मिति : २०८३ असोज २० गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

किसानको अधिकार मुल प्रवाहीकरण गर्न “नेपाल पिछडावर्ग किसान संघ” १ नं. प्रदेश स्तरीय समिति गठन

by By: रामधुनी खबर
कार्तिक ३०, २०७८
768

सुनिल चौधरी
झुम्का, कार्तिक ३० । कृषि प्रणालीबाट जिवन स्तर बृद्धि र हकहित अधिकार मुलप्रवाहीकरण गर्न सोमवार “नेपाल पिछडावर्ग किसान संघ” १ नं. प्रदेश स्तरीय समिति गठन भएको छ । केन्द्रिय अध्यक्ष राम प्रमोद महतोको उपस्थितीमा पुलिस बिश्वासको अध्यक्षता रहनेगरी १३ सदस्य कार्य समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा खडक बहादुर आङ्गला र ममता चौधरी, सचिवमा शिवनारायण चौधरी, सहसचिवमा टिकाराम चौधरी, कोषाध्यक्षमा सुशिला लेखी चयन भएका छ । सदस्यहरुमा रामशरण चौधरी, दुलारचन सरदार, विक्रम पंडित, विन्दा चौधरी, वविता चौधरी र जयकुमार खवास रहेका छन् । केन्द्रिय अध्यक्ष महतोले नव निर्वाचित पदाधिकारीलाई अविर टिका लगाई पदस्थापन तथा कार्यकालकोलागी शुभकामना दिएका छन् । प्रदेश समिति गठन संगै जिल्ला स्तरीय र स्थानीय स्तरीय समिति गठन गर्ने कार्य अगाडी बढाउने छन् । नयाँ गठित समितिले पहिलो निर्णय गर्दै प्रदेश स्तरीय समितिको कार्यालय इटहरीमै राख्ने रामधुनी खबर अनलाइन डिजिटल पत्रिकालाई जानकारी दिएका छन् ।
संघको केन्द्रिय कार्यालय हेटौडा उपमहानगरपालिका वडा नं. १ मा रहेको छ । संघ राष्ट्रिय किसान आयोगमा हरिहर भवन ललितपुरमा मिति २०७५ भदौ २२ गते दर्ता भएको छ । नेपाल मुलुक भरि छरिएर बसेका सामाजिक तथा आर्थिक रुपबाट पछि परेका विभिन्न जाति, उत्पिडत तथा उपेक्षित पिछडा वर्ग किसान समुदायहरुको हितमा काम गर्ने संघको प्रमुख उधेश्य रहेको छ । प्रदेश १ नं. समितिले कृषकहरुलाई आवश्यकता अनुसार विउ खाद्य समाग्री समयमै उपलब्ध गराई जैविक विषादी प्रांगारीक मल उत्पादन गर्न र अर्गानिक खेती गर्ने जोड दिन सहयोग गर्नुका साथै जनशक्तिहरु तयार गरी निःशुल्क तालिमहरु सञ्चालन गर्ने नव निर्वाचित अध्यक्ष बिश्वासले जानकारी दिए । कृषि तथा पशुपन्छी पालन सम्बंधित सरकारी तथा गैर सरकारी संस्थाहरु सँग समन्वय गरी प्राविधिक परामर्श दिने, कृषक अर्थात किसानहरुलाई उत्पादकत्वमा वृद्धि गर्न आधुनिक कृषि प्रणालि विकास गर्न आधुनिक किसिमका उपकरणहरु कृषकहरुलाई उपलब्ध गराउन सरकारी तथा गैर सरकारी संस्था सँग समन्वयमा बिशेष जोड दिई किसानको स्तर उन्नती बढाउने कार्यक्रमहरु संचालन गर्ने नव गठित समितिको कोषाध्यक्ष सुशिला लेखीले बताइन् ।
समितिले रासायनिक मल खादको प्रयोगलाई विस्थापन गराउदै लगी अर्गानिक खेतीको लागी अर्गानिक खेतीको लागी जोड गर्न कृषकलाई आवश्यक निःशुल्क सहयोग र परामर्श दिने । कृषकहरुको लागी आवश्यक पर्ने चिस्यान केन्द्र निर्माण तथा सिचाईको लागी सम्बन्धित निकायमा पहल गर्ने । खेती पाती गर्ने स्थानहरु माटो परिक्षणको लागी सरकारी तथा गैर सरकारी संस्थासग समन्वय गर्ने संस्थाको उधेश्य रहेको छ ।

अगाडिकाे पाेस्ट

सुनसरीमा १०२४ जना गणकले तथ्यांक संकलन गर्ने जिल्ला जनगणना कार्यालयको तयारी

अर्काे पाेस्ट

पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता र प्रदेश नं. १ को नामाकरण ”किरात लिम्बु कोच मधेश“ हुनुपर्ने लोसपाको माग

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft