल बढेको तालिममा सहभागी शोभा चौधरीले बताइन् ।
महिलाहरुमा नेतृत्व क्षमताको अभिबृद्धिमा जोड दिनु वडा कार्यालयको दिर्घकालिन लगानी योजना मानिन्छ । वडा कार्यालयले सहि ठाउँमा दिर्घकालिन उपलब्धि योजना लगानी गरेको बक्ताहरुले बताए । वडा सदस्य चन्द्रमाया बि.क.,समाजसेवी दिपनाराण चौधरी, नरायण चौधरी, आदिवासी जनजाति महासंघ वडा अध्यक्ष काशी चौधरीले महिला उत्थानकालागी तालिम योजना सराहनिय रहेको बताए । उद्धघाटन वडा थारु महिला सभा उपाध्यक्ष पति देवी चौधरीको सभापतित्वमा भएको थियो भने कार्यक्रम सयोजक समितिकी सचिव सरस्वती चौधरीले संचालन गरेकी थिइन ।

