रामधुनी खबर संवाददाता
झुम्का, फागुन १० । झुम्का उद्योग बािणज्य संघले संचालन गरेको जारी रामधुनी एक्स्पो २०८० मा लिएको उधेश्य अनुरुप संचालन भईरहेको संघका अध्यक्ष नविन चौधरीले जानकारी दिएको छ । रामधुनी एक्स्पोलाई प्रभावित गर्ने सम्प्रेषण सामाचार प्रति खण्डन गर्दै कृषि, संस्कृति, पर्यटन तथा औद्योगिक प्रदर्शनी उधेश्य अनुसार संचालन भईरहेको दावी गरेको हो ।
फागुन ४ गतेबाट सुरुभएको एक्स्पो कृषि, संस्कृति, पर्यटन तथा औद्योगिक प्रवद्र्धन गर्ने स्टलहरु व्यवस्थापन गरिएको जनाएको छ । प्रत्येक दिन रचनात्मक कार्यक्रमको प्राथमिक्ता दिदै बिद्यार्थी बालबालिकाको कला प्रस्फुटन गर्ने खालका नृत्य प्रतियोगिता, गायन प्रतियोगिता संचालन गरेका छौँ । त्यसैगरी गजल प्रतियोगिता, कृषि उत्पादन बृद्धिको लागि कृषि ज्ञान केन्द्र र कृषि शाखा रामधुनीको समन्वयमा माटो परिक्षण तथा कृषकहरुमा परामर्श सेवा दिन लागेको अध्यक्ष चौधरीले जानकारी दिए । एक्स्पोमा बिहान १० बजे देखि साँझ ५ बजे सम्म प्रवेशमा निःशुल्क गरिएको एक्स्पो आयोजकले जनाएको छ ।

समाचारमा सम्प्रेषण भएको आरोपमा एक्सपोमा कुनै पनि सरकारी रकम नआएको बताए र कुनै रकम पचाउने उधेश्य नरहेको अध्यक्ष चौधरीले स्पष्ट पारेको छ । कार्यक्रममा कुनै सुझाव छन् भने उद्योग बाणिज्य संघको कार्यालयमा सुझाव दिन सकिने जानकारी दिए । वा ब्यक्तिगत रुपमा सुझाव दिन सकिने जनाएको छ ।
रामधुनी एक्स्पो २०८० को बारेमा हिमाल प्रेस डटकममा समाचार सम्प्रेषित भएको थियो । सम्प्रेषित सामाचार अनुसार रामधुनी एक्स्पोको हकमा उधेश्य अनुरुपनै कार्यकक्रम संचालन भै रहेको आयोजकले जानकारी दिए ।
सम्प्रेषित समाचार यस्तो थियो……………………
शिर्षकः महोत्सवका नाममा सरकारी पैसा ‘पचाउने धन्दा’
फागुन ४ गतेदेखि जारी महोत्सव फागुन १९ गतेसम्म सञ्चालन हुने आयोजक झुम्का उद्योग वाणिज्य संघका अध्यक्ष नवीनकुमार चौधरीले बताए । एक्सपोलाई सहयोग गरेको छ, रामधुनी नगरपालिकाले । ‘कृषि, संस्कृति, पर्यटन तथा औद्योगिक प्रदर्शनी’ शीर्षकमा आयोजना गरिएको एक्सपोमा हरेक दिन कलाकार ल्याउने बाहेक अन्य गतिविधि नभएको स्थानीय बताउँछन् ।
‘यस्ता महोत्सवले कृषिसँगै स्थानीय संस्कृतिलाई प्रोत्साहित गर्दै स्थानीय स्तरमा भएका पर्यटनका क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्ने हो,’ रामधुनी–१ निवासी एक महिला भन्छिन्, ‘तर कलाकार ल्याएर उफार्नेबाहेक अरू खासै काम भएको पाइँदैन ।’ मेला, फेस्टिभल, सांस्कृतिक महोत्सवजस्ता कार्यक्रमले समाजमा कुनै न कुनै सन्देश दिनुपर्ने हो । सार्वजनिक स्थानमा आयोजना हुने कार्यक्रमको निश्चित उद्देश्य पनि हुनुपर्ने आम प्रचलन छ । यस्ता केही कार्यक्रम छन्, न समाजले त्यसको मूल मर्म बुझ्न चाहेको छ, न त आयोजकले नै स्पष्ट पार्न चाहन्छन् ।