मिति : २०८३ साउन ११ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

थारु महिला सभा सुनसरीको तेस्रो जिल्ला अधिवेशनमा नेतृत्व चयनमा उत्साहपुर्ण

by By: रामधुनी खबर
फागुन २३, २०७८
536

सुनिल चौधरी

झुम्का,फाल्गुन २३ । सुनसरी गढी गाउँपालिका कार्यालय औरावनीको सभाहलमा थारु महिला सभा सुनसरीको तेस्रो जिल्ला अधिवेशनले समिति चयनमा शनिवार १०ः०० बजे राति अबेर सम्म टुंगोलाग्दा सम्म पनि महिलाहरुको सहभागीता घटेनन् । समिति चयन गरेर मात्रै बिदा भए ।
अधिवेशनको फरक बिशेषतामा के देखियो भन्दा समिति चयनको क्रम लम्बिदा सहभागी एक जना महिलाले घरमा एकलै रहेको छोरालाई फोन सम्पर्कगरी उल्ने भनिन् ‘बाबु म अबेर घर पुग्छु, गाई बाख्राको मुखमा र घरमा पनि ताला लगाएर टिभी सकेसको माथी पैसा छ बाबु, चाउँ चाउँ किनेर खानु’ । सहमतिको अथक प्रयासले अबेर सम्म सुशिला लेखीको अध्यक्षतामा समिति चयन पछि कुशल नेतृत्व र अभिभावक महशुसगरी सबैले एक आपसमा अबिर टिका लगाई शुभकामना आदान प्रदानगरी बिदा भए । मनन् गर्नै पर्छ घर व्यवहारमा जिम्मेवार र महिला अधिकारलाई स्थापित गर्न नेतृत्व चयनमा निगरानी र पुर्ण सहभागीता जनाउदै गएको छ ।
राज्यले थारु माथि विभेदपुर्ण ब्यवहार गरेको प्रति सचेत हुदै गएका थारु महिलाहरु समितिको पुनरगठनमा नेतृत्व जिम्मेवार लिन उत्सापुर्ण रहदा बन्दसत्रमा अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन अनुमोदन भयो । अनुमोदन संगै बिगठन भएको समितिमा पुनरगठनको लागि समिति चयनमा उपाध्यक्ष बाहेक सबै पदमा ३–३ जनाको मनोनय दर्ता भयो । सहमतिको प्रयासले अध्यक्ष पदमा सुशिला लेखी, उपाध्यक्षमा श्यामकुमारी चौधरी, सह सचिवमा उषा चौधरी चयनको टुंगो लागे पनि सचिव र कोषाध्यक्ष पदमा निर्वाचननै गर्नु प¥यो । निर्वाचनको मत परिणाम अनुसार सचिवमा पार्वती चौधरी र कोषाध्यक्षमा सुनिता गच्छदार निर्वाचित भए । सदस्यहरुमा सरस्वती चौधरी, कृष्णा इश्वरवती चौधरी, रेणुका चौधरी, अन्जु धामी सर्वसहमत चयन भयो भने बिधान अनुसार ११ सदस्य समिति रहनेहुदा सदस्यहरुमा दुई जना मनोनयन गर्नु पर्ने छन ।
थारु कल्याणकारिणी सभाको बिधान अन्तर्गत रहने थारु महिला सभाको बिधान २०६९ अनुसार महिला समावेसी र नेतृत्वको भुमिका विकास हुने उधेश्यले सभाको गठन भएको हो । केन्द्रिय, जिल्ला,उपमहानगर र नगर समिति रहनेगरी समिति संरचना रहेको ३ बर्ष कार्यकालकालागी थारु महिला सभा अधिवेशनको चरणमा रहेको छ । यसैबिच थारु महिला सभा सुनसरीको फाल्गुन २१ गते शनिवार गढी गाउँपालिका औंरावनीमा तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनको खुल्ला सत्रमा महिलाहरुमा शिक्षा जागरुकता संगै महिला अर्थपुर्ण समावेसिता र सहभाीगतामा जोड दिदै बक्ताहरुले उठान गरे । थारु अधिकार र पहिचानमा महिलाहरुको सशक्त भुमिका रहेको र आगामी दिनहरुमा निरन्तरता रहनुपर्ने बक्ताहरुले बोल्दै हौसला प्रदान गरे ।
यसैगरी महिला सभा जिल्ला कार्यवाहक अध्यक्ष सुशिला लेखीको सभाध्यक्षमा भएको अधिवेशनमा महिलाहरु कला प्रस्तुतका साथै महिला बक्ताहरुले निर्धक्क अधिकारका बारेमा बोलेका थिए । प्रमुख बक्ता थारु महिला सभा केन्द्रिय सचिव सुशिला चौधरी, थाकस केन्द्रिय सदस्य उर्मिला चौधरी, गढी गाउँपालिका उपाध्यक्ष राजकुमारी चौधरी, राजनीतिक कर्मी कल्पना चौधरी, गढीगाउँपालिका अध्यक्ष श्री प्रसाद यादव, थारु कानून व्यसायि सभा केन्द्रिय अध्यक्ष तथा अधिवक्ता रामराज चौधरी, थाकस जिल्ला अध्यक्ष सुरेन्द्र चौधरी लगायतका बक्ताहरुले महिला नेतृत्व विकासमा जोड दिए । निर्वाचन समितिमा प्रमुख निर्वाचन अधिकृत सुरेन्द्र चौधरी, निर्वाचन अधिकृत अधिवक्ता रामराज चौधरी र रन्जना चौधरी थिए । कार्र्यक्रम संचालन सचिव पार्वती चौधरीले गरेकी थिईन् । लोकतन्त्र र गणतन्त्रको मर्म र आधार निर्वाचन र स्वतन्त्रता रहेको बर्तमान अवस्थामा सभाको जिल्ला नेतृत्वको जिम्मेवार लिन महिलाहरुको उत्साहपुर्ण रहदा महिला अधिकार सुनिश्चत्तामा बल पुग्ने निश्चित छ ।

अगाडिकाे पाेस्ट

बालबालिकाहरुको प्रारम्भिक सिकाईलाई प्रभावकारी बनाउन शिक्षकलाई तालिम

अर्काे पाेस्ट

रामधुनी १ नं. वडा महिला समितिको माइन्यूट (बैठकको निर्णय) लेखन तथा सशक्तिकरण तालिम

सम्बन्धित अरु

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft