मिति : २०८३ साउन १२ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

राष्ट्रिय जनगणना २०७८ र थारु कामकाजी भाषा बिषयक थारु महिला सभा इटहरीको सचेतना कार्यक्रम

by By: रामधुनी खबर
असोज ३१, २०७८
551

राख संवाददाता
इटहरी, असोज ३१ । राष्ट्रिय जनगणना २०७८ र थारु कामकाजी भाषा बिषयक थारु महिला सभा इटहरी उपमहा नगर समितिले शनिवार सचेतना कार्यक्रमको आयोजना गरेको छ । थारु समुदायको स्पष्ट पहिचान हुनेगरी सहि तथ्याङ्क ल्याउन र थारु बाहुल्य स्थानीयतहमा थारु भाषा कामकाजीको भाषा लागु गर्न सचेतना अभियान कार्यक्रम गरेको हो ।
सचेतना अभियान कार्यक्रमा थारु समुदायको बास्तविक तथ्याङ्क नरहेकोले आर्थिक, सांस्कृतिक, सामाजिक रुपमा पछाडी परेको प्रमुख अतिथी थारु आयोगका सदस्य भोलाराम चौधरीले बताएका छन् । २०६८ सालको जनगणना अनुसार थारु जातीको वास्तविक तथ्याङ्क नरहेको बताए । कुल जनसंख्याको ७ प्रतिशत थारु देखाएको भएपनि सो भन्दा बढी जनसंख्या रहेको दावी गर्दै वास्तविक तथ्याङ्क नआउनुको कारण थारु समुदाय थर र भाषा मैथली उल्लेख गरेको बताए । यसकारण प्रदेश १ मा उनीहरुको संख्या बढी देखिएको छ । तसर्थ जनगणनामा थर र भाषा थारु उल्लेख गराउन सचेतहुनु पर्ने थारु आयोगका सदस्य चौधरी सुझाव दिए । कामकाजीको भाषा बनाउन संवैधानिक अधिकार रहेकोले लागु गर्न स्थानीयतहमा थारु समुदाय आफै अग्रसर भएर दवाव सिर्जना गर्न आवश्यक रहेको उन्को भनाई रहेको छ । जनगणनामा तथ्य र थारु भाषा एकरुपता ल्याउन थारु आयोग सेचत रहेको र विभिन्न कार्यक्रम पनि गर्दै आएको आयोगका सदस्य चौधरीले आफनो धारणा ब्यक्त गरे ।
शिक्षा र राजनीतिक सचेतना अभावले थारु समुदायको विकास हुन नसकेको इटहरी उपमहा नगर प्रमुख द्धारीकलाल चौधरीले बताए । समाजमा रहेको विकृतीका कारण शिक्षा र राजनीतिक रुपले माथी उठ्न नसकेको उन्को भनाई रहेको छ । समुदायमा देखासिकीको अहम्ता र दुब्र्यसनीमा लागेर सम्पति सिध्याएको प्रमुख बिकृति रहेको बताए । राजनीतिकमा लागेर पनि थारु समुदाय सम्पति गुमाएको भन्दै आफनो धारणा ब्यक्त गरेका छन् । यस पटकको चुनावमा मलाई मेयरको टिक दिए भने म पनि बिल्टवा बन्ने बताए । ‘मेयरके टिक देतौत फेन हमही बनवौ बिल्टवा, की करविही’ भन्दै मेयरको चुनाव लड्न पाँच करोड खर्च हुन्छन्, थारु समुदायको व्यवसाय छैन, बिदेश गएपनि ऋण तिर्न नसकेको अवस्था लगायतका विकृतिका कारण आर्थिक रुपमा कमजोर रहेकोले राजनीतिक तवरमा पछि पर्दै गएको मेयर चौधरीले धारणा ब्यक्त गरे ।
थारु आयोग राजनीतिक हथियारले बन्ध्याकरणमा परेकोहुदा थारु अधिकारको निकास दिन नसक्ने ग्रामथान संरक्षण समिति सुनसरीका अध्यक्ष तेजनारायण चौधरीले बताए । यसैगरी थारु महिला सभा इटहरी उपमहानगर समितिकी सभापति सुनिता चौधरीको सभापतित्वमा आयोजिक कार्यक्रमबाट राष्ट्रिय जनगणना २०७८ र थारु कामकाजी भाषा बिषयमा बक्ताहरुले बोल्दै भने सचेत भएर बास्तविक तथ्याङ्क उल्लेख गराए समुदाय सवै पक्षबाट सबल हुने बताएका छन् । बक्ता थारु कल्याणकारिणी सभा केन्द्रिय सदस्य उर्मिला चौधरी, थारु कानुन व्यवसायी केन्द्रिय अध्यक्ष राजराज चौधरी, थारु महिला सभा केन्द्रिय सचिव सुशिला चौधरी, थारु कल्याणकारिणी सभा केन्द्रिय पार्शद गवन सिंह थारु, थारु पत्रकार संघ केन्द्रिय सदस्य कुलदिप चौधरी, थारु महिला सभा जिल्ला सह सचिव ममता चौधरी, थारु महिला उत्थान समाज सुनसरी अध्यक्ष सिता थरुनी, शोभा चौधरी, कालुराम चौधरी, निर्मला चौधरी लगायतका बक्ताहरुले आफनो धारणा ब्यक्त गरेका छन् ।
राष्ट्रिय जनगणना २०७८
राष्ट्रिय जनगणना २०७८ यही कार्तिक २५ गतेबाट मंसिर ९ गते सम्म संचालन हुन गईरहेको छ । जनगणना प्रत्येक दश दश बर्षमा गरिने ऐतिहासिक कार्य हो । जुन अबधिमा केन्द्रिय तथ्यांक बिभागबाट खटिएका गणकहरु प्रत्येक घर घरमा पुगी “मुख्य प्रश्नाबली” भर्नेछ । यस बाहेक यस जनगणनामा प्रत्येक स्थानीय तहको वडास्तरमा गई उक्त वडाको आधारभूत विवरण (जसलाई सामुदायिक प्रश्नावली भनिएको छ) वसोवास गरेका जात्जाती, मातृभाषा, वडाभित्र रहेका सेवा सुविधाहरु अवस्था, पूर्वाधार विकासको अवस्था, बिपद जोखिमको अवस्था लगायतको बिषयमा विभिन्न यथार्थ तथ्यांकहरु सम्बन्धित क्षेत्रका सूपरिवेक्षकले भर्नेछ ।
नेपालको जनगणनाको इतिहास अध्ययन गर्दा ११० बर्षअघि बि. सं. १९६८ मा पहिलो जनगणना भएको थियो भने बि. सं. २०७८ मा हुने जनगणना बाह्रौ श्रृंखला अन्तर्गत पर्दछ । गुणस्तरीय तथ्यांक एवं सूचनाहरुको संकलन गर्न सकेमामात्र आगामी नीति, योजना तथा कार्यक्रमहरु सही तथ्यांकीय आधारमा तयार भई विकासको आकांक्षा पूरा गर्न एकिन गरिएका गनतब्यहरु प्राप्त गर्न सकिन्छ । यस जनगणनाले जनसंख्याको गतिशीलता एवं सामाजिक विशेषताहरूको परिवर्तनलाई नीतिहरु, विकास कार्यक्रमहरु र योजनाहरुमा समाहित गर्न मद्दत पूर्याउनेछ भने ” दिगो विकास लक्ष्य” हासिल÷कार्यन्वयन गर्न सूचना उपलब्ध गराउने एक महत्वपूर्ण साधनको रुपमा लिइएको छ ।

अगाडिकाे पाेस्ट

‘भिम आचार्य ठुलो पदको नेता,संविधानको धारा पल्टाएर देखाइ दिनु पर्छ,सुहाउदैन बाटो खोल्नुस’, ः कोइराला

अर्काे पाेस्ट

रामधुनी ६ बक्लौरी निवासी कट्वालको निधनप्रति नेपाली कांग्रेसद्धारा शोक सभा

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft