मिति : २०८३ असोज २२ गते (बिहिबार)
रामधुनी नगरपालिका

  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • सम्पादकीय
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विकास
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि
No Result
View All Result

रामधुनी एक्स्पो प्रभावित गर्ने समाचार प्रति अध्यक्ष चौधरीको खण्डन, उधेश्य अनुरुप संचालन भएको दावी

by By: रामधुनी खबर
फागुन १०, २०८०
533

रामधुनी खबर संवाददाता
झुम्का, फागुन १० । झुम्का उद्योग बािणज्य संघले संचालन गरेको जारी रामधुनी एक्स्पो २०८० मा लिएको उधेश्य अनुरुप संचालन भईरहेको संघका अध्यक्ष नविन चौधरीले जानकारी दिएको छ । रामधुनी एक्स्पोलाई प्रभावित गर्ने सम्प्रेषण सामाचार प्रति खण्डन गर्दै कृषि, संस्कृति, पर्यटन तथा औद्योगिक प्रदर्शनी उधेश्य अनुसार संचालन भईरहेको दावी गरेको हो ।
फागुन ४ गतेबाट सुरुभएको एक्स्पो कृषि, संस्कृति, पर्यटन तथा औद्योगिक प्रवद्र्धन गर्ने स्टलहरु व्यवस्थापन गरिएको जनाएको छ । प्रत्येक दिन रचनात्मक कार्यक्रमको प्राथमिक्ता दिदै बिद्यार्थी बालबालिकाको कला प्रस्फुटन गर्ने खालका नृत्य प्रतियोगिता, गायन प्रतियोगिता संचालन गरेका छौँ । त्यसैगरी गजल प्रतियोगिता, कृषि उत्पादन बृद्धिको लागि कृषि ज्ञान केन्द्र र कृषि शाखा रामधुनीको समन्वयमा माटो परिक्षण तथा कृषकहरुमा परामर्श सेवा दिन लागेको अध्यक्ष चौधरीले जानकारी दिए । एक्स्पोमा बिहान १० बजे देखि साँझ ५ बजे सम्म प्रवेशमा निःशुल्क गरिएको एक्स्पो आयोजकले जनाएको छ ।


समाचारमा सम्प्रेषण भएको आरोपमा एक्सपोमा कुनै पनि सरकारी रकम नआएको बताए र कुनै रकम पचाउने उधेश्य नरहेको अध्यक्ष चौधरीले स्पष्ट पारेको छ । कार्यक्रममा कुनै सुझाव छन् भने उद्योग बाणिज्य संघको कार्यालयमा सुझाव दिन सकिने जानकारी दिए । वा ब्यक्तिगत रुपमा सुझाव दिन सकिने जनाएको छ ।
रामधुनी एक्स्पो २०८० को बारेमा हिमाल प्रेस डटकममा समाचार सम्प्रेषित भएको थियो । सम्प्रेषित सामाचार अनुसार रामधुनी एक्स्पोको हकमा उधेश्य अनुरुपनै कार्यकक्रम संचालन भै रहेको आयोजकले जानकारी दिए ।


सम्प्रेषित समाचार यस्तो थियो……………………
शिर्षकः महोत्सवका नाममा सरकारी पैसा ‘पचाउने धन्दा’
फागुन ४ गतेदेखि जारी महोत्सव फागुन १९ गतेसम्म सञ्चालन हुने आयोजक झुम्का उद्योग वाणिज्य संघका अध्यक्ष नवीनकुमार चौधरीले बताए । एक्सपोलाई सहयोग गरेको छ, रामधुनी नगरपालिकाले । ‘कृषि, संस्कृति, पर्यटन तथा औद्योगिक प्रदर्शनी’ शीर्षकमा आयोजना गरिएको एक्सपोमा हरेक दिन कलाकार ल्याउने बाहेक अन्य गतिविधि नभएको स्थानीय बताउँछन् ।
‘यस्ता महोत्सवले कृषिसँगै स्थानीय संस्कृतिलाई प्रोत्साहित गर्दै स्थानीय स्तरमा भएका पर्यटनका क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्ने हो,’ रामधुनी–१ निवासी एक महिला भन्छिन्, ‘तर कलाकार ल्याएर उफार्नेबाहेक अरू खासै काम भएको पाइँदैन ।’ मेला, फेस्टिभल, सांस्कृतिक महोत्सवजस्ता कार्यक्रमले समाजमा कुनै न कुनै सन्देश दिनुपर्ने हो । सार्वजनिक स्थानमा आयोजना हुने कार्यक्रमको निश्चित उद्देश्य पनि हुनुपर्ने आम प्रचलन छ । यस्ता केही कार्यक्रम छन्, न समाजले त्यसको मूल मर्म बुझ्न चाहेको छ, न त आयोजकले नै स्पष्ट पार्न चाहन्छन् ।

अगाडिकाे पाेस्ट

बिद्यार्थीहरुमा नेतृत्व र व्यवहारिक क्षमतालाई प्रोत्साहन गर्दै लर्डबुद्ध इन्टरनेशनल स्कुलको दोस्रो वसन्त उत्सव

अर्काे पाेस्ट

मकै खेतीमा कम लागत लाग्ने मकै रोप्ने आधुनिक कृषि औजार रामधुनीमा प्रदर्शनी

सम्बन्धित अरु

समाचार

रामधुनी–४ मा १६० जना जेष्ठनागरिक, गरिब, दलितहरुलाई ब्ल्याङ्केट वितरण

असोज २२, २०८३

रामधुनी खबर संवाददाता झुम्का,असोज २२ । रामधुनी ४ नं. वडा कार्यालयले वडाका जेष्ठनागरिक, गरिब, दलितहरुमा मंगलवार ब्ल्याङ्केट वितरण गरेका छन् । जाडो मौसमको सुरुवात संगै चिसो मौसममा हुन सक्ने जोखिम...

समाचार

जितिया पर्वको मौलिक्तालाई नयाँ पुस्तामा परम्परागत कार्यक्रमबाट प्रवद्र्धन गरौँ : पश्चिमी शैली फेशन शो ले होईन

असोज १७, २०८३

सम्पादकीयकुनै पनि समुदायको संस्कृति, परम्परा र पहिचान एकै दिनमा निर्माण भएको हुँदैन। पुस्तौँपुस्ताको जीवन–अनुभव, संघर्ष, त्याग, बलिदान, सामाजिक अभ्यास र सामूहिक चेतनाबाट संस्कृति निर्माण हुँदै आएको हुन्छ। अनेकौँ कठिनाइ पार...

अरू हेर्नुहाेस्

बढी पढिएकाे (३० दिनमा)

  • नेपाली काग्रेश रामधुनी नगर सभापतिमा महेश चौधरीको दाबेदारी बलियो

    0 shares
    Share 0 Tweet 0
  • लायन्स क्लव अफ रामधुनी तथा झुम्का र बराहक्षेत्रकलाबन्जरका नव निर्वाचित तीन अध्यक्षको संयुक्त पदस्थापन

    0 shares
    Share 0 Tweet 0
  • नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि थारु कोटा तर्फबाट नवोदिता चौधरीको उम्मेदवारी

    0 shares
    Share 0 Tweet 0
  • इटहरीमा सुरु भएको सीप तथा रोजगार मेलाबाट रोजगारदातासँग प्रत्यक्ष रोजगारफर्म आवेदन दर्ताको अवसर

    0 shares
    Share 0 Tweet 0
  • थारु भाषालाई प्रदेशको सरकारी कामकाजको भाषामा समावेश गर्न था.क.स.को थप शसक्त दवाव र माग

    0 shares
    Share 0 Tweet 0

© रामधुनी खबर
Developed By: BarahaSoft

  • सूचना तथा प्रसारण विभाग दर्ता नं : ५५३८-२०८३/२०८४
  • सम्पादक : सुनिल चौधरी
  • ठेगाना : रामधुनी १ , झुम्का,सुनसरी
  • सम्पर्क : ९८४२४२९१२८
  • इमेल : ramdhunikhabarpatrika@gmail.com

No Result
View All Result
  • गृह
  • समाचार
  • राजनीति
  • स्वस्थ/शिक्षा
  • कृषि
  • खेलकुद
  • विचार/अन्तर्वार्ता/साहित्य
  • बिज्ञान/ प्रबिधि

© रामधुनी खबर
Developed By: BarahaSoft