मिति : २०८३ साउन १० गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

था.क.स.रामधुनी नगर समितिको नव निर्वाचित पदाधिकारीहरुलाई सपथ तथा पदस्थापन

by By: रामधुनी खबर
जेठ १६, २०८०
341

चन्द्रकला चौधरी
झुुम्का,जेष्ठ १६ । थारु कल्याणकारिणी सभा (था.क.स.) रामधुनी नगर समितिको नव निर्वाचित पदाधिकारीहरुलाई मंगलवार सपथ तथा पदस्थापन गरिएको छ । रामधुनी नगर प्रमुख शंकरलाल चौधरी र उपप्रमुख तारा थापाको उपस्थितीमा पदस्थापनगरी प्रमाण पत्र वितरण गरेको हो ।
नयाँ कार्य समितिका सभापति राजकुमार चौधरी सहित २१ सदस्य समितिका पदाधिकारीहरु थारु समुदायको साँस्कृतिक, आर्थिक, सामाजिक अधिकार संरक्षण र रामधुनी नगर विकासमा सक्रृयताका साथ कार्य गर्ने प्रतिबद्धता गरेका छन् । समितिका पदाधिकारीहरुलाई निर्वाचन संयोजक देवेन्द्र चौधरीले सपथ ग्रहण गराएका छन् ।


रामधुनी नगर कार्यसमितिको प्रथम नगर अधिवेशनबाट सहर्वसहमतिले निर्बिरोध सभापतिमा राजकुमार चौधरी, प्रथम उपसभापतिमा पुरण चौधरी, दृतिय उपसभापति सिता चौधरी थरुनी, तृतिय उपसभापतिमा सनम चौधरी, सचिवमा जनक चौधरी, सहसचिवमा सुष्मा चौधरी, कोषाध्यक्षमा करण कुमार चौधरी चयन भएको हो ।
सदस्यहरुमा कृष्ण कुमार चौधरी, देवानन्द चौधरी, अमित कुमार चौधरी, सरिता चौधरी, धनिराम चौधरी संजिता चौधरी, जिवन कुमार चौधरी, कमली चौधरी, सतनी चौधरी, कविता चौधरी, ठकिया चौधरी, रेखा चौधरी, मन्सा चौधरी, जितन लाल चौधरी चयन हुँदै समितिलाई पूर्णता दिएको हो । कार्यक्रमबाट थाकस वडा इकाई समितिका नव निर्वाचित समितिका पदाधिकारीहरुलाई समेत प्रमाण पत्र प्रदान गरिएको छ ।


यसैगरी प्रथम नगर अधिवेशनको औपचारिक कार्यक्रमबाट थरुहट प्राप्ती आन्दोलनमा घाइते भएका र योगदान गरेकाहरुलाई सम्मान गरिएको छ । तदर्थ समिति संयोजक जानकी चौधरीको सभापतित्वमा जेष्ठ ५ गते सुक्रवार प्रथम नगर अधिवेशनको औपचारिक कार्यक्रम तथा नयाँ समिति चयन भएको थियो । निर्वाचन मण्डलमा संयोजक देवेन्द्र चौधरी, सदस्यहरुमा बसन्त चौधरी, तारा चौधरी, महेश चौधरी र बिजय चौधरी रहेका थिए ।
पदस्थापन कार्यक्रममा थाकस पूर्व केन्द्रिय अधयक्ष चन्द्रकुमार चौधरी, रामधुनी नगर प्रमुख शंकरलाल चौधरी, उपप्रमुख तारा थापा, रामधुनी ९ नं. वडाअध्यक्ष घनश्याम चौधरी, थाकस पूर्व केन्द्रिय सदस्य दिपनारायण चौधरी, थाकस पूूर्व केन्द्रिय पार्षद केशिलाल चौधरी, थाकस इटहरी उपमहानगर समिति उपाध्यक्ष बबिता चौधरी, थारु महिला उत्थान समाजकी अध्यक्ष आशा चौधरीले समुदायको हरेक पक्षबाट विकास गर्नु पर्ने आवश्यक्ता रहेकोले ध्यान र चासो दिई कार्य गर्नु पर्ने सुुझाव दिदै कार्यकालको सफलताको शुुभकामना दिएका थिए ।

अगाडिकाे पाेस्ट

झुम्कामा व्यवसायिक प्रवद्र्धन गर्न जेष्ठ १९ गते देखि रामधुनी महोत्सव २०८० आयोजना गर्ने तयारी

अर्काे पाेस्ट

वातावरण स्वच्छ अभियानको शन्देश दिदै रामधुनी नगरपालिका र ९ नं. वडाको परिसरमा बृक्षा रोपन

सम्बन्धित अरु

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft