मिति : २०८३ साउन ११ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी नगरमा आठ क्लष्टर निर्माणगरी प्रकोप विपद व्यवस्थापन तयारीको प्रारम्भिक कार्यशाला

by By: रामधुनी खबर
चैत्र १, २०७९
426

राख संवाददाता
झुम्का, चैत्र १ । रामधुनी नगरमा विभिन्न प्रकोपले सम्भावित विपद जोखिम उच्च रहेको छ । उच्च जोखिमलाई न्युनिकरण र व्यवस्थापनको उपाय खोज्ने क्रम्मा नगरपालिकाले बुधवार प्रारम्भिक कार्यशाला सम्पन्न गरेको छ । प्रकोप नक्साङ्कन, विपद तथा जलवायुु उत्थानशील योजना, पूर्व तयारी तथा प्रतिकार्य योजना तर्जुमा प्रारम्भिक कार्यशाला गरेको हो ।
नगरमा सवारी दुर्घटना, बाढी, डुुबान, आगलागी, जनावर आतंक, सितलहर प्रमुख प्रकोपले बर्षेनी धन जनको क्षति हुनेगरेको छ । नगरका दत्तकिचाखोला, शेराखोला, हकराहा खोलाले जग्गा कटान तथा बाढी निमत्याउँने गरेको छ । जनावर आतंकले बालितरकारी नष्ट गर्ने गरेको छ । अव्यवस्थित बजारले दुर्घटना हुने गरेको जनप्रतिनिधिहरुले विपद जोखिमका समस्या उठान गरेका छन् ।
प्रकोप समस्याले हुने क्षति कम गर्न आठ क्लष्टर निर्माणगरी व्यवस्थापनको तयारी गरेको छ । नगर प्रमुख शंकरलाल चौधरी रहनेगरी समग्र व्यवस्थापन सूचना खोज तथा उद्धार समिति बनाएको छ । यसैगरी खाद्य तथा कृषि क्षेत्र, स्वास्थ्य तथा पोषण क्षेत्र, खानेपानी तथा वातावरण स्वच्छता प्रवद्र्धन, आपतकालिन आश्रय तथा गैरखाद्य सामाग्री क्षेत्र, संरक्षण तथा सरक्षा क्षेत्र, आपतकालिन शिक्षा बिषय क्षेत्र, शिघ्र पुनःलाभ क्षेत्रगरी आठ क्लष्टर गठन गरेको हो ।


यसका साथै प्रकोपबाट निम्तिने बिपदको पहिचानका लागि बिहिवारबाट नौ वटै वडामा वडा स्तरीय जोखिम विश्लेषण कार्य गर्ने नगर संयोजक रविन ठाकुरले जानकारी दिए । जोखिम विश्लेषण कार्यबाट समस्या र कारण पत्ता लगाएर सोहि अनुसार व्यवस्थापनको नीति लिने संयोजक ठाकुरले बताए ।
नगरमा विभिन्न जातजातीको वसोवास रहेको छ । जातजातीका परमपरा, संस्कृतिलाई लेखाजोखा गरेर विपद जोखिम न्युनिकरणको योजना बनाउँदा सुत्रहरुले प्राकृतिक रुपलेनै सामाधान हुने सेभ द अर्थका अध्यक्ष पुुष्प भट्टराईले सुुझाव दिए ।
प्रारम्भिक कार्यशालामा उपमेयर तारा थपा, प्रमुख प्रशासकिय अधिकृत कमल बहादुर थापा, वडा अध्यक्ष, कार्यपालिका सदस्य, बिषयगत कर्मचारी, प्रहरी, गैरसरकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । विपद व्यवस्थापनका लागि प्राविधिक सहयोग गाउँले कन्सल्टेन्सी सेवा बिराटनगरले सहयोग गर्दै छन् ।


कार्यशालामामा प्रदेश विपद व्यवस्थापन कार्यकारी समिति सदस्य रामकुुमार दाहाल, विपद व्यवस्थापन बिज्ञ यश प्रसाद सुुब्बा, समाज शाखा बिशलेषक सुुर्यकुुमार दाहाल, सूचना प्रविधि बिज्ञ सन्जोग लुुइटेलले सहजिकरण गरेका थिए ।

अगाडिकाे पाेस्ट

झुम्का उद्योग बाणिज्य संघको ९ औं साधारणसभा, सहमतिमा नेतृत्व चयनका लागि अग्रजहरुको जोड

अर्काे पाेस्ट

थारु कल्याणकारिणी सभाको रामधुनी नगरमा वडा समिति गठन हुुँदै, वडा नं. ६, ७, ८ र ९ गठन

सम्बन्धित अरु

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft