मिति : २०८३ असोज १९ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता र प्रदेश नं. १ को नामाकरण ”किरात लिम्बु कोच मधेश“ हुनुपर्ने लोसपाको माग

by By: रामधुनी खबर
कार्तिक ३०, २०७८
559

राख संवाददाता
झुम्का,कार्तिक ३० । गठबन्धन सरकारले अपारदर्शी ढंगले गरेको पेट्रोलियम पदार्थको मुल्यबृद्धि फिर्ता लिन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल १ नं प्रदेश समितिले माग गरेको छ । जनतालाई महंगीको मारमा पारेकोले उक्त कार्यको भत्सर्ना गर्दै मूल्य वृद्धि फिर्ता लिन बिज्ञप्ती मार्फत माग गरेको हो ।
पार्टीले बिज्ञप्ती मार्फत बेमौसमी वर्षाका कारण पाकेको फसल, पशुधन, कुखुरा, बगूर, माछा लगायतका व्यवसायिक धन डुबान र पहिरोले पुयाएको क्षती प्रति दुःख व्यक्त गर्दै तत्काल राहत रक्षतीपूर्ति उपलब्ध गराउन माग गरेको छ । किसानहरुको हिउदेबाली लागाउने बेला भएकोले गुणस्तरीय मल विऊ सर्वसुलभ तरिकाले उपलब्ध गराउनु पर्ने प्रदेश समिति अध्यक्ष फक्ताङलुङ योङहाङ्गको हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख रहेको छ ।
राज्यको दावित्व शान्ति सुरक्षा प्रदान गर्ने हो तर बर्तमान अवस्थामा शान्ति सुरक्षा समेत दलिय आधारमा हुने देखिएकोले निश्पक्ष भई शान्ति सुरक्षा प्रदान गर्न, सदियौ देखिको समस्याको रुपमा कायम रहेको सुकुम्वासी र भूमिहीन समस्या समाधान गर्न राज्य गठन गरिएको आयोग र उसका क्रियाकलाप दलिय भाग वण्डामा नभई सर्वपक्षिय र न्योचित बनाउन भनिएको छ । यसैगरी कार्तिक २५ गतेदेखि मंसिर ०४ गते सम्म चलिरहेको १२ औ राष्ट्रिय जनगणनामा सबै नागरिक लाई सहमानी बन्न अपिल गर्दै जनगणनामा नागरिकको सामुदायिक भाषिक र धार्मिक पहिचानलाई सुचिकृत हुने अधिकारलाई कायम गर्नेगरी गणक गर्न गणकहरुलाई अनुरोध गरेको छ ।
वर्तमान प्रदेश संरचना मधेश जनविद्रोह,कोच, लिम्बुवान किरात÷खम्बुवान आन्दोलनको मर्म र भावना विपरित एवम् सरकारले बनाएको राज्य पुनरसंरचनाको आयोगको सिफारिस विपरित भएको स्पष्ट पार्दै प्रदेशको नामाकरण गर्ने हुँदा उल्लेखित आन्दोलनका अनुसार किरात लिम्बु कोच मधेश नामाकरण गर्न प्रदेश संसद र सरकारलाई जोडदार माग गरेको छ । केही समय देखि न्यायलयमा देखिएको न्यायाधिशहरुले वेन्च बहिस्कार को एक आपसमा हातपाई र वकिल प्रहरी झडप जस्ता क्रियाकलापले स्वतन्त्र न्यायपालिकाको गरिमा माथि कुठाराघात भएको ठहर गर्दै दलहरुको भागवण्डाको अखडाको केन्द्र भएको विद्यमान न्यायिक संस्थालाई पुनररचना गर्नु पर्ने जनाएको छ ।
वर्तमान संविधानलाई सर्वोस्वीकार्य बनाउन तत्काल संविधान संशोधन गर्नु पर्ने । संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको लागि भएको मधेश÷थरहट विद्रोहको बेला लगाइएका सबै झुठा मुद्धाको फिर्ताको माग गर्दै जेलमा रहेका माननीय रेशम चौधरी लगायतका राजबन्दीहरुको रिहाई माग गरेको छ । बिज्ञप्ती मार्फत लाखौ मानिसहरु नागरिकताबाट बञ्चीत भएकोले तत्काल नागरिकता ऐन बनाई नागरिकता प्रदान गर्न जोडदार माग गरेको हो ।

अगाडिकाे पाेस्ट

किसानको अधिकार मुल प्रवाहीकरण गर्न “नेपाल पिछडावर्ग किसान संघ” १ नं. प्रदेश स्तरीय समिति गठन

अर्काे पाेस्ट

कोभिड–१९ महामारीपछि रामधुनी नगरको छात्राहरुको शिक्षामा प्रभावित

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft