मिति : २०८३ साउन १२ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

‘ऐलै पावैन माघी’………थारु सांगीतिक गीत सार्वजानिकले थारु समुदायमा उमंग र उत्साह

by By: रामधुनी खबर
पुष २१, २०७९
491

राख संवाददाता
झुम्का,पुष २१ । तिला संक्राइत माघी पर्व २०७९ को अवसरमा ‘ऐलै पावैन माघी’ थारु सागीतिक गीत सार्वजानिकले थारु समुदायमा थप रौनक बढाएको छ । मौलिक पर्व तिला संक्राइत माघीको थारु भाषा शब्दले सज्जित सांस्कृतिक पक्ष उठान गरिएको हुँदा ‘ऐलै पावैन माघी’ सागीतिक गीतले उमंग र उत्साह बढाएको हो ।सांस्कृतिक गीत ‘ऐलै पावैन माघी’ युट्युब मार्फत सार्वजानिक गरेको छ । गीत मेगा डिजिटल रेर्कडिङ स्टुडियोको युट्युबमा हेर्न सक्नु हुनेछ ।


मेगा डिजिटल रेर्कडिङ स्टुडियो झुम्का सुनसरीको प्रस्तुतीमा थारु कला, संस्कृति जगेर्ना गर्ने उधेश्यले थारु सांगीतिक गीत दर्शक स्रोता माझ प्रस्तुत गरेको स्टुडियोका प्रबन्धक बिशाल चौधरीले जानकारी दिए । गीतमा पर्वको सांस्कृतिक पक्ष उठान गरिएको हुँदा थारु युवा वर्गमा उमंग र उत्साह थपेको स्टुडियोका प्रबन्धक चौधरीले बताए ।
गीत संगीतले भाषा, भेष, संस्कृति, कला, शब्द भावी पिढीको लागि संग्रहीत हुने भएकोले थारु कलाकार, संगीतकार, शब्दकार, उत्पादक, निर्दैैशकलाई प्रोत्साहन गर्नु पर्ने साहित्यकार रामसागर चौधरीले बताए ।


पर्वको सांस्कृतिक पक्ष थारु समुदायको पहिचान रहेकोले सांगीतिक गीत मार्फत पहिचान र पर्वको महत्व उठान गर्नु आवश्यक रहेको थारु महिला उत्थान समाज सुनसरीकी अध्यक्ष सिता थरुनीको धारणा रहेको छ ।
तिला संक्राइत माघी पर्वको यस ‘ऐलै पावैन माघी’ थारु सांगीतिक गीतका लागि शब्द पुलिस विश्वास (जगत) को रहेको छ । स्वर र संगीत गिता चौधरी यसैगरी प्रकाश माझी, अनुमा चौधरी र पुलिस विश्वासले दिएका छन् । गीतको निर्दैशक बिशाल चौधरी रहेको छ भने सम्पूर्ण उत्पादनका लागि मेगा डिजिटल रेर्कडिङ स्टुडियो झुम्का सुनसरीले गरेको छ ।


नेपालीहरुको राष्ट्रिय महान पर्व तिला संक्राईत नेपालमा बसोबास गर्ने थारू समुदायले मनाउने प्रमुख चाड हो । तिला संक्राइतलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । अहिले सबै जातजातीले यो पर्व बिधिपुर्वकनै मनाउने गरेको छ । विशेष गरी २०५९ सालमा सरकारले माघीमा सार्वजनिक बिदाको व्यवस्था गरेपछि सबैजातजातीले मनाउन थालेको हो ।
तिला संक्राईतको दिन स्नान गरी तिलको आगो ताप्नाले वर्ष भरिको पाप पखालिन्छ भन्ने मान्यता थारू समुदायमा छ । पर्वको दिन सख्खर मिश्रित तिल र भुजाको लड्डु कुल देवतालाई चढाएर प्रसादको रुपमा खाने प्रचलन रहेको छ । खेतीबाट नयाँ उत्पादन भएको तिल र चामलको भुजामा सख्खर मिश्रणगरी खानाले र तिलको डाँठको आगो ताप्नाले रोग नास हुने धार्मिक बिश्वास रहेको छ । यसले जाडोमा शक्ति तथा शरिरमा तामक्रम सन्तुलन राख्ने पनि महत्व रहेको छ ।

अगाडिकाे पाेस्ट

सूचनाको अटेर, झुम्कामा मापदण्ड विपरीतका संरचना र फुटपाथ पसल हटाउँन अनुगमन र सचेत हुन आग्रह

अर्काे पाेस्ट

गौरीशंकर बचत तथा ऋण सहकारीको १३ औ बार्षिक साधारण सभा,अध्यक्षमा सर्वसम्मत अन्जु चौधरी चयन

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft