मिति : २०८३ असोज ७ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

छठ पर्वको पहिलो दिन शुभ–लग्न जगाउदै झुम्कामा कलश यात्रा

by By: रामधुनी खबर
कार्तिक २२, २०७८
574


राख संवाददाता
झुम्का, कार्तिक २२ । कार्तिक महिनाको शुक्ल पक्ष चतुर्थी तिथिबाट नहाय–खायगरी चार दिन सम्म मनाउने एकताको महापर्व छठ यस बर्ष (आज) सोमवारबाट सुरु भएको छ । पर्वको सुरुवात संगै पहिलो दिन शुभ लग्न जगाउदै श्री छठ माता सेवा समिति रामधुनीले कलश यात्रा गरेको छ । झुम्केश्वर मन्दिरबाट कलश यात्रा गर्दै झुम्का बजार परिक्रमागरी सम्पन्न गरेको हो ।
रामधुनी नगर उपप्रमुख सविना चौधरीको प्रमुख आतिथ्यतामा कलश यात्रा सम्पन्न भएको समितिका नव निर्वाचित अध्यक्ष मिलन रौनियारले रामधुनी खबर साप्ताहिक पत्रिकालाई जानकारी दिएका हुन् । “छठ पर्वको पुर्व सन्ध्यामा निकालिएको कलश यात्राले शुभ साइत, जात्रा, शुभ लग्न जागेको छ”,“ यस बर्षको शुभ साइत कलश यात्रा र छठ पर्वको शक्तिले सबैलाई कल्याण हुने बिश्वास गरेका छौ”, समितिका अध्यक्ष रौनियारले बताए । कलश यात्रामा सहभागीहुने सबै श्रद्धालु, भक्तजन, संघ, संगठन, राजनीतिक दल, समाज सेविहरुमा अध्यक्ष रौनियाले धन्यवाद ब्यक्त गरेका छन् । समितिले प्रत्येक बर्ष कलश यात्रा गर्दै आएको छ । छठ पर्वको भब्यताले झुम्कालाई पहिचान समेत गराउन भुमिका खेल्दै आएको छ ।
छठ माता सेवा समितिको व्यवस्थापनमा सिंचाई नहरको झुम्का बजार स्थित भब्यरुपमा छठ मनाउने तयारी रहेको समितिले जनाएको छ । छठ पर्व मनाउन झुम्का बजारको नहरको पुल पुर्व १ सय ५० घाट निर्माण गरिसकेको समितिले जानकारी दिए । छठ पर्वको राती पूजा सामाग्री घाटमै राखेर जाग्राम सहित उदाउँदो सुर्यलाई अर्घ दिएर समपन्न गरिने जनाएको छ । रोगबाट मुक्ति, पीडाबाट निजात, सन्तान सुःख, पारिवारिक सुःख, सुस्वास्थ्य, दिर्घायूको कामना गर्दै सूर्यको उपासना गरिन्छ । षष्ठी तिथिमा सूर्यको उपासना गर्ने विधि उपक्रमलाई छठपूजा भनिन्छ । यस बर्ष सोमवार–(नहाय–खाय), मंगलवार–(खरना),बुधवार–(अस्ताउँदो सूर्यको अर्घ्य), शुक्रवार–(उदाउँदो सूर्यको अर्घ्य) दिने परेको छ ।
एकताको पर्व
सबै मिलेर घाट बनाउने, सजाउने, सरसफाइ गर्ने, सुरक्षा दिने, रमाउने गतिविधिले मानवीय भाईचारा, सामाजिक एकता र सामाजिक सद्भावलाई दह्रो बनाउन छठ पर्वले मद्दत गरेको छ। तराई–मधेसमा बस्ने हिन्दु धर्मावलम्बीले मनाउने यो पर्वले छिमेकमा बस्ने इस्लाम, बुद्ध धर्म मान्नेलाई पनि आफ्नो प्रभावमा राख्दै आएको छ। रामधुनी नगरपालिकाको झुम्का बजार यति बेला छठमय भएको छ। बहुसांस्कृतिक, बहुभाषिक र बहुजाति प्रकृतिका समावेशी पर्व छठको सौन्दर्यका लागि मधेश, पडाड र हिमालसंग छठको प्रेम छ।
लोकतान्त्रिक पर्व
लोकतन्त्रमा सबै बराबर हुन्छ भने जस्तै छठ पर्वले आफूलाई लोकतान्त्रिक पर्व हो भनेर सदियौंदेखि चिनाउँदै आएको छ। सूर्य आफैंमा लोकतान्त्रिक देवता हुन्, उनी कुनै विभेद नगरी गरिव र धनी सबैलाई समान रुपले प्रकाश छर्छन । सूर्यको प्रकाश विना मानव, जीवजन्तु र प्रकृतिको अस्तित्व रहदैंन।
अहिंसाको पर्व
छठ पर्वले संसारमा सबै जीवजन्तुको रक्षा गर्छ। दशैंमा जस्तो बली प्रथालाई यस पर्वले निषेध गरेको छ। शाकाहारी र अहिंसा भाव र शुद्धतालाई निकै महत्व दिई छठपूजा गरिन्छ। ब्रतालुहरु यस पर्वमा प्याज, लसुन, माछा मासु खादैंनन्। यस पर्वमा सबैको जय जयकार गरिन्छ।
आस्थाको पर्व
छठपूजाले मनोकामना पुरा हुने विश्वासले जुनसुकै तह, तप्का र क्षेत्रका व्यक्ति तथा समुदायमा आस्था दिनानुदिन बढेको पाइन्छ। त्यसैले छठपर्वलाई आस्था र विश्वासको पर्वसंगै सद्भावको पर्व पनि भनिन्छ।
कृषकको पहिचानको पर्व
छठ पर्वले कृषि उत्पादनको महत्वलाई स्वीकार गरेको छ । जीवन र प्रकृति एकअर्काका पूरक हुन। प्राकृतिक सम्पदाका संरक्षण गर्नु जीवनको सम्पन्नताको साँचो हो भन्ने तथ्य यो पर्वमा सधैं प्रयोग गरिनेभन्दा फरक उत्पादन चढाउनुले पुष्टि गर्छ । गवडी धान (साठी) सुथनी,अदुवा,बोडी,उखु,नरिवल, सखर(मिठ्ठा),कागती,केराको थम्बा,गहुँ आदिको प्रयोगले किसानको श्रमको कदर गरेको छ ।
नारी सशक्तीकरणको अनुष्ठानको पर्व
छठ सूर्यको उपासनाको पर्व भए पनि यस पर्वले सामाजिक सद्भाव, मानवीय सद्भाव, श्रम र प्रकृतिलाई आदर र पवित्रताका धर्म यसको मूल मान्यता हो भन्न सकिन्छ । सूर्यको उपाशनामा कृपालु छठी माईको आशिषबिना अनुष्ठान पूरा हुनै सक्दैन । यो मातृशक्तिप्रतिको श्रद्धा हो । छठ मात्र यस्तो अनुष्ठान हो, जसमा छोरीको कामना गरिन्छ ।

अगाडिकाे पाेस्ट

संस्कार र संस्कृती पक्षलाई पुर्ण प्राथमिक्तामा आधारित थारु भाषाको “सुखराइत गीत” सार्वजानिक गर्ने तयारी

अर्काे पाेस्ट

सुनसरीमा १०२४ जना गणकले तथ्यांक संकलन गर्ने जिल्ला जनगणना कार्यालयको तयारी

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • राज्यले सत्य–तथ्य लुकाएको थरुहट पहिचानको आन्दोलनको ११ औँ बर्ष सुनसरीमा विद्रोह ¥याली प्रदर्शन

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft