मिति : २०८३ भदौ ५ गते (शुक्रवार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरका अपाङ्गता भएका ब्यक्तिहरुमा प्रारम्भीक स्वास्थ्य जाँच शिविर सहित उपाचार सेवा प्रदान

by By: रामधुनी खबर
फागुन १८, २०७७
880

रा.ख.सम्वाददाता
झुम्का, फागुन १८ । रामधुनी नगरको अपाङ्गता भएका ब्यक्तिहरुको सहज स्वास्थ्य सेवा दिन प्रारम्भीक स्वास्थ्य शिविर संचालन भएको छ । प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय, रामधुनी नगरपालिका र करुणा फाउण्डेसन नेपालको त्रिपक्षिय साझेदारीमा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गत स्वास्थ्य शिविर संचालन भएको छ ।
स्वास्थ्य शिविरको पहिलो दिन रामधुनी वडा नं. ६ र ७ कालागी सोमवार सेवा दिएको छ । बक्लौरी स्वास्थ्य चौकीमा बिशेषज्ञ चिकित्सकहरुबाट आखाँ, कान, नाक, घाँटी, फिजिसियन सेवा दिएको हो । वडाका ४८ जनाले स्वास्थ्य सेवा लिएको छ । स्वास्थ्य जाँच शिविरले उनीहरुको स्थानिय स्तरबाट स्वास्थ्य स्थितीको बारेमा जानकारी लिदै उपचार सेवा प्रदान भएको महिला, बालबालिका तथा जेष्ठनागरीक शाखा प्रमुख मोनाश्री आचार्यले जानकारी दिनु भयो ।
स्वास्थ्य शिविर वडा नं. ६ र ७ कालागी फागुन १७ गते सोमवार बक्लौरी स्वास्थ्य चौकीमा सम्पन्न भईसकेको छ । यसैगरी फागुन १८ गते वडा नं. ३ र ४ कालागी ३ नं. वडाकार्यालयको भवनमा हुने छ । बिहान १० बजे देखी दिउसो ४ बजे सम्म संचालन हुने आयोजकले जानकारी दिएको छ । यसैगरी फागुन १९ गते वडा नं. १ र ५ कालागी ५ नं. वडा स्थित अस्थायी कोभिड अस्पतालमा हुने छ । यसैगरी फागुन २० गते वडा नं. २ कालागी २ नं. वडाकार्यालयको भवनमा हुने छ । र फागुन २१ गते वडा नं. ८ र ९ कालागी डुम्राहा स्वास्थ्य चौकीमा प्रारम्भीक स्वास्थ्य जाँच शिविर संचालन हुने रामधुनी नगरपालिकाले जानकारी दिएको छ ।

अगाडिकाे पाेस्ट

“नेतृत्वको जिम्मेवारी बाँडौ बराबरी” उधेश्य सहित रामधुनीका महिला जनप्रतिनिधिहरुलाई प्रारम्भिक प्रशिक्षण तालिम

अर्काे पाेस्ट

नेपाल पत्रकार महासंघ केन्द्रियको आयोजनामा सुनसरीमा ७ दिने आधारभुत पत्रकारीता तालिम सुरु

सम्बन्धित अरु

समाचार

बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

भदौ ५, २०८३

चन्द्रकला चौधरी झुम्का, श्रावण ५ । पछिल्लो अवस्थामा समाज छरछिमेकमा छोरी चेली असुरक्षित बन्दै गएको छ । बारा जिल्ला जितपुर सिमरा की अबोध बालिका गरिमा चौधरी समाज र संसारको स्वार्थरुपी...

समाचार

मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

साउन ३१, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३१ । स्पर्श नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजनामा सञ्चालित मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को ग्राण्ड फिनाले आगामी भदौ महिनामा हुने भएको छ । फिनाले...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • साउदीको रियादमा दुर्घटनापरी मृत्यु भएका चौधरीको परिवारजनलाई आर्थिक सहयोग

    0 shares
    Share 0 Tweet 0
  • ऐतिहासिक तथा पौराणिक धरोहर ग्रामथानमा असार पूर्णिमामा अखारी पूजा

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • बालिका चौधरीको निर्मम हत्या प्रति थारु संघ–संगठनहरुबाट कडा सजायको माग सहित बिज्ञप्ती

    0 shares
    Share 0 Tweet 0
  • मिस्टर एण्ड मिस थारु हेरिटेज २६४९ को भदौमा ग्राण्ड फिनाले गर्ने तयारी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft