मिति : २०८३ साउन १२ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनीमा सामाजिक जवाफ देहिता थप पहल बढाउन नयाँ अवधारणामा जोड

by By: रामधुनी खबर
माघ ७, २०७८
537

सुनिल चौधरी
झुम्का, माघ ७ । रामधुनी नगरपालिकाको विकास, योजना, बजेट र नीति निर्दैशिकामा सामाजिक जवाफ देहिता थप पहल बढाउन नयाँ अवधारणा ल्याउनु पर्नेमा जोड दिएको छ । नगरवासी संगको प्रत्यक्ष पार्दशिता ल्याउन प्रयोग गरिएको सुशासन औजार सामाजिक परिक्षण र सार्वजानिक सुनुवाई पुरानै ढाचाँमा रहेकोले नयाँ तौरतरिकाबाट गर्नुपर्नेमा अन्तरक्रियामा सहभागी सरोकारवालाहरुले बताएका छन्।
सार्वजानिक सुनुवाईमा नागरिक संलग्नता कम सहभागीता हुनेगरेकोले पार्दशिताकालागी नयाँ प्रक्रृया सुचना प्रविधि डिजिटल माध्यम प्रयोग गर्नु पर्ने उठान गरेका छन् । नगर प्रमुख तथा सामाजिक जवाफ देहिता बहुसरोकारवाला मञ्चका अध्यक्ष जयप्रकाश चौधरीको सभापतित्वमा आयोजित अन्तरक्रिया गोष्ठिमा नगरपालिकाले सुशासनको ११ वटा औजार अभ्यासगरी रहेको जानकारी दिए । सुशासनको पक्षमा रामधुनी नगरपालिका तुलनात्मक रुपमा अग्रसर रहेको नगरप्रमुख चौधरीले बताए । अन्य नगरपालिकालले ६ महिनामा पनि सार्वजानिक सुनुवाई गर्न नसकेको तर रामधुनी नगरपालिका चौमासिकमै आयोजनागरी पार्दशिता गर्ने गरेकोले तुलनात्मक रुपमा अग्रसर रहेको र यसलाई निरन्तरता राख्न पनि प्रयास गरिरहेको नगरप्रमुख चौधरीको भनाई रहेको छ । जनप्रतिनिधि आए देखी सुशासनका औजार क्रियाशिल बनाई प्रयोगमा ल्याएको नगरउपप्रमुख सविना चौधरीले बताइन् । स्वास्थ्य, शिक्षा क्षेत्रको गुणस्तरियतामा योजना हुनु पर्नेमा भौतिक पुर्वाधारमा मात्रै रहेकोले नगरमा सामाजिक विकासमा अभाव र अज्ञान्ताले नागरिक संलग्नता घटदो रहेको बताईन् । नागरिक संलग्नता बढाउन र सुशासनको थप पहलहुन पुरानो विधिलाई हटाएर नयाँपन ल्याउनु पर्नेमा उठान गरिन् ।
सुशासनकालागि सामाजिक परिक्षण, सार्वजानिक सुनुवाई, डिजिटल गुनासो पेटिका, वडापत्र, योजना निर्माणको होर्डीङ्ग बोर्ड राख्ने लगायतका सुशासनका पक्षलाई अंगालेको योजना प्रमुख हर्षलाल चौधरीले बताए । सुशासनकालागी नगरपालिकाको गतिविधि वेवसाईट, फेसबुकबाट सार्वजानिक गर्दै आएको सुचना प्रविधि अधिकृत वसन्त मोचेले जानकारी दिए । स्वास्थ्य क्षेत्रमा सामाजिक जवाफ देहिताकालागि मोबाइल एप्लीकेशनबाट गुनासो संकलन र संकलन भएका गुनासो सम्बोधन गर्ने गरेको बताए । हेल्लो सरकारबाट गुनासो संकलन, अनलाईन राजस्व तिर्ने माध्यमको विकास, प्रत्येक वडामा डिजिटल वडा पत्रको व्यवस्थापन, डिजिटल हाजरी व्यवस्थापन गरिसकेकोले अबका दिनमा ई पेमेन्टबाट सहज ल्याउन समझौता कार्य अगाडी बढाएको सुचना अधिकृत मोचेले बताए ।

अगाडिकाे पाेस्ट

रामधुनी वडास्तरीय नकाउट फुटबल च्याम्पियन ६ नं. वडाका खेलाडीलाई भब्य सम्मान

अर्काे पाेस्ट

थारुको अस्तित्व संकटपुर्ण, थाकस इटहरीको तिलासंक्राईत कार्यक्रमबाट सचेत हुन सुझाव

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft