चन्द्रकला चौधरी
झुम्का, भदौ १४ । सुनसरी मोरङ्ग सिचाई आयोजना जल उपभोक्ता समन्वय समिति एस.एस.जे झुम्काको सुक्रवार साधारण सभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०८१÷०८२ को गतिविधिहरु सार्वजानिक गर्दै १५ औँ साधारण सभा सम्पन्न भएको हो ।
समितिको अध्यक्ष डुनारायण चौधरीको अध्यक्षता र जग्गाधनी किसानहरुको उपस्थितीमा साधारण सभाबाट समितिले रु ४९ लाख १० हजार ५७४ रुपैयाको समपन्न कारोवार र गतिविधि सार्वजानिक गरेको छ ।
आम्दानी तर्फ सिंचाइ अनुदानबाट रु ४३ लाख ९५ हजार सार्वजानिक गरेको छ । सिंचाइ सेवा शुल्कबाट रु ८२ हजार प्राप्त गरेको पार्दशी गरेको छ ।
खर्च तर्फ नहर सरसफाई तथा मर्मत, टर्सरी सरसफाई, सम्पति भवनमा प्रमुख खर्च उल्लेख रहेको छ ।
यस आर्थिक बर्षमा नहरनहरी सरसफाई कार्य सम्पन्न गरेको छ । २०० मिटर लाइनिङ्ग तथा सूर्यमुखि खोलाको कार्य समपन्न गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

सुनसरी मोरङ्ग सिचाई आयोजना जल उपभोक्ता समन्वय समिति एस.एस.जे झुम्काले आफनै भवनबाट सेवा प्रवाह दिइरहेको छ । समितिको रामधुनी १ नं. वडा भादगाउँ नयाँटोल स्थित भवन छन् । समितिको साधारण सभा सोही भवनमा सम्पन्न गरेको छ ।
यस समितिबाट ८९१ हेक्टर संचित क्षेत्रफल हेर्ने गरेको छ । टर्सरी पाँच ओटा, वाटर कोर्स ३४ वटा छन् । प्रत्येक टर्सरी र वाटर कोर्समा समिति निर्माण गरिएको अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रमबाट जग्गाधनी किसानहरुमा समयमा पानी पोत बुझाउन आग्रह गरिएको छ । र बाँकी बुझाउन रहेको बक्यौता २०८२ भदौ २८ गते भित्र बुझाई सक्नु पर्ने आग्रह गरिएको छ ।
समयमै पानी पोत नबुझाएमा जरिवना गरिने र संस्थामा हुने निर्वाचन र आयोजनाबाट प्रदान गरिने सेवाबाट बञ्चित गराइने र कुनै पनि कार्यक्रममा सहभागी नगराइने सुचना गरिएको छ ।
