मिति : २०८३ कार्तिक ८ गते (सनिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी १ नं. वडा महिला समितिको माइन्यूट (बैठकको निर्णय) लेखन तथा सशक्तिकरण तालिम

by By: रामधुनी खबर
फागुन २४, २०७८
494

चन्द्रकला चौधरी
झुम्का, फागुन २४ । रामधुनी १ नं. वडा महिला समितिको आयोजनामा माइन्यूट (बैठकको निर्णय) लेखन तथा सशक्तिकरण तालिम सम्पन्न भएको छ । महिला सशक्तिकरणकालागी वडाका महिलाहरुलाई पाँच दिवशीय तालिम दिदै सोमवार सम्पन्न भएको हो
नगर प्रमुख जयप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा तालिम समापन कार्यक्रममा बक्ताहरुले महिला आत्मनिर्भर, कुशल नेतृत्व र महिला स्वतन्त्रतामा जोड दिनुभयो । वडा महिला समितिको सभापति आशा चौधरीको सभाध्यक्षमा तालिम समापन कार्यक्रममा उपप्रमुख सविना चौधरी, वडाअध्यक्ष महेश चौधरी, इलाका प्रहरी प्रमुख प्रकाश श्रेष्ठले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाको बैठक वा संघ संस्थाले आयोजना गरेको कार्यक्रमको निर्णय कसरी लेख्ने भन्ने बारेमा तालिममा बिषेश गरी प्रशिक्षण प्रदान गरिएको तालिमका सहभागि तथा जनजागृति युवाक्लव भादगाउँका सचिव नितु चौधरीले बताउनु भयो । तालिमले बैठकको निर्णय लेख्ने तरिकाका बारेमा धेरै जानकारी पाएको तालिमका अर्का सहभागि थारु महिला उत्थान समाजकी सचिव सनम चौधरीले सुनाउनु भयो ।
तालिममा माइन्यूट (बैठकको निर्णय) लेखन तालिममा सत्यनारायण चौधरीले सहजीकरण गर्नु भएको थियो । तालिममा विभिन्न संघ संसथाका सदस्यसहित ६० जनाको सहभागिता रहेको वडामहिला सभा उपाध्यक्ष सिता थरुनीले बताउनु भयो । तालिममा माइन्यूट लेखन सहित कार्यक्रम योजना माग तथा प्रस्तावना लेखन, संस्थागत निवेदन लेखन सहित तालिम प्रदान गरेको उपाध्यक्ष थरुनीले जानकारी दिनु भयो ।

अगाडिकाे पाेस्ट

थारु महिला सभा सुनसरीको तेस्रो जिल्ला अधिवेशनमा नेतृत्व चयनमा उत्साहपुर्ण

अर्काे पाेस्ट

नारी दिवसमा श्रमिक महिला सम्मानितले सिटिसफारी चलाएरै छोराछोरीलाई शिक्षित बनाउने हौसला

सम्बन्धित अरु

समाचार

झुम्का बजार सहित बक्लौरी, डुम्राहा बजारमा थप अनुगमनको निरन्तरता

कार्तिक १, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज ३१ । चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य तथा खाद्य वस्तुको खरिद–बिक्री बढेसँगै अखाद्य वस्तु बिक्री भइरहेको उपभोक्ताको गुनासो आएपछि सुनसरीको रामधुनी नगरपालिका सहित झुम्का,...

समाचार

उपभोक्ता हित संरक्षणका लागि झुम्का बजार अनुगमन : शिशुले खाने दुग्ध पाउडर लेबलिङ नभएको देखि म्याद गुज्रिएको वस्तु सम्म फेला

असोज २९, २०८३

रामधुनी खबर संवाददाता झुम्का, असोज २८ । उपभोक्ताको हित संरक्षण, बजारमा वस्तु तथा सेवाको गुणस्तर कायम तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्ने उद्देश्यले सुनसरीको रामधुनी नगरपालिका अन्तर्गत झुम्का बजारमा बजार अनुगमन...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • छठ माता सेवा समिति रामधुनीको अध्यक्षमा मिलन रौनियार सहित पदाधिकारीहरु सर्वसम्मत चयन

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft