मिति : २०८३ असोज २१ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

बालमैत्री स्थानीय शासन घोषणाले रामधुनी नगरलाई ऐतिहासिक उपलब्धि

by By: रामधुनी खबर
भदौ ३०, २०७८
739

सुनिल चौधरी
झुम्का, भदौ ३० । राष्ट्रिय बालदिवसको अवसरमा रामधुनी नगरपालिकाले मंगलवार बालमैत्री स्थानीय शासन घोषणा गर्दै ऐतिहासिक उपलब्धि प्राप्त गरेको छ । बालबचाउ, बालसंरक्षण, बालबिकास र अर्थपुर्ण बालसहभागितालाई स्थानीय तहको नीति, संरचना, कार्यप्रक्रिया प्रणाली र व्यवहारमा संस्थागत गर्नु रामधुनी नगरपालिकाले ऐतिहासिक उपलब्धि प्राप्त गरेको प्रदेश १ नं. सामाजिक बिकास मन्त्रि बलबहादुर साम्सोहाङले बताउनु भयो ।
बालबालिका भोली एक सचेत नागरिकको भुमिका निर्वाह गर्दै समाज र राष्ट्र निर्माणमा सहयोग गर्ने भएको हुदा रामधुनी नगरपालिकाले समयमै योजनालाई सफल पारेको छ । प्रदेश १ को दोस्रो र जिल्लाको पहिलो बालमैत्री स्थानीय शासन नगरपालिकाको रुपमा स्थापित भएको अवसरमा सामाजिक बिकास मन्त्रि साम्सोहाङले बधाई दिदै प्रदेश सरकारबाट बालमैत्रीका लागी थप बिशेष सहयोग रहने बताउनु भयो ।
बालमैत्री घोषणा संगै नगरपालिकाको नयाँ भवन समेत उद्धघाटन गरिएको छ । रामधुनी वडा नं. ३ सिंगियामा रहेको नयाँ भवन मन्त्रि साम्सोहाङले उद्धघाट गर्नु भयो । घोषणा कार्यक्रममा नगरप्रमुख जयप्रकाश चौधरीले बालमैत्री घोषणाको प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भयो । नेपाल सरकारको मापदण्डको आधारमा तयार भएको बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ३९ ओटा सुचकहरु र नगरले थप गरेको १ ओटा सूचक गरी जम्मा ४० ओटा सूचक मध्ये १९ ओटा सूचकहरु १०० प्रतिशत र २२ ओटा सूचकहरु अधिक्तम ९९.७७ प्रतिशत सम्म नतिजा हांसिल गर्दै बालमैत्री नगर घोषणा गर्न सफल भएको बताउनु भयो । बर्तमानको उत्तराधिकारी, हिस्सेदार र भबिषयको कर्णधार बालबालिकाको योजना दिगोपनकालागी नगरको कुल बजेटको १५ प्रतिशत बालबालिकामा लगानी रहेको नगरप्रमुख चौधरीले जानकारी दिनु भयो ।
सहयोगी बालअधिकार कर्मी सरोकारवालाहरुलाई घोषणा कार्यक्रममा प्रशंसा पत्रले सम्मान गरेको छ । बालअधिकार कर्मी सरोकारवाला र बालबालिकाको प्रत्यक्ष सहभागीताले लामो संघर्ष पश्चात बालमैत्री नगर प्राप्त गरेकोमा टिकाई राख्न पनि सहयोगी हातहरु भुमिका दिई रहन् नगर उपप्रमुख सविना चौधरीले अनुरोध गर्नु भयो । बालमैत्रीकालागी अभिभावकको रुपमा रहेका नगर बालमैत्री सम्पर्क ब्यक्ति हर्षलाल चौधरी केही दिन देखी अस्वस्थ्यको कारण अस्पताल भर्ना रहदाको अवस्थामा पनि सहजता अनुसार कार्यक्रममा सहभागी गराई स्वास्थ्यको कामना सहित सम्मान गरेको छ ।
बालमैत्री नगर घोषणा उत्साह पुर्ण बनाउन स्थानीय लोक सांस्कृतिक नृत्य प्रस्तुत गरेको छ । थारु समुदायको धुम्रानाच र पञ्चेबाजा बजाई घोषणा कार्यक्रम उल्लासमय बन्यो । यसैगरी सांस्कृतिक प्रस्तुतीमा लोक गायिका गंगा गौतम र निकिता मंडल थारुले गायन प्रस्तुत गरिन् । कार्यक्रममो बिच–बिचमा शौल डान्सबाट नृत्य प्रस्तुत गर्दै मनोरंजन दिएका थिए । कार्यक्रम नमुना नगर बाल संजालका बालबालिकाले आफै संचालनगरी घोषणा कार्यक्रम झनै बालमैत्रीमय बनाएको थियो । कार्यक्रम संचालन नगर बाल संजाललका सचिव छवि रमण दाहाल लगायत आयुष भटराई, अनुराधा चौधरीले उद्धघोषण गरेको नगर बालहेल्प डेक्सका अमन ढुंगेलले जानकारी दिए ।
बालमैत्री नगरकालागी संस्थागत रुपले प्लान इन्टरनेशनल नेपालको सहयोगमा साँझा सवालकालागी साँझा मञ्च (कोकन) सहित बिभिन्न गैरसरकारी संस्थाले समन्वय गरेको नगरपालिकाले जानकारी दिए । कोकन संस्थाले बालबालिकाहरुमा सुरक्षितकालागी सचेतना मुलक कार्यक्रमहरु आयोजनागरी रामधुनी नगरलाई बालमैत्री अभियान सम्म ल्याउन सहयोग गरेको जानकारी दिए । नगरबाल संजाल, वडा बालसंजाल, अभिभावक लगायत महिला स्वास्थ्य स्वयम सेविकाहरुमा बालमैत्री सचेतना बिषय र योजनाका बारे जागरुकालागी कोकनको समन्वय रहेको नगरबालमैत्री सहजकर्ता रविन ठाकुरले बताए ।

अगाडिकाे पाेस्ट

बालअधिकारका सुचकमा मापदण्ड पुरागर्दै रामधुनी ९ र १ नं. वडा बालमैत्री घोषणा

अर्काे पाेस्ट

बालमैत्री स्थानीय शासन निरन्तरताकालागी महिला अग्रसर हुनु पर्छ : प्रदेश सभा सदस्य चौधरी

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft