रा.ख.सम्वाददाता
झुम्का, फागुन १८ । रामधुनी नगरको अपाङ्गता भएका ब्यक्तिहरुको सहज स्वास्थ्य सेवा दिन प्रारम्भीक स्वास्थ्य शिविर संचालन भएको छ । प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय, रामधुनी नगरपालिका र करुणा फाउण्डेसन नेपालको त्रिपक्षिय साझेदारीमा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम अन्तर्गत स्वास्थ्य शिविर संचालन भएको छ ।
स्वास्थ्य शिविरको पहिलो दिन रामधुनी वडा नं. ६ र ७ कालागी सोमवार सेवा दिएको छ । बक्लौरी स्वास्थ्य चौकीमा बिशेषज्ञ चिकित्सकहरुबाट आखाँ, कान, नाक, घाँटी, फिजिसियन सेवा दिएको हो । वडाका ४८ जनाले स्वास्थ्य सेवा लिएको छ । स्वास्थ्य जाँच शिविरले उनीहरुको स्थानिय स्तरबाट स्वास्थ्य स्थितीको बारेमा जानकारी लिदै उपचार सेवा प्रदान भएको महिला, बालबालिका तथा जेष्ठनागरीक शाखा प्रमुख मोनाश्री आचार्यले जानकारी दिनु भयो ।
स्वास्थ्य शिविर वडा नं. ६ र ७ कालागी फागुन १७ गते सोमवार बक्लौरी स्वास्थ्य चौकीमा सम्पन्न भईसकेको छ । यसैगरी फागुन १८ गते वडा नं. ३ र ४ कालागी ३ नं. वडाकार्यालयको भवनमा हुने छ । बिहान १० बजे देखी दिउसो ४ बजे सम्म संचालन हुने आयोजकले जानकारी दिएको छ । यसैगरी फागुन १९ गते वडा नं. १ र ५ कालागी ५ नं. वडा स्थित अस्थायी कोभिड अस्पतालमा हुने छ । यसैगरी फागुन २० गते वडा नं. २ कालागी २ नं. वडाकार्यालयको भवनमा हुने छ । र फागुन २१ गते वडा नं. ८ र ९ कालागी डुम्राहा स्वास्थ्य चौकीमा प्रारम्भीक स्वास्थ्य जाँच शिविर संचालन हुने रामधुनी नगरपालिकाले जानकारी दिएको छ ।
