मिति : २०८३ साउन १३ गते (बुधबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी ७ नं. वडाको ऋसिदेव वस्तिमा हिंसा बिरुद्ध सचेतना, माफिया गिरोहका गुणडागर्दीले वस्तिनै हिंसामा

by By: रामधुनी खबर
मंसिर २०, २०७८
762

चन्द्रकला चौधरी
झुम्का, मंसिर २० गते । लैङ्गिक हिंसा बिरुद्धको अभियानमा सोमवार रामधुनी ७ नं. वडाको कुमरखत ऋसिदेव वस्तिमा हिंसा बिरुद्ध सचेतना र गुनासो संकलन गरेका छन् । अभियानमा सो वस्तिका स्थानीयहरु माफिया गिरोहका गुणडागर्दीले वस्तिनै हिंसामा परेको जानकारी दिएका छन
कुमरखत ऋसिदेव वस्तिको नजिकै छेउ भएर गएको सेउती खोलाको गिट्टी चोरी निकासी उत्खनन् रोक्न खोज्दा माफिया गिरोहहरु श्रीमानलाई कुटपिटगरी उल्टै थुनामा जानु परेकोले हामी स्थानीय हिंसामा परेको फुलो ऋसिदेवले वस्तिका प्रमुख समस्या उठान गरेकी छन् । स्थानीयले चोरी निकासी रोक्न खोज्दा उत्खनन् माफिया गिरोहहरु आएर स्थानीयलाई धम्कि, कुटपिट गर्ने गरेको जानकारी दिए । त्याहा दैनिक १५० टिप जति गिट्टी चोरी निकासी उत्खनन्भै रहेकोले यसबाट बर्खाको बाढीमा जिउधन र वस्तिनै जोखिममा परेको बताए । रामधुनी नगरपालिकाको ठेक्का नलाग्ने सो ठाउँबाट इटहरी तरहराका ठेकेदारहरुले राजनीतिक पहुच देखाएर गैरकानुनी रुपमा उत्खनन् गरिरहेको खुलासा गरेका छन् । अहिले पनि त्याहाबाट राति अधिक बढी चोरी निकासी भैरहेको छ ।
यसैगरी ऋसिदेव वस्तिका स्थानीयले परिवारमा हुने झैझगडा, दुब्र्यशनी प्रयोगले हिंसा हुने गरेको उठान गरेका छन् । महिला हिंसा संगै बालबालिकाको हिंसा समेत जोडिएर गरेको सचेतनामा सो वस्तिका अभिभावकले बालबालिकालाई बिद्यालय पठाउन नमान्ने समस्या देखिएको छ । कारणमा बिद्यालयले शुल्क लिने गरेकोले छोरा छोरीलाई बिद्यालय पठाउन नसकेको खुलाएका छन् । यसैगरी खानेपानी समस्या, पानो ऋसिदेवको उमेर ६० बर्ष पुगेपनि नागरिक्ताबाट बञ्चित हुनुपरेको समस्या उठान गरेका छन् ।
स्थानीयबाट उठान भएका समस्या र हिंसा प्रति उपस्थित सरोकारवाला जनप्रतिनिधि तथा अधिकारकर्मीले न्युनिकरण र सामाधान प्रति प्रतिबद्ध रहेको बताए । सचेतना कार्यक्रममा उपप्रमुख सविना चौधरीले लैङ्गिक हिंसा पहिचान गर्ने उपायहरुको बारेमा जानकारी दिदै हिंसा जन्य अपराधका घटना लुकाउन नहुने र पिडकलाई कारर्वाही नगरि मिलाउन नहुने जानकारी दिए । हिंसा न्युनिकरणमा महिलाहरु आर्थिक उपार्जन, उद्यमीमा चासो दिनु पर्ने उपमेयर चौधरीले सुझाव समेत दिएकी छन् । वडा अध्यक्ष केशव गौतमले वडाकार्यालयबाट वस्तिका समस्या सामाधानमा लागीपरेको बताए । यस वस्तिमा आवास सुरक्षितकाकालागी अनुदानमा २३ वटा घर निर्माण गरिसकेको र २० वटा अझै निर्माण गरिरहेको बताए । बाढीको अवस्थामा जिउधनको निगरानी, खानेपानिको व्यवस्थापन, बिधुत तथा बाटोकालागी सहयोग उपलब्ध गराउदै आएको वडाअध्यक्ष गौतमले जानकारी दिए । हिंसा भए दण्ड सजाय, उजुरीका बारेमा पंचायन प्रहरी विटका कृष्ण थापाले जानकारी दिए ।
सचेतना अभियान नगर महिला समिति अध्यक्ष डायन्द्रा ढुंगानाको सभापतित्वमा भएको छ । सचेतना अभियानमा नगर उपप्रमुख, वडाअध्यक्ष, वडासदस्य लगायत महिला अधिकारकर्मी, प्रहरी, पत्रकार टोलमै प्रत्यक्ष उपस्थित भएर हिंसा बिरुद्ध सचेतना गर्दा स्थानीय महिलाहरु निर्धक्क समस्याहरु राख्ने गरेका छन् ।

अगाडिकाे पाेस्ट

भासि स्वास्थ्य चौकीको स्वयंसेविका सम्मानित

अर्काे पाेस्ट

रामधुनी नगरपालिकाको दशौं नगरसभाबाट बजेट, योजना तथा कार्यक्रम संशोधन

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft