मिति : २०८३ असोज २२ गते (बिहिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी वडा नं. ४ र ३ बालमैत्री वडा घोषणा, घोषणा पश्चात दिगोपनमा जोड दिने प्रतिबद्धता

by By: रामधुनी खबर
भदौ २२, २०७८
654

राख संवाददाता
झुम्का, भदौ २२ । रामधुनी नगरपालिका वडा नं. ४ र ३ बालमैत्री स्थानीय शासन तथा बालविवाह र बालश्रम मुक्त वडा घोषणा गरेको छ । जिल्ला समन्वय समितिको अनुगमनबाट बालबालिकाको अधिकारका सुचकहरु मापडण्ड उपयुक्त रहेको ठहरिदै नगरप्रमुख जयप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा बालमैत्री युक्त वडा घोषणा गरेको हो ।
बालबालिकाको बृहत उपस्थितीमा घोषणा कार्यक्रम सम्पन्न भएको छ । वडा नं. ४ आइतवार र वडा नं. ३ सोमवार बिधिवत बालमैत्री वडा घोषणा भएको हो । घोषणाको अवसरमा नगरप्रमुख चौधरी र उपप्रमुख सविना चौधरीले वडा अध्यक्ष मनेष चौधरी र राजकुमार चौधरीलाई बालमैत्री वडा घोषणाको प्रमाण पत्र हस्तान्तरण गरेको छ । रामधुनी नगरपालिकाको वडाहरु बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र कार्यान्वयन कार्यविधि २०६८, घोषणा कार्यविधि २०७६ बमोजिमका सम्पूर्ण चरण र सुचकहरु पार गरि बालमैत्री युक्त वडा घोषणा गरिरहेको छ ।
“नीतिगत रुपमा अधिकार संस्थागत गर्न बालबालिकाको प्रयासमा बालमैत्री वडा घोषणाको लक्ष्य प्राप्त गरेका छौँ” घोषणा कार्यक्रममा रामधुनी ४ नं. वडाका वडा बालसंजाल अध्यक्ष नविन ढकालले सो कुरा बताए । बालबालिका आफै बालमैत्री घोषणामा जोड दिईरहदा आरोप खेप्नु परेको छ । रामधुनी वडा नं. ३ का वडा बाल संजालका अध्यक्ष नरेश कोइरालाले भने, “बालबालिकाको संघर्षपुर्ण प्रयासले वडा बालमैत्री घोषणाको सफलता पाएका छौँै”, “यो चरणमा आइपुग्दा सम्म बालअधिकारका सवालमा काम गरिरहदा हामीलाई भक्ता खाने, नेताको पछि हिड्ने, जस्ता आरोप खेप्नु परेको छ” उन्ले भने, “वडा बाल संजाल, नगरबाल संजाललाई बिरोध गर्ने होइन् समुन्द्रको किनारामा बसेर गहिराई थाहा पाउन सकिदैन, त्यसैले बालबालिका संगै हाम फालेर गहिराई थाहा पाउनुस अनायासै आरोप नलगाउनुस” । बालमैत्री घोषणा संगै वडाहरुमा दिगोपनाकालागी योजना र रणनीतिमा जोड दिनु पर्ने बालहेल्प डेक्सका सम्पर्क ब्यक्ति तथा वडा नं. ४ का बालअधिकार सम्पर्क ब्यक्ति अमन ढुंगेलले बताए ।
रामधुनी २, ५, ६, ७ र ८ नं. वडा घोषणाको सफलता प्राप्त गरिसकेको छ । वडा नं. ९ लाई यहि आउदो भदौ २४ गते घोषणा गर्ने छन् भने वडा नं. १ लाई भदौ २५ गते घोषणा गर्ने तयारी गरेको छ । रामधुनी नगरलाईनै भदौ २९ गते बालमैत्री स्थानीय शासन तथा बालविवाह र बालश्रम मुक्त घोषणा गर्ने रामधुनी नगरपालिकाले जानकारी दिएको छ ।
बाल अधिकारलाई सुनिश्चिित गर्ने सन्दर्भमा नेपालको संविधान, स्थानीय सरकार संचालन ऐन, २०७४, मुलुकी देवानी संहिता ऐन, २०७४, बालबालिका सम्बन्धी ऐन, २०७५, बालश्रम (निशेषध र नियमित गर्ने) ऐन २०५६ तथा बालबालिका सम्वन्धी राष्ट्रिय नीति, २०६९ जस्ता कानूनी व्यवस्था गिरएको छ । राज्यको पुनः संरचनासँगै प्रदेश सरकार तथा स्थानीय तहको संबैधानिक जिम्मेवारी र नेपाल सरकारको समृद नेपाल, सखुी नेपालीको अिभयान पुरागर्न पन्ध्रौ योजनामा रािखएको दूरदृष्टि तथा दिगो विकास लक्ष्य हािसल गर्न सहयोग पुग्ने गरी यो बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्दैशिका २०७८ कार्यान्वयनमा ल्याएको हो ।

अगाडिकाे पाेस्ट

बालबालिकाको प्रत्यक्ष सक्रियतामा रामधुनी नगरको वडाहरु बालमैत्री स्थानीय शासन घोषणा

अर्काे पाेस्ट

बालअधिकारका सुचकमा मापदण्ड पुरागर्दै रामधुनी ९ र १ नं. वडा बालमैत्री घोषणा

सम्बन्धित अरु

समाचार

रामधुनी–४ मा १६० जना जेष्ठनागरिक, गरिब, दलितहरुलाई ब्ल्याङ्केट वितरण

असोज २२, २०८३

रामधुनी खबर संवाददाता झुम्का,असोज २२ । रामधुनी ४ नं. वडा कार्यालयले वडाका जेष्ठनागरिक, गरिब, दलितहरुमा मंगलवार ब्ल्याङ्केट वितरण गरेका छन् । जाडो मौसमको सुरुवात संगै चिसो मौसममा हुन सक्ने जोखिम...

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft