मिति : २०८३ साउन १२ गते (मंगलबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी मा.बि.लालपुरको ५० औं बर्ष, इतिहासलाई सम्मान गर्दै बिद्यालयको स्वर्णमहोत्सव

by By: रामधुनी खबर
माघ १२, २०७९
474

राख संवाददाता
झुम्का,माघ १२ । रामधुनी नगरपालिका वडा नं. ४ मा रहेको रामधुनी माध्यमिक बिद्यालय लालपुरले ५० औ बर्ष पुगेको अवसरमा स्वर्णमहोत्सव कार्यक्रमगरी मनाएको छ । बिद्यालय स्थापना गरेको इतिहासलाई सम्मान गर्दै स्वर्णमहोत्सव मनाएको हो ।
नगरप्रमुख शंकरलाल चौधरीको प्रमुख आतिथ्यतामा स्वर्णस्तम्भ शिलानास, पूर्व बिद्यालय ब्यवस्थापन समिति तथा संस्थापक, पूर्व प्रधानाध्यापक, पूर्व बिद्यार्थीहरुलाई सम्मान गरेको छ । विद्यालयले विभिन्न समयमा गरेको अतिरिक्त क्रृयाकलापमा सहभागी उत्कृष्ट बिद्यार्थीहरुलाई स्वर्णमहोत्सवको कार्यक्रमबाट पुरस्कार सहित सम्मान गरेको बिद्यालयले जनाएको छ । बिद्यालय २०२९ सालमा श्रीपञ्चमीको दिन स्थापना भएको हो ।

स्वर्णमहोत्सवले नगरलाई गौरवमय बनाएको नगरप्रमुख चौधरीले बताउँनु भयो । शिक्षा क्षेत्रमा योगदान गर्दै ५० औ बर्षमा आइपुग्दा अन्य बिद्यालयलाई समेत उत्साह थप्नेगरी मनाएको स्वर्णमहोत्सवले रामधुनी नगरलाई गौरवमय बनाएको भन्दै उहाँले शुभकामना ब्यक्त गर्नुभयो । शिक्षा क्षेत्रमा विकास, गुणस्तर बृद्धि गर्न रामधुनी नगरपालिकाले योजनाबद्ध रुपले अगाडि बढीरहदा यसमा अभिभावक, बिद्यार्थी, सरोकारवाला संघसंस्थाबाट सहयोगको अपेक्षा गरेको नगरप्रमुख चौधरीले धारणा ब्यक्त गर्नुभयो ।

विद्यालयले ५० औ बर्षको स्वर्णमहोत्सव मनाइरहदा आगामि दिनहरुमा बिद्यालयको शैक्षिक, भौतिक विकासमा नगरपालिकाबाट सहयोग र समन्वय रहने उपप्रमुख तारा थापाले बताउँनु भयो । सहयोग र समन्वयका लागि विद्यालयको योजनाहरु के–के छन् सो योजना पेश गर्न सुझाव समेत दिनुभयो ।


बक्ताहरुले बिद्यालयमा शैक्षिक गुणस्तर बृद्धि गर्नुपर्ने आवश्यक्ता औल्याएका छन् । विद्यालयमा बालबालिकाको भबिष्य स्वर्णिम बनाउँन शैक्षिक गुणस्तरमा ध्यान दिनु पर्ने नगर शिक्षा शाखा प्रमुख राजन गेलालले उठान गर्दै यसका लागि शिक्षा शाखा तयार रहेको उहाँले प्रतिबद्धता समेत गर्नुभयो ।

स्वर्णिम महोत्सवले इतिहासलाई नविर्सिने परम्परालाई जोगाएकोमा सेभ द अर्थ सुनसरीका अध्यक्ष पुष्प भट्टराईले शुभकामना ब्यक्त गर्नुभयो । यसले रामधुनी माबिमा दिगो विकासमा थप बलपुग्ने उहाँले धारणा राख्नुभयो । बिद्यालयमा भएको अतिरिक्त क्रयाकलापमा सहभागी उत्कृष्ट बिद्यार्थी पुरस्कृतहुँदा उत्साह देखिएको छ, यस उत्साहले बिद्यालयको गुणस्तर झल्किनेहुँदा यसलाई निरन्तरता दिनु पर्ने भट्टराईले सुझाव दिनुभयो ।

बिद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारका शिक्षा संचालन गर्न प्रकृया अगाडि बढाइएको छ । बिद्यालयको पश्चिम नजिकै यथेष्ट जग्गा रहेकोले बिद्यार्थीको खेलकुद विकास गर्न योजना ल्याएको जानकारी दिए । शिक्षण सिकाइ विकासमा परिवर्तन, चौतर्फी र सर्वाङ्गीण विकास, पूर्व बिद्यार्थीहरुको ज्ञान र सिपमा हातेमालो गर्दै गुणस्तर शिक्षिामा बिद्यालयको भूमिकालाई थप जिम्मेवार बनाउँने प्रद्यानाध्यापक ठमेन्द्र प्रसाद वास्तोलाले बताउँनु भयो ।

अगाडिकाे पाेस्ट

थारु साँस्कृतिक पहिचान झल्काउँदै झुम्काको जितमहान चोकमा भब्य तिलासंक्राइत माघी कार्यक्रम

अर्काे पाेस्ट

लाटीमाई ग्रामथान इनरुवा ८ कण्समडानका गहदार थानपती चौधरीको निधनमा थारु संंघसंगठनद्धारा शोकसभा

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft