मिति : २०८३ साउन १२ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

सनेश कृषि सहकारी संस्थाको थोक तथा खुद्रा कृषि बजार ‘सनेश एग्रो मार्ट’ संचालन

by By: रामधुनी खबर
माघ ३, २०७८
718

सुनिल चौधरी
झुम्का, माघ ३ । सनेश कृषि सहकारी संस्था लि. इटहरी १८ ले छोटो समयमा आफनो उधेश्य अनुरुप कृषिउपज प्रवद्र्धन गर्न अग्रसर हुदै गएका छन् । २०७६ चैत्र १० गते विधिवत दर्ता भएको सनेश कृषि सहकारी संस्था दुई बर्ष नपुग्दै किसानलाई आत्मनिर्भर र रोजगार सिर्जना गर्न थोक तथा खुद्रा कृषि बजार संचालनमा ल्याएको हो
कृषिलाई आधुनीकिकरण र ब्यवसायीमुखी बनाउदै स्थानीय कृषिउपजलाई बजार बिस्तार गर्ने उधेश्य लिएका सहकारीले इटहरी उपमहानगरपालिका वडा नं. १८ स्थित नयाँटोलमा ‘सनेश एग्रो मार्ट’ सोमबार उद्धघाटनगरी संचालनमा ल्याएको छ । मार्टमा रु ७ लाख लगानी रहेको छ । सो एग्रो मार्टमा स्थनीय उत्पादनलाई प्राथमिक्ता राखेर तरकारी र फलफुल थोक तथा खुद्रा बिक्री बितरण भै रहेको अध्यक्ष राजदेव चौधरीले जानकारी दिए । मार्टमा आर्गानिक तरकारीलाई प्रमुख प्राथमिक्ता दिने छौँ, अध्यक्ष चौधरीले भने,‘किसान दाजुभाईले कृषिउत्पादन बृद्धि गर्न चिन्ता नगर्नुस, सहयोगकालागी हाम्रो संस्था छ, हामी छौँ’ संस्थाबाट सहुलियतमा उन्नत जातका बिउ, बिजन, रसायनिक मल, यूरिया, डिएपि, पोटास, कृषकका आवश्यक तालिम र कृषिउपज बजारकालागि ब्यवस्थापन मात्र हैन कृषिकालागी ऋण समेत उपलब्ध गराउने छौँ,’ । कृषि उत्पादन बढाउन सक्यौ भने किसान र उपजमा आत्म र्निभर हुने र यसबाट स्वत रोजगार सिर्जना हुने बिश्वास लिएको हो, अध्यक्ष चौधरीले बताए ।
संस्थाबाट बजार भन्दा कम दररेटमा बिउ, बिजन, मल सहित खेती उठाउन पावर ट्रिलर, धान काट्ने मेसिन सेवा दिदै आएको छ । मार्टको सेवा प्रवाहले कृषि क्षेत्रको व्यवसायीकरणलाई प्रोत्साहन, उत्पादित कृषि वस्तुहरूलाई उचित तरिकाले व्यवस्थापन गरी गुणस्तर कायम राख्न, कृषिवस्तुको बिक्री वितरणमा बिचौलियाको उपस्थिति कम गर्न र उचित मूल्यका लागि कृषि बजार निर्माण कार्यलाई प्राथमिकतामा राखीएको अध्यक्ष चौधरीले बताए । सहकारीको आयोजनामा च्याउ खेती तालिम गरिसकेको छ । १३ कठा क्षेत्रफलमा सहकारीले तरकारी फर्म जुटाएको छ । एक लटमा १५ सय केजी उत्पादन हुनेगरी च्याउ फर्म रहेको छ । यसका साथै सहकारीको कार्य क्षेत्रलाई आधारमानी बाख्रा पकेट क्षेत्र राखेर सो अनुसार बाख्रापालकलाई सहयोग उपलब्ध गराईरहेको सहकारीका अध्यक्ष चौधरीले जानकारी दिएको हो ।
कृषि बजार ‘सनेश एग्रो मार्ट’बाट रामधुनी, इटहरी, बराहक्षेत्र, चाँदवेला, इनरुवाका किसान तथा उपभोक्ताले कृषिउपजहरु बिक्री बितरण गरी प्रत्यक्ष लाभ लिन सकिने छन् । तराईको स्थनीय उत्पादन पहाड सम्म र पहाडका उत्पादन तराई सम्म पुगाउनेहुदाँ बजारमा बिस्तार हुने अपेक्षा रहेको ब्यवस्थापक सिर्जना चौधरीले जानकारी दिइन् । संस्थाले संचालन गरेको कृषि बजारमा हटिया तथा तरकारी ब्यापारीले एकै थलोबाट कृषि उपजको उठाउन सकिने छन् । त्याहाबाट ब्यापारीले तरकारी, फलफुल अर्डरगर्दा डेलीभरी समेत गर्ने सेवा रहेको छ । विवाह, ब्रतबन्ध तथा भोजभतेरकालागि एक मुष्ठ रुपमा लिए होम डेलीभरी गर्ने समेत संस्थाको सेवा रहेको छ ।
‘सनेश एग्रो मार्ट’ इटहरी १८ वडा अध्यक्ष रामकुमार चौधरीले उद्धघाटन गरेका हुन् । उद्धघाटन कार्यक्रममा बक्ताहरुले बोल्दै कृषि बजार मार्टकालागी राज्यबाट अनुदानका सहयोहरु हुनुपर्ने जोड दिएका छन् । राजनीतिक कर्मी गुणराज निरौला, खेमराज अधिकारी, स्थानीय बुद्धिजिवी, तेजनारायण चौधरी, पर्शुराम चौधरी, शिक्षक अनन्तराम चौधरी, खानेपानी उपभोक्ता समिति सचिव महेन्द्र चौधरीले कार्यक्रममा बोल्दै कृषि बजार ब्यवस्थितकालागी राज्यबाट सहयोग हुनु पर्ने बताएका हुन् । सहकारीमा २०० जना शेयर सदस्य छन् । शेयर पँुजी रु २० लाख रहेको छ ।

अगाडिकाे पाेस्ट

बक्लौरी तिलासंक्राईत माघी महोत्सव २०७८ मा लोप भएका थारु परम्परा र संस्कार प्रदर्शनी

अर्काे पाेस्ट

रामधुनी वडास्तरीय नकाउट फुटबल च्याम्पियन ६ नं. वडाका खेलाडीलाई भब्य सम्मान

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft