मिति : २०८३ साउन ११ गते (सोमबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

प्रथम रामधुनी महोत्सवमा आज शनिवार बाल गायक सुप्रिम मल्ल र रिजन डाँगीको प्रस्तुती रहने

by By: रामधुनी खबर
असार २, २०८०
357

राख संवाददाता
झुम्का,असार २ । प्रथम रामधुनी महोत्सवमा बाल गायक सुप्रिम मल्ल र रिजन डाँगीको प्रस्तुती रहने जनाएको छ । सानो उमेरमै साङ्गीतिक क्षेत्रमा लोभलाग्दो ख्याति कमाएका बाल गायक मल्ल र डाँगी आज शनिवार महोत्सवमा गायन कला प्रस्तुत गर्ने आयोजक रामधुनी युवा क्लवले जनाएको हो ।
बाल गायक मल्लले दर्जनौं गीतमा आफ्नो सुमधुर स्वर दिइसकेका छन् । स्टेज कार्यक्रम र लाइभ दोहोरीमा समेत उनी निकै खोजिने बाल गायकमा पर्ने गरेका छन् ।
‘बिजुली’, ‘बिछोडको करौंतीले’, ‘ताराबाजी लै छोरा’ जस्ता केही गीतहरू गाएपछि सुप्रिम ‘द भ्वाइस अफ किड्स’ नेपाल’को पहिलो सिजनमा सहभागी भएका थिए । त्यसपछि भने उनको स्वरको चर्चा हवात्तै बढेको हो । उनी ‘भ्वाइस किड्स’को फाइनलसम्म पुग्न सफल भएका थिए ।
उनले ‘मेरो बाबा सुपरम्यान’, ‘देउरालीलाई भेटी’, ‘सम्झिराख है साथी’, ‘फोटो सिरानी’, ‘फोटो फिरिममा’, ‘रेलको बाटो’, ‘ओए काजल’, ‘फापरको पिठो’, ‘धोकेबाज हौ तिमी’ लगायतका थुप्रै गीतमा उनले स्वर दिएका छन् ।
यी मध्ये ‘फोटो फिरिममा’, ‘रेलको बाटो’, ‘ओए काजल’, ‘फापरको पिठो’, ‘धोकेबाज हौ तिमी’ सुप्रिमको स्वरमा चाइल्ड भर्सनमा सार्वजनिक भएका हुन् । चलचित्र ‘प्रेम गीत ३’को शीर्ष गीत ‘हर यूग होस’ समेत सुप्रिमको स्वरको चाइल्ड भर्सनमा सार्वजनिक भएको छ ।
यसैगरी अदभूत गायन क्षमता भएका रिजन डाँगी अन्तर्राष्ट्रिय फ्रेन्चाईज टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस अफ किड्स’ दोश्रो सिजनको सेमिफाइनल सम्म प्रवेस गर्न सफल भएका थिए । सुनसरीको इटहरी स्थायी घर भएका डाँगीले फिल्म ‘प्रियसी’को उदित नारायण झाले गाएको ‘सय डाँडा काट चाहे’ बोलको गीत गाउँदै सेमिफाइनलमा प्रवेश गरेका थिए । शोको ब्लाईण्ड अडिसनबाटै अत्याधिक दर्शक श्रोताको मन जितिसकेका छन् ।
रिजन भारतीय चर्चित बाल गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स’ मा पनि सहभागी भएका थिए । उनले भ्वाइस अफ किड्स दोश्रो सिजनमा गाएका गीतका भिडियो क्लिपहरु सामाजिक संजालमा भाईरल भएका छन् ।
बाल गायन कलाले आज रामधुनी महोत्सव संगीतले गुञ्जयमान हुने आयोजक तथा महोत्सव संयोजक बिनोद चौधरीले जानकारी दिए । महोत्सव रामधुनी नगरपालिका १ नं. वडा कार्यालयको छेउ बुधवार र शनिवार लाग्ने साप्ताहिक हटिया नजिकै रहेको छ भने सहयोगीमा रामधुनी नगरपालिका र व्यवस्थापनमा गौतम बुद्ध अमुजमेन्टको रहेको छ ।
महोत्सव जेष्ठ १९ गते देखि असार ५ गते सम्म रहने आयोजक रामधुनी युवा क्लवले जानकारी दिएको छ । महोत्सवमा चर्चित राष्ट्रिय कलाकार, मोडल तथा चर्चित स्थानीय कलाकार तथा गायक गायिकाहरुको प्रस्तुती राख्दै आएको छ ।

अगाडिकाे पाेस्ट

प्रथम रामधुनी महोत्सवमा आज सुक्रवार चर्चित गायिका तथा मोडल अन्जु कुस्मीले दमदार प्रस्तुती राख्ने

अर्काे पाेस्ट

प्रथम रामधुनी महोत्सवमा आज सोमवार राष्ट्रिय गायक प्रमोद खरेल सांगीतिक प्रस्तुतीका लागि आउँदै

सम्बन्धित अरु

समाचार

आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

साउन ११, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ११ । आदिवासी मानव अधिकार हननका घटना भन्नाले आदिवासी तथा जनजाति समुदायका व्यक्तिहरू वा समुदायमाथि उनीहरूको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डले सुनिश्चित...

समाचार

रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

साउन ४, २०८३

रामधुनी खबर संवाददाता झुम्का, श्रावण ३ । रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित सभापति मनोज श्रेष्ठ सहित पदाधिकारीहरुको पदस्थापन गरेका छन् । आइतवार आयोजित चौथो पदस्थापन कार्यक्रमद्धारा पदाधिकारीहरुलाई प्रमाण–पत्र...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी न.पा.को नीति तथा कार्यक्रम कार्यन्वयनका लागि विनियोजित बजेट : नगर स्तरीय र गौरब योजनाको शिर्षक र रकम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी सुनचाँदी व्यवसायी संघ नगर समितिका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • स्वरोजगार उद्यमशिलता कार्यगत अभ्यास तालिमले विद्यार्थीहरु उत्साहित

    0 shares
    Share 0 Tweet 0
  • आदिवासी मानव अधिकार हननका घटना विरुद्ध रणनीति योजना निर्माण तालिम

    0 shares
    Share 0 Tweet 0
  • रामधुनी नगरका बालक आरभ चौधरी एक हप्ता देखि बेपत्ता

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft