मिति : २०८३ असोज ८ गते (बिहिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

निर्माण मजदुर संगठन क्यूपेक रामधुनीको चौथो अधिवेशन...सुरक्षित कार्यस्थल र मर्यादित रोजगारको माग

by By: रामधुनी खबर
पुष १, २०७८
615


राख संवाददाता
झुम्का, पुष १ । निर्माण मजदुर संगठन नेपाल विजुली पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्यूपेक) नगर समिति रामधुनीको चौथो अधिवेशन सम्पन्न भएको छ । दैनिक ज्यालादारी गर्ने निर्माण मजदुरहरुको हकहितकालागि क्यूपेक नेपालको सरोकार सुरक्षित कार्यस्थल र मर्यादित रोजगारको नारा सहित नगर कार्य समितिको अधिवेशन सम्पन्न भएको हो ।
नगरप्रमुख जयप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा श्रमिक, मजदुरको हकमा अधिकार संरक्षण हुनु पर्ने जोड दिएका छन् । भौतिक पुर्वाधार निर्माण गर्ने मजदुरहरु जोखिम पुर्ण रुपले काम गर्नु पर्ने भएकोले पेशा सुरक्षाकालागी त्रिपक्षिय समझौता अनुसार दुर्घटना विमाको जोडदार माग उठाएका छन् । नक्सा पासहुदाको अवस्थामा नगरपालिकाले घरधनीबाट लिइने करबाट मजदुरलाई विमा हुनु पर्नेमा जोड दिएका छन् । अधिवेशनबाट नगरमा मज्दुरको तथ्याङ्कीकरण लिएर परिचय पत्र वितरण, दक्षता तालिमको आवश्यक्ता रहेको जनाए । ठेकेदारहरु निर्माण व्यवसायी दर्ता गर्दा क्यूपेक नेपालको सिफारिस अनिवार्य गरिनु पर्ने अधिवेशनबाट माग गरेका हुन् ।
मजदुरहरुको संगठन क्यूपेक नेपालको माग जायज रहेकोले रामधुनी नगरपालिका नीतिगत रुपमै सम्बोधन गर्न तयार रहेको नगरप्रमुख चौधरीले बताए । क्यूपेक नेपालले नगरपालिकाको समन्वयमा नीतिगत रुपमा अधिकार सुरक्षित गर्दा सुरक्षित कार्यस्थल र मर्यादित पेशाको रुपमा उपलब्धि पाउने जानकारी दिए । राजनीतिक दल लगायतका टाठा बाठाले मजदुरलाई भजाएर खान मात्र खोजिएकोले अधिकारबाट बञ्चित हुनु परेको भन्दै नगरप्रमुख चौधरीले कार्यक्रममा बोल्दै त्यस्ता ब्यक्तिहरुबाट मजदुरलाई बचाउन क्युपेकले नीतिको दस्तावेज ल्याउनु पर्ने जानकारी दिए । दस्तावेज नगरपालिकाले नगर सभाबाट पास गर्ने र मजदुरको अधिकार संरक्षण गर्ने बताए ।
मजदुर मर्यादित पेशाकालागी ठेकेदारले गुणस्तरीय पुर्वाधार विकासमा ध्यान र पुरुष जस्तै महिला मजदुरको समान रुपले ज्याला उपलब्ध गराउनु पर्ने नगर उपप्रमुख सविना चौधरीले सुझाव दिइन् । निर्माण कार्यमा महिला मजदुर र पुरुष मजदुर एउटै काम गरेपनि ज्याला फरक रहेकोले युनियनबाट हेर्नु पर्ने सुझाव दिदै भुकम्प प्रतिरोधात्मक भवन निर्माणमा निर्माण मजदुर कतै चुक्न नहुने उपप्रमुख चौधरीले भनाई राखेकी हुन् । मजदुरको हकमा रामधुनी वडा नं. ५ दक्षता तालिमको आयोजना गरिसकेको र आगामी दिनमा समेत बजेट योजना ल्याउने वडाअध्यक्ष डेगराज फुयालले कार्यक्रममा प्रतिबद्धता जनाएका छन् । दुर्घटना विमाको लागि वडाबाट व्यहोर्नु पर्ने सहयोगकोलागि समेत पछि नहट्ने वडाअध्यक्ष फुयालले आश्वासन दिए ।
यसैगरी कार्यक्रममा मजदुरको हकहितका सवालमा क्यूपेक जिल्ला अध्यक्ष बालकृष्ण श्रेष्ठ, झुम्का उद्योग बाणिज्य संघबाट दुर्गा फुयाल, क्युपेक जिल्ला सचिव कमल काफले, सह सचिव श्यामकुमार चौधरीले बोलेका थिए । कार्यक्रम क्यूपेक रामधुनी अध्यक्ष प्रितमलाल चौधरीको सभापतित्वमा सम्पन्न भएको छ । चौथो अधिवेशनले पुनर गठन हुने अध्यक्ष चौधरीले रामधुनी खबर पत्रिकालाई जानकारी दिए ।

अगाडिकाे पाेस्ट

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुनसरीको अधिवेसन स्थगित

अर्काे पाेस्ट

भासि स्वास्थ्य चौकीमा सुक्रवार (आज) विहान ७ बजे देखिनै भेरोसेल खोप लिनेको भिड

सम्बन्धित अरु

समाचार

नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

भदौ २९, २०८३

रामधुनी खबर संवाददाताझुम्का,भदौ २९ । नेपाली कांग्रेस रामधुनी नगर सभापतिका लागि महेश चौधरीको दाबेदारी बलियो देखिएको छ । पार्टी संगठनमा लामो समयदेखि निरन्तर सक्रिय रहँदै विभिन्न जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको...

समाचार

जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

भदौ २३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, भदौ २३ । जेनजी शहीद दिवसको अवसरमा सुनसरीको रामधुनी नगरपालिका–१ स्थित श्री भासि माध्यमिक विद्यालय, झुम्कामा सामूहिक सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।‘सहिदको सपना,...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी ९ नं.वडाअध्यक्ष चौधरीको निरन्तर प्रयासपछि गाउँ ब्लकको लालपुर्जा वितरण

    0 shares
    Share 0 Tweet 0
  • जेनजी शहीद दिवसको अवसरमा विद्यार्थीको सामूहिक सरसफाइ

    0 shares
    Share 0 Tweet 0
  • रामधुनीको झुम्का बजारमा २२औँ श्रीकृष्ण रथयात्रा

    0 shares
    Share 0 Tweet 0
  • विनाशकारी बाढीको १३औँ दिन : ज्यान गुमाएका प्रति झुम्कामा शोक सभा र श्रदान्जली अर्पण सहित दिप प्रज्वलन

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft