मिति : २०८२ मंसिर २८ गते (सनिबार)
मौसम : 24.74°C(clear sky)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

मकै खेतीमा कम लागत लाग्ने मकै रोप्ने आधुनिक कृषि औजार रामधुनीमा प्रदर्शनी

by By: रामधुनी खबर
फागुन ११, २०८०
463

रामधुनी खबर संवाददाता
झुम्का, फागुन १० । मकै खेती उत्पादन बृद्धिका लागि बिहिवार रामधुनीमा आधुनिक कृषि औजार प्रदर्शनी गरेको छ । कृषकहरुका लागि मकै खेतीमा लागत कम र उत्पादन बृद्धि गर्न सगुन कृषि सहकारी संस्थाले मकै रोप्ने आधुनिक कृषि औजार रामधुनीमा प्रदर्शनी गरेको संस्थाका अध्यक्ष कमलकान्त राईले जानकारी दिए ।
प्रदर्शनीमा उपस्थित क्षेत्रिय कृषि अनुसन्धान निर्दैशनालय तरहराका इन्जिनियर डा.गोविन्द प्रसाद तिम्सिनाले मकै रोप्ने आधुनिक औजारले कृषकलाई ५० प्रतिशत लागत कम लाग्ने जानकारी दिए । त्यसैगरी उत्पादनमा २५ प्रतिश बृद्धि हुने इन्जिनियर तिम्सिनाले जानकारी दिए ।
मकै रोप्ने आधुनिक मेशिन खरिदका लागिरु २ करोड लागत लागेको संस्थाका अध्यक्ष राईले जानकारी दिए । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश सरकारको रु ८० लाख अनुदान र बाँकी संस्थाले व्यहोरेको जानकारी दिए । संस्थाले मकै रोप्ने आधुनिक मेशिन एकवटा, तिनवटा ट्रयाक्टर, दुईवटा रिपर र एकवटा हारवेस्टर खरिद गरेको जानकारी दिदै कृषि औजारका लागि कृषकहरुलाई सहुलियत दरमा उपलब्ध गराउने संस्थाका अध्यक्ष राईले जानकारी दिए । संस्थाले कृषि यन्त्र परिचालन, सहकारी पसल, बचत तथा ऋण प्रवाह गर्दै आएको छ ।
मकै रोप्ने आधुनिक कृषि औजार प्रदर्शनी सहित रामधुनी वडा नं. २ को मिलन टोलमा अच्युत रेग्मीको १५ कठ्ठा र रामधुनी वडा नं. ९ छप्कीमा महेश चौधरीको एक बिगहामा मकै रोपेको छ । प्रदर्शनी कार्यक्रममा रामधुनी वडा नं. २ का वडा अध्यक्ष रामनारायण चौधरी लगायत स्थानीय कृषकहरुको उपस्थिती रहेको थियो ।

अगाडिकाे पाेस्ट

रामधुनी एक्स्पो प्रभावित गर्ने समाचार प्रति अध्यक्ष चौधरीको खण्डन, उधेश्य अनुरुप संचालन भएको दावी

अर्काे पाेस्ट

रामधुनी एक्स्पोमा व्यवसायीहरुलाई कर जटिलता प्रति परामर्श र एकसय बढी कृषकको माटो परिक्षण

सम्बन्धित अरु

समाचार

काग्रेस रामधुनी नगरको सभापतिमा उम्मेदवार आकांक्षी महेश चौधरी

मंसिर २७, २०८२

रामधुनी खबर संवाददाताझुम्का, २६ मंसिर । नेपाली कांग्रेस रामधुनी नगर समितिको सभापति पदमा युवा नेता महेश चौधरीले उम्मेदवार दिने तयारी गरेका छन् । आगामी हुने १५ औँ महाधिवेशन अन्तर्गत नगर...

समाचार

रामधुनी मन्दिरमा शतबीज छर्न दर्शनार्थीको घुइँचो, साघुरो सडकबाटो र शुरसैर घाटमा जोखिम पूर्ण स्नान गर्न बाध्य

मंसिर ४, २०८२

रामधुनी खबर संवाददाता झुम्का, मंसिर ३ । बालाचतुर्दशीको अवसरमा रामधुनी बाबा वनखण्डी तपस्थली मन्दिरमा बुधवार दर्शनार्थीको घुइँचो लागेका छन् । बुधवारको पहिलो प्रहर सुरु भए संगै मृत्यूवरण गरेका पितृहरुको मोक्ष...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • रामधुनी मन्दिरमा शतबीज छर्न दर्शनार्थीको घुइँचो, साघुरो सडकबाटो र शुरसैर घाटमा जोखिम पूर्ण स्नान गर्न बाध्य

    0 shares
    Share 0 Tweet 0
  • भादगाउँ सिनुवारी बहुमुखी क्याम्पसको नव निर्मित भवन समुद्घाटन

    0 shares
    Share 0 Tweet 0
  • काग्रेस रामधुनी नगरको सभापतिमा उम्मेदवार आकांक्षी महेश चौधरी

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • दर्ता नं. : २०६/२०७६
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • इमेल : ramdhunikhabarpatrika@gmail.com
  • सम्पर्क : ९८४२४२९१२८
  • प्रबन्ध निर्देशक,सम्पादक : सुनिल चौधरी

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft