मिति : २०८३ असोज २० गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

धानमा क्षति बेहोरेका पीडित किसानले ६५ प्रतिशत राहत पाउने, राहत रकम जिल्लामा

by By: रामधुनी खबर
मंसिर १३, २०७८
578

काठमाडौँ, मंसिर १३। बेमौसमी वर्षाका कारण धानमा क्षति बेहोरेका पीडित किसानले राहत पाउने भएका छन् । राहत वितरणका लागि कार्यविधि तयार भएपछि अर्थ मन्त्रालयले गृह मन्त्रालयमार्फत जिल्ला जिल्लामा रकम पठाइसकेको कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले जानकारी दिनुभयो ।
किसानलाई जिल्ला विपत् व्यवस्थापन समितिमार्फत राहत वितरण हुने बताउँदै उहाँले कार्यविधिअनुसार पीडित किसान छानिएपछि राहत वितरण हुने जनाउनुभयो । वास्तविक पीडित किसानले राहत पाऊन् भन्ने कुरामा कृषि मन्त्रालयले विशेष निगरानी गरेको जानकारी दिँदै मन्त्री यादवले किसानको नाम जति छिटो छनोट हुन्छ त्यति छिटो राहत वितरण हुने बताउनुभयो ।
सरकारले वर्षाका कारण धान बालीमा पूर्णरुपमा क्षति पुगेका साना किसानलाई उत्पादन लागतको ६५ प्रतिशत क्षतिपूर्ति दिने जनाएको छ । मन्त्रिपरिषद्को मंसिर २ गतेको निर्णय अनुसार बेमौसम वर्षाका कारण आएको बाढी, पहिरो, डुबानबाट धान बालीमा क्षति पुगेका किसानहरूका लागि क्षतिपूर्ति दिने मापदण्ड तयार गरेको हो । यस्तै धान बालीमा पूर्णरुपमा क्षति पुगेका मध्यम किसानलाई उत्पादन लागतको ३० प्रतिशत क्षतिपूर्ति दिने सरकारले घोषणा गरेको छ । यता धान बालीमा पूर्णरुपमा क्षति पुगेका ठुला किसानलाई उत्पादन लागतको २० प्रतिशत क्षतिपूर्ति र धान बालीमा आंशिक रूपमा क्षति पुगेका साना, ठुला, मध्यम किसानलाई उत्पादन लागतको २० प्रतिशत क्षतिपूर्ति दिने घोषणा गरिएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सन्जेलले बताए ।
स्थानीय तहले लागत सङ्कलन गर्ने समिति गठन गरेको छ । सो समितिले पीडित किसानको नामावली तथा अन्य विवरण सङ्कलन गरी जिल्ला प्रशासन कार्यालयअन्तर्गत विपत् व्यवस्थापन समितिमा पठाइरहेको छ । स्थानीय तहमार्फत प्राप्त किसानको नामावली तथा विवरण ठीक छ कि छैन भनी विपत् व्यवस्थापन समितिले छानबिन गरी सो नामावलीलाई अन्तिम रूप दिई कोष तथा लेखा नियन्त्रण कार्यालयलाई पठाउँछ र सोही विवरणअनुसार कोलेनिकाले राहत वितरण गर्ने कृषि मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “गृह मन्त्रालयमार्फत रकम जिल्लाजिल्लामा गएको हुन सक्छ । आफूहरूले नपठाएका कारण कहिलेबाट वितरण हुन्छ भनी यसै भन्न सकिँदैन तर कार्यविधि र रकम तयार छ भने किसानले चाँडै राहत रकम पाउँछन् । ”उहाँका अनुसार कृषि मन्त्रालयसँग प्रारम्भिक क्षतिको विवरण मात्र आएको छ, स्थानीय तहले पूर्ण विवरण सङ्कलन गरेपछि सोहीअनुसार वितरण हुने उहाँले बताउनुभयो । कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत किसानको खातामा सीधै रकम जाने उहाँले बताउनुभयो । राहत पाउने हरेक किसानको आफ्नै नामको खाता हुनुपर्छ । यो राहत वितरण गर्ने तथा अनुगमन गर्ने काम गृह मन्त्रालय मातहत हुने भएको छ ।
कृषि मन्त्रालय सरकारले सङ्कलन गरेको विवरणअनुसार ११ अर्ब ८७ करोड ५१ लाख ६० हजार रुपियाँ बराबरको धानबाली नष्ट भएको छ । त्यसमध्ये सरकारले पाँच अर्ब ५२ करोड रुपियाँ किसानलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । कृषि मन्त्रालयका अनुसार १० कट्ठासम्म खेत भएका किसानले प्रतिकट्ठा एक हजार ९२१ रुपियाँका दरले राहत पाउँछन् । ४० कट्ठा खेत भएका किसानले प्रतिकट्ठा ८८७ रुपियाँका दरले राहत पाउँछन् । त्यस्तै दुई बिघाभन्दा बढी खेत भएका ठूला किसानले प्रतिकट्ठा ५९१ रुपियाँ, आंशिक क्षति भोगेका सबै किसानले प्रतिकट्ठा ५९१ रुपियाँका दरले राहत पाउने कृषि मन्त्रालयले जनाएको छ ।

अगाडिकाे पाेस्ट

रामधुनी १ नं. वडामा पारिवारिक कलह हिंसाको प्रमुख कारण रहेको लैङ्गिक हिंसा बिरुद्धको अभियान कार्यक्रमद्धारा उठान

अर्काे पाेस्ट

रामधुनी वडा नं.२ को मोचीटोलमा लैङ्गिक हिंसा बिरुद्ध सचेतना अभियान, मोची समुदाय उपेक्षीत किन ?

सम्बन्धित अरु

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

समाचार

जितमहान गोंसाईको निर्जल व्रत सहित यस बर्ष ‘खरजितिया’,‘सुइँध’ लाग्ने संयोगले नयाँ जितिया पाथ्ने परम्परा

असोज १७, २०८३

सुनिल चौधरी झुम्का, असोज १७ । सन्तानको सुख, दीर्घायु तथा परिवारको सुख–शान्ति र कल्याणको कामना गर्दै तराईका महिलाहरूले जितमहान गोंसाईको पूजा–आराधना गरी जितिया पर्व मनाइरहेका छन् । कठोर निर्जल व्रत...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft