मिति : २०८३ साउन १० गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

शिरुवा पर्व आगमन संगै इटहरी टेंग्राटोलीका थारु समुदायले निरन्तरता दिदै मनाए ‘बहरजात्रा’

by By: रामधुनी खबर
चैत्र २६, २०७९
396

राख संवाददता
झुम्का,चैत्र २६ । सुरु (पहिलो) अर्थात शीर्षस्थ मानिने शिरुवा पर्वको आगमन संगै थारु समुदायले ‘बहरजात्रा’ मनाउँने गरिन्छ । बर्षभरी गाउँटोलमा नाकारात्मक अदृश्य शक्तिबाट सुरक्षा र खेती पाती कर्मको सफलताको कामना गर्दै शिरुवा पर्व र जुरशीतल मनाउँनुपुुर्व ‘बहरजात्रा’ गर्ने मौलिकतानै रहेको छ ।
थारु समुदायको प्रत्येक गाउँ टोल बाहिर (बहार) मा नदी, खोला छेउ वा ढिस्को उच्च रहेको स्थानमा पुूजा आजा सहित पान प्रसादी चढाउँदै सो प्रसादी घर नलगी सामुहिक रुपले बाहिरै ग्रहणगरी सम्पन्न गर्ने गरिन्छ । पान प्रसादीमा बोका, पाठी, परेवा, लडु, दही, च्युरा चढाउँने परम्परा रहेको छ ।


थारु समुदायको मौलिक संस्कार र धार्मिक विश्वासले महत्वपूर्ण मानिएको ‘बहरजात्रा’ इटहरी उपमहा नगरपालिका वडा नं. ८ टेंग्राटोलीका थारु समुदाय लगायतका गैर थारु समुदायले पनि सामुुहिक रुपमा मनाएको छ । थारु समुुदायको परम्परा अनुसार मानिआएको बेहरी रकम (स्वइच्छाले दिएको रकम) उठाएर विधिवत पूूजागरी सम्पन्न गरेको स्थानीय तथा ग्रामथान संरक्षण समितिकी सचिव सावित्री चौधरीले जानकारी दिइन् ।
बर्षभरी देवि देवता गाउँटोलमा घुमेर रक्षा गर्ने, हरेक कार्यमा जात्रा बन्ने, सुरु गरेको कार्य सहजजै सफल मिल्ले, बाढी पहिरोबाट बच्न सक्ने, घर परिवारमा सुख शान्ति बनिरहोसको कामना गर्दै थारु समुदायले बहजात्रा मनाउँदै आएको सचिव चौधरीले बताइन् । तसर्थ संस्कार संस्कृति संरक्षण गर्न निरन्तरता दिएको बताउँदै आधुनिकतामा आएर धेरै थारु टोलमा बहजात्रा मनाउँन लोप अवस्थामा पुुगेकोले मौलिक संस्कारको बारेमा थारु समुदायमै सचेतना दिन आवश्यक रहेको उठान गरिन् ।
बहरजात्रा पूूजामा धामी खेल्दै आएका ७१ बर्षिय नारायण चौधरीले बहरजात्रा बिशेष देविलाई पूजा गर्ने गरेको बताए । संसारमा आउजाउ गरिरहने वा बस्ने जीव, प्राणी, जीवात्मालाई पूूजागरी शक्ति र रक्षा हेतुु बाहिर बहारमा पूजा गर्ने ‘बहरजात्रा’ रहेको बताए ।
इटहरी टेंग्राटोली टोलमा ३५ घरधुरीले त्याहा रहेको बिच्छुधामी ग्रामथान मान्दै आएको छ । सो ग्रामथान संग सम्बन्धित धार्मिक कार्यहरु त्याहा रहेका सबै जातजाती सामुुहिक पूजा गर्दै आएको छ । त्याहा जितिया घाट समेतलाई संरक्षण गरी जितिया पर्वमा जितिया लगायत छठ पर्वमा छठ पूजा गर्दै आएको हुँदा साँस्कृतिक भूमि संरक्षणमा स्थानीय सरकारको चासो हुनुुपर्ने स्थानीय संरक्षक पन्नालाल चौधरीले बताए ।
तराई क्षेत्रलाई वसोवास र हरेक प्रकारका उत्पादन योग्य बनाउँने पहिलो थारु समुुदाय रहेकोले तराईका भूूमी पुुत्र मान्नु पर्छ र यस समुदायको कला संस्कृति परम्परा संकटमा रहेको र यसलाई समुदायलेनै संरक्षण गर्ने अवस्था पनि समस्या रहेकोले राज्यले बिशेष ध्यान दिनुपर्ने बहरजात्रामा सहभागी ७५ बर्षिय मनु तामाङ्गले बताए ।

अगाडिकाे पाेस्ट

स्थानीय स्वास्थ्य प्रणालीलाई सुुदृढका लागि सुुनसरीका आठ पालिकामा विश्वास परियोजना संचालन

अर्काे पाेस्ट

सिरुवा पर्वको ऐतिहासिकता पुुस्तान्तरण गर्दै रामधुनी १ नयाँटोल भादगाउँमा साँस्कृतिक कार्यक्रम

सम्बन्धित अरु

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft