मिति : २०८३ साउन १० गते (आइतबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

प्रथम रामधुनी महोत्सव संगीतमय बनाउँन सुक्रवार गायक शिव परियारले दर्जनौ चर्चित गीत प्रस्तुत गर्ने

by By: रामधुनी खबर
जेठ २५, २०८०
347

राख संवाददाता
झुम्का, जेष्ठ २५ । प्रेम प्रसंगको युवा रोचक गीत गाएर चर्चामा रहिरहने राष्ट्रिय गायक शिव परियारले रामधुनी महोत्सवमा जेष्ठ २६ गते सुक्रवार स्टेज तताउँने भएको छ । शिव परियारले आफ्नो चर्चित गीतहरु प्रस्तुतगरी महोत्सव र दर्शकलाई नचाउँने आयोजकले जनाएको छ ।
गायक परियारले स्रोता दर्शक सामु धेरै चर्चित र हिट गीतहरु दिएका छन् । शिव परियारको नयाँ चर्चित गीतहरुमा ‘हल्ला हल्लामा माया बस्यो…….. ‘धोकेवाज हौ तिमि……….. ’ ‘पिलायौ साथीले………’ ‘पाकेर खाको फल मिठो…………’ ‘फुुलै फुल दिन्छौ की……..’ लगायत गीतहरु दर्शक माझ अधिक चर्चित छन् ।
गायक शिव परियारले भिडियो जारी गरेर भनेका छन् ‘नमस्ते नमस्ते झुम्का निवासी सम्पूर्ण मेरा आदरणीय दर्शक स्रोता महानुभावहरु जेष्ठ २६ गते सुक्रवार दर्जनौ गीत लिएर आउँदै छु’ भन्दै शन्देस दिएका छन् ।
शिव परियार करिब एक दसक देखि शास्त्रीय संगीत सिकेर, संगीत प्रशिक्षण र व्यावसायिक गायनमा लागेका परियारका चर्चित एल्बमहरु बजारमा आइसकेका छन् । उनी अहिलेका चलेका नेपली गायक हुन् । यस बाहेक उनी नेपाली चलचित्रहरूका लागि पनि गीत गाउँने गर्छन् ।.
रामधुनी नगर र झुम्का बजार पर्यटन प्रवद्र्धन गर्न आयोजकले राष्ट्रिय तथा स्थानीय कलाकार गायकहरुलाई प्रस्तुतीका लागि सहभागी गराई रहेका छन् । ‘राष्ट्रिय कलाकारहरु रामधुनी र झुम्काको नाम लिएर आफनो प्रस्तुुती गरीरहदा यसले रामधुनी नगर तथा झुुम्का बजारको पहिचान र प्रवद्र्धनको पक्ष समेटि रहेको छ’ भन्दै दर्शकहरु समेत सहभागी भएर सहयोग गर्नुहुन महोत्सव संयोजक बिनोद चौधरीले अनुुरोध गरेका छन् ।
महोत्सवमा स्टल समेत व्यवस्थित भैसकेकोले स्टल बुकिङ्ग खुल्ला गरिएको छ । महोत्सव जेष्ठ १९ गतेबाट उद्धघाटन भएको छ भने असार ५ गते सम्म संचालनमा रहने आयोजक रामधुनी युवा क्लवले जानकारी दिएको छ । स्टल बुुकिङ्गका लागि बिनोद चौधरीको मोबाइल नं. ९८०५३८२४९६ मा सम्पर्क गर्न अनुरोध समेत गरिएको छ ।

अगाडिकाे पाेस्ट

टिकटक स्टार पासवानको प्रस्तुती ४ हजार दर्शकको उपस्थिती,आज गायिका प्रिती आलेको प्रस्तुती रहने

अर्काे पाेस्ट

थारु मौलिक र परम्परागत बाद्यबाद्यन तथा पौराणिक गीत गायनका लागि पुस्तान्तरण तालिम उद्धघाटन

सम्बन्धित अरु

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

समाचार

रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

साउन ३, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी नगरका एक बालक एक हप्ता देखि बेपत्ता भएका छन् । रामधुनी वडा नं.–२ धमौरा टोलका १४ बर्षीय बालक आरभ चौधरी असार २७...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0
  • जिल्ला प्रहरी कार्यालय सुनसरीको झुम्कामा नागरिक सुनुवाई कार्यक्रम

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft