रा.ख.सम्वाददाता
झुम्का, फागुण १३ । थारु महिला उत्थान समाजले संस्थाको पदाधिकारीको हजुरआमा निधन प्रति बुधवार श्रद्धाञ्जली अपर्ण गरेको छ । संस्थाको कोषाध्यक्ष गयावती चौधरी र सदस्य चन्द्रकला चौधरीको हजुरआमा जितनी देवी चौधरीको स्वर्गारोहणको दुःखदघडीमा स्वर्गीय मृत आत्माको चिरशान्तीको कामना तथा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सोकाकुल परिवार प्रति समावेदना ब्यक्त गरेको हो ।
संस्थाको कोषाध्यक्ष तथा सदस्य चौधरीको हजुरआमा गढी गाउँपालि वडा नं. १ लक्ष्मैनिया निवासी जितनी देवी चौधरीको ८१ बर्षको उमेरमा २०७७ फागुण ३ गते निधन भएको हो । उत्थान समाज समितिका पदाधिकारीहरु तथा मृतकको परिवारजन श्रद्धाञ्जली अपर्ण गर्दै मौन धारण गरेका थिए । अध्यक्ष सिता थरुनी, उपाध्यक्ष आशा चौधरी, सदस्य हिरा, मन्जु लगायतका पदाधीकारीहरुको उपस्थिती रहेको थियो ।
स्वर्गिय चौधरी बि.स. १९९६ सालमा साबिक एकम्बा गाबिस वडा नं.४ उब्धीमा पितासन्तु चौधरीको सुपुत्रीको रुपमा जन्मनु भई साबिक मधैली गाबिस वडा नं. ४ निवासी पवनलाल चौधरी संग बैवाहिक बन्धनमा बाधिनु भएको थियो । स्वर्गिय चौधरीको पाँच छोरा बुहारी, दुई छोरी, नौ नाती, दश नातिनि, ३३ नाति र नातिनी छन् ।

